AnonymousUser

Logout

दैजी जोगबुढा सडक: ८ वर्षमा ५ किमी कालोपत्र

कञ्चनपुरबाट डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला जान दूरीका हिसाबले नजिक पर्ने सडक निर्माण नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ।

संरक्षणको पर्खाइमा ऐतिहासिक टक्सार बजार

राणाकालमा यहाँ टकमारीमार्फत बनाइएका एक तोला र दुई तोलाका डोली पैसा चलनमा आएका थिए। टक काट्ने पहिलो कालीगढ देवदत्त शाक्य रहेको स्थानीयको भनाइ छ।

एससीओ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली चीनतर्फ

सन् २००१ मा स्थापना गरिएको एससीओ संगठन विश्वकै ठूलो क्षेत्रीय संगठनमध्ये एकका रूपमा विकसित भइसकेको छ। नेपाल सन् २०१६ देखि सो संगठनको संवाद साझेदार रहँदै आएको छ।

अछाममा छाउगोठमा सुतेका २ जनाको मृत्यु, १ घाइते

घरबाट टाढा छाउगोठमा सुतेको बेला भीरबाट खसेको ढुंगाले लागेर दुई जनाको मृत्यु भएको छ।

भक्तपुरमा १४० परिवार बाढीको जोखिममा

मनोहरा खोलामा बन्दै गरेको पुलसम्म जाने सडक पनि खोलाले बगाएको छ। बस्ती नजिक खोला आइपुगेपछि स्थानीय त्रसित भएका छन्।

मिर्चैयामा ‘ओभरपास’ निर्माण हुँदै

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा सिरहाको मिर्चैयामा ओभरपास निर्माण भइरहेको छ।

युवा उमेर अब १८ देखि ३५ वर्ष

सरकारले हालै ‘राष्ट्रिय युवा नीति– २०८२’ स्वीकृत गरेसँगै युवा उमेर १८–३५ वर्ष कायम भएको छ। यसअघि १६–४० वर्ष थियो।

कालीगण्डकी करिडोर पहिरोले अवरुद्ध

गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा बिहीबार बिहान पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

पोखराबाट छेन्दु हुँदै अस्ट्रेलिया उडानको तयारी

सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अस्ट्रेलिया उडानको अनुमति मागेको छ। उडान अनुमति दिने विषयमा छलफल भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

सुदूरपश्चिममा शुरू भयो गौरा पर्व

तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारी त्यसभित्र बिरुडा राखिन्छ। बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ।

विश्व ताल दिवस मनाइँदै

राष्ट्रसंघका अनुसार पृथ्वीमा ११ करोड ७० लाखभन्दा बढी ताल छन्। तिनले जमिनको चार प्रतिशत भाग ओगटेका छन्।

अटो दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते

दुर्घटनामा मृत्यु हुनेसहित सबै घाइते भारतीय नागरिक रहेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए।

मौसमअनुसार परिवर्तन हुने ताप्लेजुङको ‘छ्यो थांगी छ्यो पोखरी’

ताप्लेजुङ सदरमुकाम फुङलिङबाट एक दिन गाडी र दुई दिनको पैदल यात्रामा पोखरीमा पुग्न सकिन्छ। पर्यटकको सहजताका लागि पदमार्ग र पाटीपौवा निर्माण भइरहेको छ।

वीरगन्जमा ९३ जनामा देखियो हैजा

वीरगन्ज महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीन तहकै सरकारले प्रयास जारी राखे पनि हैजा संक्रमतिको संख्या घटेको छैन।

पुल नहुँदा ‘मेचीपारि’को विद्यालयमा पठनपाठन ठप्प

हिउँदमै घुँडामाथि पानी हुने मेची नदीमा पुल नभएका कारण शिक्षक र कर्मचारीहरू बर्खाको भेलमा पौडी खेलेर मेचीपारि विद्यालय पुग्न सम्भव छैन।

वीरगन्जमा समुदायस्तरमा फैलियो हैजा

नारायणी अस्पतालमा हैजाका बिरामीको चाप बढेको छ। अस्पतालमा उपचारका लागि शय्या र जनशक्ति दुवैको अभाव भएको छ।

कलाकारका कला: काठमा बालुवा भरेको थांकादेखि धार्मिक र मिथिला कलासम्म

मिथिला आर्टको विशेषता स्टोरी टेलिङ हो अनि कला आकर्षक हुन्छ। त्यही कलालाई आर्ट भ्यालु जोडेर उनले नयाँ प्रयोग गरिरहेकी छन्।

प्रचार नहुँदा ओझेलमा बागलुङको ‘दिज गाउँ’

गाउँको मौलिक संस्कृति, भेषभूषा र रहनसहनले यहाँ पुग्ने पर्यटकलाई लोभ्याउने गर्छ। तर विकास र प्रचारप्रसार अभावमा यो गाउँ ओझेलममा छ।

गलैँचा बुनेर आम्दानी गर्दै माझी महिला

यसअघि बालुवा चालेर जीविकोपार्जन गर्दै आएकोमा पछिल्लो दुई वर्षयता भने गलैँचा बुन्न थालेपछि जीवनयापनमा निकै सहज भएको उनले बताइन्।​​​​​​​

गोरखाको पालुङटारमा मरुवा रोगले सुक्यो धान

पालुङटारको वडा नं ४, ६ र ८ मा लगाइएको धानबालीमा मरुवा रोग फैलिएको हो। सबैभन्दा धेरै वडा नं ८ स्थित एकहजार फाँटको द्वारटारमा समस्या देखिएको छ।