AnonymousUser

Logout

भूकम्प सुरक्षा दिवस: पूर्वतयारीका लागि संकल्प जरुरी

भूकम्पीय जोखिम न्यूनीकरण गर्न सुरक्षित भवन निर्माण गर्नुपर्ने र यसका लागि नेपाल सरकारले जारी गरेको राष्ट्रिय भवन संहिता पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने विज्ञले बताएका छन्।

संसद्मा विचाराधीन विधेयक फिर्ता लिएर अध्यादेशमार्फत ‘बजेट क्यालेन्डर’ संशोधन

संसद्मा विचाराधीन ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’लाई फिर्ता लिएर सरकारले दोस्रो पटक अध्यादेशमार्फत ‘बजेट क्यालेन्डर’ संशोधन गरेको छ।

विपद्‍बाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न १ खर्ब १ अर्ब लाग्ने

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भूकम्प, बाढी पहिरोजस्ता विपद‍्बाट क्षति पुगेका संरचनाको पुनर्निर्माण गर्न करिब एक खर्ब एक अर्ब १२ करोड लागत लाग्ने अनुमान गरिएको छ।

मुस्ताङी राजाको किल्ला भग्नावशेषमा परिणत

किल्लामा पहिले राजा ठोकरचेनले शासन चलाउने गरेको मुस्ताङ जिल्लाको ऐतिहासिक दस्तावेजहरूमा उल्लेख छ।

विदेशी बजारमा कर्णालीको अदुवा

अदुवा खरिद गरेर सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार स्थित अदुवा प्रशोधन उद्योगले विदेश निर्यात गर्न थालेको हो।

‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन

केही वर्षदेखि वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफी सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध थिए। 

प्राकृतिक स्रोत रोयल्टी : प्रदेश र स्थानीय तहको हिस्सा बढाउने तयारी

विद्यमान कानूनमा तहगत सरकारबीच रोयल्टी बाँडफाँटको अनुपात सबै प्राकृतिक स्रोतका लागि समान रहेकोमा अब संशोधन गरेर फरक–फरक बनाउन लागिएको छ।

पुनः नगदेबालीको पहिचान बनाउँदै उखु, किसान उत्साहित

विगतमा राज्यले समयमा उखुको समर्थन मूल्य नतोक्ने र उद्योगीले वर्षौंसम्म पनि भुक्तानी नदिने समस्याबाट किसान हैरान हुनु परिरहेको थियो।

भरियाले धानेको खुम्बु क्षेत्रको ढुवानी 

बढ्दो महँगी र घट्दो आम्दानीले आकाश कुलुङजस्ता धेरै युवाको गुजारा कठिन अवस्थामा धकेलेको छ। तर यही आम्दानीलाई मुख्य स्रोत मान्दै भारी बोक्नुपर्ने बाध्यता यहाँका युवामा छ। 

बाढीले क्षतिग्रस्त नख्खुडोल पुल मर्मत नहुँदा यात्रा जोखिमपूर्ण

ललितपुर महानगरपालिका–२५ का स्थानीय उमेश थापा नख्खुडोल पुल भत्केपछि करिब डेढ किलोमिटर पश्चिमतर्फको नख्खु पुल हुँदै यात्रा गर्नुपर्ने बाध्यता थपिएको सुनाउँछन्।

खाद्य वस्तुमा उच्च मूल्यवृद्धि, २२ खर्ब ७३ अर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति

चालु आर्थिक वर्षमा सरकारले ५.५ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेकोमा ५ महिनामा मुद्रास्फीति बढेर ६.०५ प्रतिशत पुगेको छ।

१०औँ पटक म्याद थप्दा पनि बनेन भक्तपुर–नगरकोट सडक, सैलुङसँगको ठक्का तोडिँदा स्थानीय खुशी

चाँगुनारायण नगरपालिका–६ का अध्यक्ष धनबहादुर लामा ११ वर्षसम्म भक्तपुर–नगरकोट सडक निर्माणका नाममा जनताले धेरै दुःख झेलेकाले सैलुङ कन्स्ट्रक्सनसँगको सम्झौता रद्द हुँदा खुशी हुनुपर्ने बेला आएको बताउँछन्।

रौतहटमा हात्तीको उपद्रोबाट स्थानीय त्रसित

हात्तीले रौतहटको चन्द्रपुर, गुजरा, बृन्दावन र फतुवा विजयपुर नगरपालिकाको विभिन्न वडामा दिनहुँजसो उपद्रो मच्चाइरहेका छन्। 

सहकारीका प्रबन्धकमाथि कुटपिटको आरोपमा भीमाद–७ का वडाध्यक्षसहित ५ जना पक्राउ

भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धकलाई कुटपिट गरेको आरोपमा भीमाद नगरपालिका–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित पाँच जना पक्राउ परेका छन्।

बुइपा गाउँका ४ टोलमा आयातित पेयपदार्थमा प्रतिबन्ध

आर्थिक, परम्परागत संस्कृति र स्वास्थ्यमा समेत प्रतिकूल असर पुर्‍याएको भन्दै गैरी फुलेली, कुसुङ्खा, उर्लेनी र छापगाउँका स्थानीयले आयातित पेयपदार्थ सेवनमा पूर्ण रूपले प्रतिबन्ध लगाएका छन्। 

‘सुक्खा हिउँद र सन्निकट संकट’

जलवायु परिवर्तनका कारण मानव स्वास्थ्य, पारिस्थितिक प्रणाली, परम्परागत कृषि प्रणाली, प्रकृति चक्र, मौसमी स्वभावमा आमूल परिवर्तन भइसकेको छ। यो क्रम आगामी दिनमा थप गहिरिँदै जानेमा विज्ञ एकमत छन्।

खुम्बुमा रोकिएन भूकम्पको पराकम्प

मंगलबार गएको ठूलो भूकम्पपछि खुम्बु क्षेत्रमा साना पराकम्प निरन्तर गइरहेका छन्।

सन् २०२४ मा १० हजार विदेशीले घुमे मनासलु क्षेत्र

सन् २०२३ को तुलनामा गएको वर्ष मनासलु क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या १ हजार ४२८ जनाले बढी छ। सबैभन्दा धेरै फ्रान्सबाट आएका छन्।

भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह

सकारात्मक सोच र भूकम्पको जोखिम व्यवस्थापनका उपायबारेमा सरकारले व्यापक जनचेतना अभिवृद्धि गराउन आवश्यक छ।

तिब्बत भूकम्पका कारण नेपालमा १३ जना घाइते, १४ घरमा क्षति

तिब्बतको डिङ्गयीमा केन्द्रबिन्दु भएर मंगलबार गएको भूकम्पका कारण नेपालमा अहिलेसम्म १३ जना घाइते भएको प्रहरीको भनाइ छ।