AnonymousUser

Logout

दशैँको तेस्रो दिन: चन्द्रघण्टा देवीको साधना गरिँदै

नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी १५ दिनसम्म बडादशैँ पर्व मनाउने चलन छ।

लेदुवा खोलाको पुल सात वर्षदेखि अलपत्र

सम्झौताअनुसार चार वर्षअघि नै निर्माण सकिनुपर्नेमा हालसम्म ५० प्रतिशत मात्रै पूरा भएको भएको छ। पुल नबन्दा स्थानीयले सास्ती भोग्नु परिरहेको छ।

निर्वाचनको तयारीबारे प्रधानमन्त्रीसँग आयोगका पदाधिकारीको छलफल

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको तयारीका सम्बन्धमा कुनै अवरोधहरू छन् भने त्यसलाई पहिचान गरेर सम्बोधन गर्नुपर्ने विषयमा छलफल भएको जानकारी दिए।

सप्तरीमा पोखरीमा डुबेर २ बालिकाको मृत्यु

नुहाउने क्रममा पोखरीमा डुबेर सुरुंगा नगरपालिकामा दुई बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन्।

बर्थिङ सेन्टर पुग्न दुई घण्टा पैदल

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टी बस्तीबाट बर्थिङ सेन्टर पुग्न जोखिमपूर्ण कच्ची बाटो पार गरेर जानुपर्ने अवस्था छ।

वीरगन्जमा नियन्त्रणमा आएन हैजा

वीरगन्जमा हालसम्म हैजाका २३६ जना बिरामी उपचारपश्चात् डिस्चार्ज भइसकेका छन्। चार जना आईसीयूमा र एक जना एचडीयूमा उपचाररत छन्।

वीरगन्ज नाका हुँदै २ महिनामा २६ अर्बको पेट्रोलियम पदार्थ आयात

चालु आवको दुई महिनामा ११ अर्ब ९१ करोड रुपैयाँको १ लाख ३२ हजार ८२४ किलोलिटर डिजेल आयात गरिँदा ५ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

नेपालगन्जमा २ हजारभन्दा बढी गोलीका खोकासहित २ जना पक्राउ

नेपालगन्जमा २ हजारभन्दा बढी गोलीका खोकासहित दुई जनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।

हुम्लामा राष्ट्रिय सडक सञ्जाल जोडिएपछि खच्चड हराउँदै

सडक निर्माण र यातायातको पहुँच पुगेसँगै कम समय र लागतमा धेरै काम हुने भएकाले खच्चड व्यवसाय बिस्तारै लोप हुँदै गएको स्थानीयले बताएका छन्।

पुर्ख्यौली पेसा संकटमा परेपछि विकल्प खोज्दै बादी समुदाय

केही वर्षअघिसम्म तीज, दशैँ, तिहारलगायत चाडपर्वमा मादल बनाउन भ्याइनभ्याइ हुने गरेको थियो। अहिले भने मादलको माग फाट्टफुट्ट मात्रै हुने गरेको छ।

दशैँ–तिहारमा सुरक्षाका लागि काठमाडौँमा ४ हजारभन्दा बढी प्रहरी खटाइँदै

काठमाडौँ उपत्यकामा दशैँ, दीपावली तथा छठ पर्वलाई सुरक्षित, मर्यादित बनाउन तथा अप्रिय घटना हुन नदिन चार प्रकारका सुरक्षा रणनीति तय गरी प्रहरी परिचालन गर्ने तयारी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

चाडपर्व नजिकिएसँगै भारतबाट नेपाली घर फर्कँदै

चाडपर्व नजिकिएसँगै रोजगारीका लागि भारत गएकाहरू घर फर्कन थालेका छन्। भिसाको आवश्यकता नपर्ने र काम पाउन पनि सजिलो हुने भएकाले सुदूरपश्चिम प्रदेशका धेरै युवा रोजगारीका लागि भारत जाने गरेका छन्।

२३६ परियोजनामा ३३ अर्बको वैदेशिक लगानी प्रतिबद्धता

उद्योग विभागले सार्वजनिक गरेको साउन र भदौको वैदेशिक लगानी स्वीकृतिसम्बन्धी प्रतिवेदनअनुसार २२५ वटा साना, चारवटा मध्यमस्तरीय र सातवटा ठूलो परियोजनामा लगानी प्रतिबद्धता आएको छ।

बजेट अभावमा अलपत्र निसीखोला आधारभूत अस्पताल

निसीखोला गाउँपालिका–४ झिम्पामा बन्दै गरेको १० शय्याको आधारभूत अस्पताल बजेट नहुँदा अलपत्र परेको छ। बजेट नभएको बताउँदै ठेकेदारले काम गरेका छैनन्।

जेनजी आन्दोलन: अधुरै रह्यो बाआमालाई झापा लैजाने कमलको सपना

झापामा घर निर्माण सकेर बाबुआमालाई पनि लैजाने कुरा कमलले परिवारसँग गरेका थिए। परिवारको मियो नै ढलेपछि न झापाको घर निर्माण सम्पन्न हुने भयो, न त बाबुआमालाई झापा लैजाने कुरा नै।

२० अर्ब ७० करोड बराबरको बीमा दाबी

विभिन्न १८ वटा निर्जीवन बीमा कम्पनीमा बीमा दाबी भएको छ। नेपाल निर्जीवन बीमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको दाबी भुक्तानी प्रक्रीया शीघ्र निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध रहेको जनाएको छ।

‘जेनजी’ आन्दोलनमा ६२९ भवन पूर्ण रूपमा क्षतिग्रस्त

भदौ २४ गते भएको 'जेनजी' आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट देशभरका विभिन्न क्षेत्रका ६२९ वटा भवनमा पूर्ण रूपमा क्षति भएको छ।

बजार झरे लेकाली भेडाच्यांग्रा

मुस्ताङबाट बेनी–जोमसोम सडक भएर म्याग्दीको रघुगंगा गाउँपालिकाको बैसरीमा ल्याइएका भेडाच्यांग्रा ट्रक र कन्टेनरमा राखेर पोखरा, काठमाडौँलगायत शहरमा ढुवानी गर्न थालिएको छ।

एमाले अध्यक्ष ओली गुण्डुस्थित भाडाको घरमा

‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नेपाली सेनाको सुरक्षा घेरामा रहेका ओली बिहीबारदेखि सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित एक भाडाको घरमा सरेका छन्।

‘जेनजी’ प्रदर्शनपछि युवामा बढ्दो मानसिक समस्या

आन्दोलनका दृश्यले निद्रा नलाग्ने, डर लाग्ने, तनाव बढ्ने र दैनिक जीवनशैली अस्तव्यस्त हुनेजस्ता समस्या लिएर धेरै मानिसहरू मनोचिकित्सकको सम्पर्कमा पुगेका छन्।