AnonymousUser

Logout

धौलागिरि आधार शिविर पुग्न जोखिमपूर्ण यात्रा

धौलागिरि आधार शिविर जाने पदमार्गमा पर्ने कोखेभिर र धौलागिरि भ्यु प्वाइन्ट हिलमा अक्करे भिर पार गर्न डोरी र खरको गाँजको सहारा लिनुपर्छ। 

विकासले उज्यालिँदै गरेका गाउँ बसाइँसराइले अँध्यारा बन्दै

घरआँगनमै गाडी गुड्ने सडक छन्। नजिकै विद्यालय छ। संघीयता कार्यान्वयनमा आएसँगै विकासका कार्यक्रम गाउँ केन्द्रित भए पनि गाउँ रित्तिँदै गएको हो। 

९९ वर्षमा आँखाको ज्योति फर्किँदा ...

प्रदेश अस्पताल कुस्मामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा मोतीबिन्दुका १५४ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ।

तनहुँको घलडाँडामा सामूहिक गहुँखेती

उपयुक्त भूगोल भए पनि बीउ र प्रविधिको अभावमा यहाँका कृषक गहुँखेतीबाट विस्थापित हुँदै गएका थिए। पालिकाले पुनः गहुँखेतीको व्यावसायिक विकासका लागि कृषकलाई जागरुक बनाउन थालेको छ।

बबरमहलमा फुटेको खानेपानीको पाइप २० घण्टापछि मर्मत

बुधबार बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि सो क्षेत्र जलमग्न भएको थियो भने विशेष अदालतसहित आसपासका सरकारी कार्यालयमा पानी पसेको थियो।

आन्तरिक पर्यटकको रोजाइमा इलामको तेह्रकुनेपोखरी

माई नगरपालिका–१ र ९ को संगमस्थलमा पर्ने तेह्रकुनेपोखरीमा पूर्वाधार विकाससँगै डुंगासमेत सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो।

मलेसियाबाट छोरीको शव झिकाउन भौँतारिरहेकी ७० वर्षीया आमा

रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँसु रोकिएको छैन। छोरीको शव ल्याउन उनी १० महिनायता वडा र नगरपालिका धाइरहेकी छन्। 

कोशीटप्पुमा भेटिए ७६ प्रजातिका ९ हजार २५० चरा

गणनाका क्रममा यस वर्ष सबैभन्दा धेरै चखेवा जातका चरा एक हजार ६८ र सबैभन्दा कम सेतोकण्ठे गरुड, पानीचाहा, चित्रांगद र फुस्रो टिकटिके चरा एउटा–एउटा मात्र फेला परेको थियो।

महोत्तरी गौशालाका गाईलाई आहारा अभाव

गौशाला नगरपालिका–३ नवराजपुरस्थित गौशालामा गाईको बिजोग छ। उचित सम्भार, खानपान र उपचारको अभावमा गाईका हाडछाला मात्र देखिन्छन्।

पश्चिम नवलपरासीमा ५० खानेपानी योजना वर्षौंदेखि अलपत्र

पश्चिम नवलपरासीमा निर्माण शुरू भएका ५० वटा खानेपानी योजना वर्षौंदेखि अधुरै रहँदा स्थानीय आर्सनिकयुक्त चापाकलको पानी पिउन बाध्य छन्।

सिमेन्टको मूल्यवृद्धिबारे संसदीय समितिमा उद्योगमन्त्री र सांसदबीच सवाल–जवाफ

सिमेन्टलगायत निर्माण सामग्री एवं खाद्यवस्तुको मूल्यवृद्धिबारे छलफल गर्न बसेको संसदीय समिति बैठकमा उद्योगमन्त्री दामोदर भण्डारी र माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की अछामीबीच सवाल–जवाफ भएको छ।

सेवाग्राही बिदेसिएपछि पन्ध्र हजार परिचयपत्र थन्किए

नयाँ परिचयपत्रका लागि दैनिक दुई सयसम्म सेवाग्राही आउने भए पनि तयारी अवस्थामा रहेका परिचयपत्र लिन आउनेको संख्या भने निकै कम छ।

दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी

नगरपालिकाले आयोजना गरेको लघुउद्यम कार्यक्रममा सहभागी भएर दुनाटपरी बनाउने सीप सिकेका उनले नौ महिना पहिला उद्योग शुरू गरेका थिए। 

एउटै खुट्टाले दैनिक २० किमी साइकल चलाएर परिवारको गर्जो टारिरहेका विकिन्द्र

चन्द्रनगर–५, मोहनपुरका विकिन्द्र सिंह विगत १५ वर्षदेखि एउटा खुट्टाको सहारामा साइकलमा पाउरोटी बेच्दै आएका छन्। करिब ५०/६० किलोग्राम पाउरोटी राखेर हरेक दिन गाउँका पसल तथा घरघरसम्म पुर्‍याउँछन्।

राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको निधन

राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ।

मनाङको डढेलो १० दिनसम्ममा पनि आएन नियन्त्रणमा

डढेलोका कारण चराचुरुङ्गी, वन्यजन्तुको वासस्थानमा प्रभाव पार्नुका साथै वन्यजन्तु तथा याक चौँरीका चरन क्षेत्र नास हुन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालयले जनाएको छ।

३० किलोको खुकुरी, मूल्य १ लाख ११ हजार!

नेपालीको शानको रूपमा लिइने खुकुरीको महत्त्व जोगाइराख्न र नयाँ पुस्तालाई जानकारी दिन ३० किलो तौल भएको खुकुरी तयार पारेको सन्तोषले बताए। 

भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित

नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार भारतीय सीमा क्षेत्र र नजिकका बजारहरूमा सेतो अण्डा भित्रिएपछि बजार प्रभावित भएको हो।

जगतबहादुरको लोभलाग्दो कृषिकर्म: एकै वर्षमा बेच्छन् ४५ लाखको सुन्तला

बाँसखर्कका २३९ मध्ये २०० घरपरिवारले सुन्तला खेती गरेका छन्। एउटा परिवारले वार्षिक कम्तीमा ५ लाख रुपैयाँको सुन्तला बेच्छन्। 

बन्दीपुरको मौलिकता जोगाउन गाउँपालिकाको पहल

विकासका गतिविधि, सार्वजनिक र निजी संरचना निर्माणको क्रम बढ्दै जाँदा बजारको ऐतिहासिक पहिचानलाई कायम राख्नु सबैको दायित्व रहेको बन्दीपुर गाउँपालिकाले जनाएको छ।