सरकारले बागमतीलाई स्वच्छ, सफा र हराभरा बनाउन निकाय खडा गरेको तीन दशकभन्दा बढी भए पनि ढल मिसाउने कार्य रोकिएको छैन। ढलका कारण बागमती कालो देखिँदासमेत सरोकार भएका निकायको ध्यान जान सकेको छैन।
हुरीले रुख ढल्दा डिलाशैनी-६ नेगाउस्थित निङ्लासैनी आधारभूत विद्यालयको शौचालयमा क्षति पुगेको छ। छाना उडाउँदा सिँगास-२ मैतडका १४ वर्षीय टेकेन्द्र बोहरा घाइते भएका छन्।
बजेट ल्याउन अब १० दिन बाँकी रहँदा सरकारलाई आयोजना छान्न र त्यसका लागि स्रोत जुटाउन सकस परिरहेको छ। जसका कारण ‘प्रोजेक्ट बैंक’मा परेका करिब १० देखि ११ हजारको संख्यामा आयोजना कटौतीमा पर्ने सम्भावना छ।
झापाको विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माइ नगरपालिका जोड्ने उक्त पुलमा जोखिम मोलेर साना सवारी आवतजावत गरिरहेका छन्।
२०७२ मंसिरयता रसुवागढी नाकाबाट साढे ६५ किलो सुन बरामद गरी कानूनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइसकेको प्रहरीले जनाएको छ।
साहसिक यात्रा, ट्रेकिङ र हिमाल आरोहणका लागि यो क्षेत्रलाई रोज्ने पर्यटकको संख्या क्रमशः बढ्दै गएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ।
मेची राजमार्गमा पर्ने उक्त स्थानमा बर्ने चिया बगान पनि रहेको छ। चिया बगानको सदावहार हरियाली माझ राताम्य भएर फुलेका गुलमोहरले यात्रुलाई आकर्षित गर्ने गरेको छ।
प्रतिनिधि छनोटका विषयमा तरुण दलका दुई समूहबीच विवाद भएको थियो। सोही क्रममा उनीहरूमाथि खुकुरी प्रहार भएको हो।
लालझाडी गाउँपालिका–४ की वडासदस्य ८ डल्लीदेवी चौधरी भन्छिन्, “जनताको आवाज गाउँसभामा लगेर राख्न सक्ने भएको छु, केबल खाँचो छ पढ्न लेख्नको, त्यो पनि पूरा गरेरै छाड्छु।”
किसानले उत्पादन गरेको खुर्सानी स्थानीय बजारसँगै धरान, इटहरी, विराटनगर, काठमाडौँलगायत शहरमा पुग्ने गरेको छ। उत्पादन भएको खुर्सानी किसानको बगानबाट नै ठेकेदारले खरिद गरेर लैजाने गरेका छन्।
कागबेनीमा मुक्तिनाथबाट बग्ने कागखोलाको धार अतिक्रमणमा पर्दा त्यहाँ प्राकृतिक विपद्को सामना गर्नुपरेको स्थानीयको गुनासो छ।
चितवनका ४२ वर्षीय ती व्यक्तिले भतिजो र आफ्नै छोरीको हत्या गरी आफूलेसमेत आत्महत्याको प्रयास गरेका छन्।
यार्सा संकलन हिमाली क्षेत्रका बासिन्दाका लागि रोजगारी र आयआर्जनको माध्यम बनेको छ। यार्सा संकलक बुकीमा ओढार र त्रिपालको छाप्रो हालेर बास बस्ने गरेका छन्।
तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा राजा भर्दिबम मल्लले निर्माण गर्न लगाएका चारवटा कुवा र अन्य ऐतिहासिक सम्पदा मासिएको स्थानीयले बताएका छन्।
परिवारलक्षित नीतिका माध्यमबाट दिगो विकासका लक्ष्य हासिल गर्न, उपचार अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्यका साथै वातावरणीय विनाशलाई सम्बोधन गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।
मुस्ताङको लोमान्थाङ राजदरबार कुनै समय निकै शक्तिशाली र त्यस क्षेत्रका मानिसहरूको आस्थाको केन्द्र थियो। त्यही शक्तिकेन्द्र कालान्तरमा कमजोर मात्रै होइन मानिसविहीन बनेको छ।
वीरगन्ज आउने स्वदेशी तथा विदेशी पर्यटकको मुख्य आकर्षण घण्टाघर घुम्टोमा छ। मर्मतसम्भारको नाममा यसलाई छोपिएको छ। पर्यटक यस्तो दृश्यबाट खिन्न भएका छन्।
पर्यटनका लागि प्रचुर सम्भावना हुँदा पनि सरकारको विभिन्न नीतिका कारण लोमान्थाङमा अपेक्षाकृत विदेशी पर्यटक आउन नसकेको जनप्रतिनिधिको गुनासो छ।
बराहक्षेत्र नगरपालिका–९ का अजित भुजेलले १२ वटा टनेलमा च्याउखेती गर्दै आएका छन्। ती टनेलबाट सिजनमा ६०० किलोसम्म च्याउ उत्पादन हुने गरेको छ।
कञ्चनजंघा हिमाल आरोहणमा गएका दुई जना फ्रान्सेली नागरिकमध्ये ६३ वर्षीया मार्गेटा मोरिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।