AnonymousUser

Logout

हट्यो कर्फ्यु र निषेधाज्ञा: देशभरको जनजीवन सामान्य बन्दै

नयाँ सरकार गठन र कर्फ्यु हटेसँगै नागरिकको जनजीवन सामान्य बन्दै गएको छ। सर्वसाधारण आफ्नो नियमित दैनिकीमा फर्किएका भएका छन्।

जेनजी आन्दोलनमा अस्ताए वीरगन्जका असहाव, मर्माहत बन्यो गाउँ

अध्ययन र रोजगारीको सिलसिलामा तीन वर्षयता काठमाडौँमा रहेका असहावलाई मंगबार पठाओमा यात्रुलाई गोंगबु लैजाने क्रममा प्रहरीको गोली लागेको थियो।

सुन्धारा कारागारबाट भागेका कैदी झापामा पक्राउ

‘जेनजी’ आन्दोलनका क्रममा काठमाडौँस्थित सुन्धारा कारागारबाट भागेका दुई कैदीबन्दी झापामा पक्राउ परेका छन्।

फर्किए चितवन कारागारबाट भागेका ५४ कैदीबन्दी

भरतपुर कारागारबाट ७४० कैदीबन्दी भागेका थिए। अहिले क्रमशः फर्किन थालेको जिल्ला कारागार चितवनका प्रमुख रवीन्द्र ढुंगानाले बताएका छन्।

प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

नागरिकको विश्वास जित्नका लागि भ्रष्टाचार नियन्त्रण र संस्थागत कमजोरीलाई नेपाल सरकारले सम्बोधन गर्नेसमेत विश्वास गरिएको छ।

नख्खु कारागारबाट भागेका सञ्जय टकलासहित १८ कैदीबन्दी नियन्त्रणमा

जेनजी प्रदर्शनका क्रममा नख्खु कारागारबाट भागेका पूर्वराज्यमन्त्री सञ्जय टकला (साह)सहित १८ कैदीबन्दीलाई काभ्रेपलान्चोकको मंगलटारबाट सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।

अस्पतालमा मृत्यु हुनेको संख्या ३४ पुग्यो, ३२१ जना उपचाररत

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकामध्ये उपचारका क्रममा अहिलेसम्म ३४ जनाको मृत्यु भएको छ।

भागेका कैदी तथा थुनुवा फर्कन थाले कारागार

‘जेनजी’ आन्दोलनको आडमा महोत्तरी कारागारबाट भागेका कैदी/थुनुवा फर्कन थालेका छन्।

लेतेखोलाको बाढीले भौतिक संरचनामा क्षति

अहिले जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीय डोजरको सहायतामा बाढी नियन्त्रणमा जुटेका छन्। बेनी नगरपालिका र पूर्वाधार विकास कार्यालयले दुईवटा डोजर परिचालन गरेका छन्।

कालीगण्डकी करिडोर पहिरोले अवरुद्ध

सडक अवरुद्ध भएपछि त्यस क्षेत्रबाट पर्वत, बागलुङ एवं रिडी हुँदै पाल्पा र बुटवलसम्म आवतजावत गर्ने सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन्।

धादिङ कारागारमा सेनाको गोली लागेर १ कैदीको मृत्यु, ७ घाइते

प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार कैदीबन्दीले सुरक्षा घेरा तोडेर निस्किन थालेपछि सेनाले गोली चलाएको हो।

मुक्तिका १७ वर्ष: अझै पूरा भएन मुक्त हलिया पुनर्स्थापना

हलिया मुक्तिको घोषणा भएको लामो समय भइसक्दा पनि अझै सबै मुक्त हलियाको पुनर्स्थापना भने हुन सकेको छैन। उनीहरू कष्टकर जीवन जिउन बाध्य छन्।

म्याग्दीका क्याम्पसमा विद्यार्थी संख्या निरन्तर ओरालो

विद्यार्थीहरू कक्षा १२ सकेपछि रोजगारीसँगै आम्दानी गर्ने अवसर खोज्दै ठूला शहरका क्याम्पसमा भर्ना भएर तयारी गर्ने र उच्च शिक्षा पूरा नहुँदै विदेश जाने क्रम बढेको छ।

बागलुङमा १ करोड लगानीमा खुल्यो साबुन उद्योग

साबुन उत्पादनका लागि अधिकांश कच्चा पदार्थ भारत र केही काठमाडौँबाट खरिद गरेर ल्याउने गरिएको छ। उद्योगमा अहिले ६ जनाले रोजगारी पाएका छन्।

फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल: तीन महिनादेखि उडान ठप्प

इलाम नगरपालिका–९ मा रहेको विमानस्थलबाट गत जेठयता कुनै पनि उडान हुन सकेको छैन। उडान नियमित रूपमा गर्न इलामवासीले माग गरेका छन्।

सेजन अध्यक्षमा भागवत भट्टराई, महासचिवमा कमलकुमार बस्नेत

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७औँ साधारणसभाबाट भागवत भट्टराई अध्यक्षमा, कमलकुमार बस्नेत महासचिवमा र केशु लामिछाने कोषाध्यक्षमा निर्वाचित भएका छन्।

अझै पुनर्स्थापनाकै पर्खाइमा हजारौँ मुक्ति हलिया परिवार

सरकारले हलिया प्रथा अन्त्यको घोषणा गरेको १७ वर्ष पूरा भएको छ, तर हजारौँ मुक्त हलिया परिवार अझै पनि पूर्ण पुनर्स्थापनाको पर्खाइमा रहेको सरोकारवालाहरूले बताएका छन्।

नियमित उडान नहुँदा सुनसान रामेछाप विमानस्थल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त भएका बेला पर्यटकलाई काठमाडौँबाट सडकमार्ग हुँदै मन्थली ल्याउने र त्यसपछि हवाइजहाजमार्फत लुक्ला पुर्‍याउने गरिन्छ।

कैलालीको जुत्ताचप्पल गोदाममा आगलागी, ७० लाख रुपैयाँको क्षति

गोदाम लम्की निवासी कल्पना जैशीले सञ्चालन गर्दै आएकी थिइन्। आगलागीबाट गोदाममा रहेका सम्पूर्ण सामान जलेर नष्ट भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रकले शुक्रबार बिहान बाटोमा हिँडिरहेका भुवन भुजेल र टेकप्रसाद दाहाललाई ठक्कर दिएको थियो।