AnonymousUser

Logout

बागलुङको बलेवा गाउँमा डेढ करोड लगानीमा कागतीखेती

बसाइँसराइका कारण झाडीले ढाकिएको खेतीयोग्य जमिन सदुपयोग गरी बलेवाका ५२ किसानले कागती लगाएका छन्।

शीतलहरबाट दलित मुसहर परिवार समस्यामा

बसवरिया गाउँपालिका–३ नाकैमा मुसहर माझी बस्ती छ। उक्त बस्तीमा झण्डै ४५ परिवार मुसहर खरको झुपडीमा जसोतसो जीवन धानिरहेका छन्।

तमोर करिडोरबाट टिपताला पुग्यो गाडी

तिब्बत सरकारले टिपतालाबाट ताप्लेजुङ सदरमुकाम फुङ्लिङसम्मको सडक कालोपत्र गरिदिन इच्छुक रहेको जनाएको छ।

प्रविधिले जोगाएको नेपाली अण्डाको बजार

कुखुरापालन क्षेत्रमा उन्नत प्रविधि भित्रिएकाले यो क्षेत्र आत्मनिर्भर बन्न सकेको व्यवसायीहरू बताउँछन्। पछिल्ला दिनमा कृषक व्यावसायिक बन्दै कुखुरापालन क्षेत्रमा ठूलो लगानी गरेका छन्।

२४ वर्षदेखि भेडाबाख्रासँग रमाइरहेका दुरजङ

आफूले भेडीगोठ धाने पनि नयाँ पुस्ताले भेडीगोठप्रति बेवास्ता गर्दा भेडीगोठ लोप हुन लागेको ५२ वर्षीय दुरजङ गुरुङको भनाइ छ। नयाँ पुस्तालाई प्रोत्साहन गर्दै भेडीगोठ जोगाउनुपर्नेमा उनको जोड छ।

सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने 'इनड्राइभ' चालक पक्राउ

यात्राका क्रममा प्राप्त गरेको महिला यात्रीको मोबाइल नम्बरमार्फत यौन दुर्व्यवहार गर्ने गरेको प्रहरीको भनाइ छ।

असोजका बाढीपीडितले अहिले पाए राहत सामग्री

असोज १० देखि १३ गतेसम्मको अविरल वर्षाले क्षति पुर्‍याएका लहान नगरपालिका–४ इस्लामपुर र सुन्दपुरका ६० घरपरिवारले राहत सामग्री पाएका छन्।

गिद्ध संरक्षण गर्न आरामस्थल निर्माण

गिद्धलाई यसअघि संरक्षण केन्द्रमा असुरक्षित रूपमा आहारा लिनुपर्ने बाध्यता थियो। उड्ने क्रममा विद्युतीय प्रसारण लाइनमा ठोक्किएर मर्ने गरेका थिए।

दाङमा आमा समूहलाई नौमती बाजा बजाउन भ्याइ नभ्याइ

विवाह, व्रतबन्ध, पूजाआजाका धेरैजसो कार्यक्रममा आमा समूहको गाजाबाजा टोली पुग्न थालेका छन्। एउटा कार्यक्रमको ८ हजारदेखि २५ हजार रुपैयाँसम्म लिने गरेका छन्।

पेरिस सम्झौताबाट बाहिरिने ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती

पेरिस सम्झौताबाट अमेरिका बाहिरिए कार्बन उत्सर्जन कटौतीका सम्बन्धमा लिइएको लक्ष्य कार्यान्वयनमा चुनौती थपिनेमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

सांसदहरू भन्छन् – लेखा समितिले प्रभावकारी काम गर्न सकेन

सार्वजनिक लेखा समितिको बैठक नियमित बस्न नसकेको, उजुरीको छानबिन हुन नसकेको, निर्देशन कार्यान्वयनको अवस्थाबारे खोजीनीति नगरेकोलगायत विषयमा सांसदले असन्तोष व्यक्त गरेका छन्।

खोकनामा लोप हुँदै मौलिक घर

खोकनाका स्थानीय ७८ वर्षीय मदनकृष्ण डंगोलको नेवा शैलीको मौलिक घर जीर्ण अवस्थामा छ, जुन नेपालको पहिलो बिजुली बत्ती बलेको घरका रूपमा चिनिन्छ। 

म्याग्दीमा बिक्न छाडे काठका ठेकी र मदानी

गाउँमा गाईभैँसी पाल्नेहरू घट्दै गएको, प्लास्टिकका ठेकी तथा विद्युतीय मदानीको प्रयोग गर्ने प्रचलनले काठको ठेकी र मदानी बनाउने सीप र पेसा संकटमा पर्न थालेको छ।

सिंगो बस्ती नै शौचालयविहीन

देश नै खुला दिसामुक्त घोषणा भइसकेको अवस्थामा धार्मिक एवं सांस्कृतिक नगरी मटिहानीको मझौरा गाउँको मुसहर बस्ती शौचालयविहीन छ।

गाउँमै इँटा उद्योग चलाएर स्वरोजगार बनेका इन्जिनियर प्रमोद

उद्योगमा सात जनाले रोजगारी समेत पाएका छन्। महिनामा सात हजार इँटा उत्पादन हुन्छ। सबै खर्च कटाएर १७ प्रतिशत नाफा हुन्छ।

विपिन सकुशल घर फर्किने आशामा परिवार

इजरायल सरकारले युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची सार्वजनिक गरेको छ। तर त्यस सूचीमा भने विपिनको नाम समावेश छैन।

विदेशबाट फर्किएर कृषि पेसामा जोडिँदै भोजपुरका युवा

विदेशको भोगाइपछि आफ्नो ठाउँमा उद्यमशील बन्ने सोचका साथ व्यवसायमा जोडिएको युवाहरू बताउँछन्।

गाजामा युद्धविराम शुरू, स्थायी शान्तिको प्रयासमा एक खुड्किलो

गाजाका लागि अत्यावश्यकीय सामान बोकेका ट्रकलाई सुरक्षा जाँचपछि प्रवेश गर्न दिइनेछ। इजिप्ट–गाजा सीमामा खाद्यान्न र अन्य अत्यावश्यक सामग्री बोकेका सयौँ ट्रक गाजा प्रवेशको पर्खाइमा लामबद्ध छन्।

मधेश आन्दोलनको १८ वर्ष: ओभाउन सकेनन् शहीद परिवारका आँसु

आन्दोलनले ल्याएको परिवर्तनले जनताको जीवनस्तर भने उस्तै रहेको शहीद परिवारको गुनासो छ। सरकारले पनि रोजगारी र जीविकोपार्जनमा आफूहरूलाई सहयोग नगरेको उनीहरू बताउँछन्।

दिवा खाजाका लागि विद्यालयको कौसीमा तरकारीखेती

विद्यार्थीले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यालयको कौसीमा विभिन्न प्रकारका तरकारी फलाएका हुन्। यी तरकारीमध्ये केही उनीहरूले आफैँ पनि पकाउँछन् भने केही बिक्री पनि गर्छन्।