धान बिक्री गर्न ६७३ किसानले स्थानीय तहको सिफारिस दर्ता गरेकामा अहिलेसम्म ५६७ जनासँग खरिद गरिसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ।
सशस्त्र द्वन्द्व र मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहीद परिवारको स्वास्थ्य बिमाका लागि मधेश प्रदेश सरकारले बजेट व्यवस्थासहित आवश्यक प्रक्रिया अघि बढाएको छ।
युवाशक्ति पलायन भएपछि संकटमा पर्न थालेको पन्चेबाजा बजाउने प्रचलन पछिल्लो समय संरक्षण भइरहेको छ। अहिले यहाँका महिला समूहले समेत बाजा बजाउन थालेका छन्।
पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ।
घोराही–१२ हापुरका जयबहादुर रोकाले तीन बिघा जग्गा भाडामा लिएर गोलभेँडाखेती गरिरहेका छन्। गोलभेँडा बिक्रीका लागि बजारको कुनै समस्या नभएको उनको भनाइ छ।
त्रिशूली, सलाँखु र फलाँखुको त्रिवेणीमा पर्ने उत्तरगया क्षेत्र नुवाकोटको गेर्खु, फिकुरी, मेदाङ भञ्याङ, देवीघाट र रसुवाको मैलुङसम्म फैलिएको छ।
कर्णालीको राजधानी वीरेन्द्रनगरमा हरेक महिनाको १ र १५ गते घण्टाघर नजिकको खुला मैदानमा देउडा पारखी, जानकार, शुभेच्छुक र जिज्ञासुहरू जम्मा भएर देउडा गाउँछन्।
गत पुस ५ गते तनहुँका ३६ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको थियो। उनी पनि साउदीबाटै फर्किएका थिए।
काठमाडौँ महानगरले चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षाअगावै बजेट संशोधन प्रक्रिया शुरू गरेको छ। महानगरमा ५ महिनामा बजेट खर्च भने कुल विनियोजनको १६.१० प्रतिशत मात्र भएको छ।
ब्रिटिस इस्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले हराएको ऐतिहासिक युद्धस्थलमा बर्सेनि विजय महोत्सव हुने गरेको छ। यस वर्ष पुस १९ गते पर्सागढी २१०औँ विजय महोत्सव आयोजना हुँदैछ।
सल्लेरीगाउँमा ९० परिवारको बसोबास छ। बर्खामा अकासे पानी थापेर प्रयोग गर्ने गाउँलेलाई हिउँद लागेपछि पानी अभावले सताउने गरेको छ।
दिक्तेल रुपाकोट मझुवागढी–१३ की विरस तामाङले मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डको नुनथलाडाँडामा २०५४ सालदेखि चिया पसल सञ्चालन गरिरहेकी छन्।
मध्यपुरथिमिको सम्पदालाई रोजगारी र आयसँग जोडेर अर्थतन्त्रलाई थप गतिशील बनाउने अवधारणासाथ शुक्रबारदेखि शुरू भएको महोत्सव आइतबारसम्म सञ्चालन हुने छ।
भोटियाटोलमा १९ दलित परिवार छन्। उनीहरू मिलेर ‘हिमालय महिला बचत समूह’ निर्माण गरी बचतसमेत गर्दै आएका छन्। कोषमा जम्मा १ लाख ५० हजार रुपैयाँ बचत भइसकेको छ।
गैरीगाउँका ३१ वर्षीय टीका चौधरीको परिवार हजुरबुबाको पालादेखि नै नेपालमा बसोबास गर्दै आए तापनि सीमा स्तम्भको अद्यावधिकपछि आफूहरूको घरखेत भारततिर परेको बताउँछन्।
फलामेडाँडासहित म्याग्दी र पर्वतका पर्यटकीयस्थल समेटेर करबाकेली पदमार्ग सञ्चालन भएको छ। अन्नपूर्ण धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको पनि फलामेडाँडा गन्तव्य हो।
पुछिघाटका अधिकांश मानिसको खेतबारी सिन्धुलीको सुनाकोशी गाउँपालिकास्थित चैनपुरमा भएकाले यिनै डुंगाबाटै आउजाउ गरेर कृषिकार्य हुने गरेको छ।
मोदी गाउँपालिका–२ देउपुरमा चार वर्षअघिसम्म सहकारीमार्फत सुन्तला बिक्री हुने गरेको भए पनि पछिल्ला वर्षमा भने किसानले आफ्नै ढंगले व्यापारीसँग कारोबार गर्ने गरेका छन्।
गत साउनदेखि अहिलेसम्म दुई वर्षमुनिका कुपोषण भएका एक हजार ५८८ बालबालिका फेला परेका हुन्।
कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका किसान व्यावसायिक कफीखेतीतर्फ लागेका छन्।