घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ।
मन्त्रिपरिषद् बैठकले 'जेनजी' प्रदर्शनमा घाइते भएकाहरूको वर्गीकरण गर्न प्राविधिक समिति गठन गर्ने, प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमल्सिनालाई नियुक्त गर्ने लगायतका निर्णय गरेको छ।
गत वर्षको बक्यौता रकम भुक्तानी नहुँदा, उखु किसानहरूलाई चाडपर्वका लागि आवश्यक आधारभूत खर्च जुटाउन कठिन भएको छ।
प्रदर्शनका क्रममा नगरको तीनतले मुख्य प्रशासनिक भवन, योजना शाखा र प्राविधिक शाखा रहेको भवन पूर्ण रूपमा क्षति भएको छ।
पर्यटन आगमनका दृष्टिले महत्त्वपूर्ण दशैँ-तिहारको समयमा देशभरका मुख्य पर्यटकीय गन्तव्यहरूमा पर्यटकको उपस्थिति निराशाजनक रहेको व्यवसायीहरूले बताएका छन्।
बजेट कम भएका कारण कार्यालयले ठेक्का परिचालन गर्ने बजेट उपलब्ध गराउन नसक्दा निर्माण व्यवसायीले काममा ढिलासुस्ती गरेका हुन्। तर यसको मार भने यात्रुले खेप्दै आएका छन्।
बाढीपहिरो गएको एक वर्ष बितिसक्दा पनि काभ्रेमा क्षतिको विस्तृत विवरण संकलन हुन सकेको छैन। यसले गर्दा क्षतिग्रस्त निजी आवास पुनर्निर्माण कार्य अलपत्र परेको छ।
मिथिला संस्कृतिका जानकारहरूका अनुसार यो नृत्य परम्परा सातौँ शताब्दीदेखि प्रचलित रहँदै आएको हो। यद्यपि पछिल्लो समय यसको मौलिकता हराउँदै गएको स्थानीय बताउँछन्।
फरार कैदीबन्दी लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिसमेतलाई कसुरदार ठानी कारबाही हुने भएकाले आवश्यक सहयोगका लागि विभागले अनुरोध गरेको छ।
आयोगले हाल सेवा सञ्चालन गर्दा जलेर नष्ट भएका भौतिक संरचना तथा अभिलेख र फाइलको अभावका साथै सेवा प्रवाह गर्ने कर्मचारीको मनोबलमा आएको कमीका कारणले नागरिकले पूर्ववत् सेवा प्राप्त गर्न समस्या देखिएको जनाएको छ।
दशैँभन्दा एक साताअगाडि नै घरका भित्ता, झ्याल र ढोका रंगाउने प्रचलन अझै छ, तर पहिलेजस्तो स्थानीयस्तरमा पाइने माटोले पोत्ने चलन भने हराउँदै भएको छ।
पानी पर्दा हिलोसहितको पहिरो र घाम लाग्दा सुक्खा पहिरो खस्ने गरेकाले सावधानीपूर्वक आवतजावत गर्न सडक कार्यालयले अनुरोध गरेको छ।
चाडपर्वको छुट्टी, पदयात्रा र तीर्थयात्राको उपयुक्त समय भए पनि यस वर्ष पाहुनाको आगमन २० वर्षयताकै कम भएको स्थानीयले बताएका छन्।
अभिषेकको नाममा चार बिघा पुर्ख्यौली जमिन रहेकाले सम्पत्ति हत्याउने उद्देश्यले अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ।
दशैँ शुरू भएसँगै घर फर्किने यात्रुको चाप बढिरहेको अवस्थामा राजमार्ग बन्द हुँदा सयौँ सवारी साधन बाटोमा रोकिएका छन्।
बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरो जाँदा करिब १०० मिटर सडक भासिएको थियो। सडक खुलाउनका लागि डोजरसहितका उपकरण प्रयोग गरिएको थियो।
खनियाबास र मालढुंगामा बस्ने माझीहरूले घरमा जमरा नराखे पनि नजिकको मन्दिरबाट जमरा लगेर दशैँ भने मनाउँदै आएका छन्।
दशैँका बेला बस्तीहरूमा नवरात्रभर प्रत्येक रात गुञ्जिने भिझियाको लय र नृत्य पनि बिस्तारै लोप हुँदै गएको छ।
बलेफी गाउँपालिका–१ जलबिरेस्थित बलेफी–ढाडे भित्री सडक खण्डमा आज दिउँसो पहिरोमा परी दुई बालिका बेपत्ता भएका छन्।
दार्चुलाको लालीबाट डडेलधुराको जोगबुढा हुँदै कञ्चनपुरको टुँडिखेल बसाइ सरेका राउटेहरू परम्परागत पेसाको विकल्प खोज्न थालेका छन्।