AnonymousUser

Logout

बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान, क्षतिको विवरण संकलन हुँदै

ल्हेन्दे र कुरुङ खोलाको दोभानमा ठूलाठूला ढुंगा, रुख तथा काठका मुढा थुप्रिएपछि चीनतर्फको सडकमा पानी जम्न गई ३० भन्दा बढी कन्टेनर डुबेका छन्।

छाउगोठमा सुतिरहेकी महिलाको सर्पको टोकाइबाट मृत्यु

कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीय कमला दमाईंलाई महिनावारी भएको समयमा आँगन छेउमा रहेको गोठमा सुतिरहेको बेला सर्पले टोकेको थियो ।

जन्तेढुंगा गाउँपालिकाद्वारा ६१ रोपनीमा आलुखेती, बिक्री गर्न सुपथ मूल्यको पसल 

स्थानीय राजस्व परामर्श समितिको बैठकले आलुको मूल्य प्रतिकिलो ५५ रुपैयाँ निर्धारण गरेको छ। आलु बिक्रीका लागि असार १८ गतेदेखि सुपथ मूल्यको पसल सञ्चालनमा लाइएको छ।

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

पूर्वपश्चिम राजमार्गसँगै जोडिएर रहेका बेतना सिमसारमा दुईवटा पोखरी छन्। दुवै पोखरी सुक्न थालेपछि पोखरीमा रहेका माछासमेत धमाधम मर्न थालेका हुन्।

सिमलताल दुर्घटनाको एक वर्ष: भेटिएनन् ३९ यात्रु

नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट त्रिशूलीमा खसेका दुई वटा बसमा ६२ जना यात्रु थिए। तीमध्ये तीन जना जीवित, २० जनाको शव भेटिएको थियो। बाँकी बेपत्ता छन्।

बर्सातका कारण सुनसान बने बागलुङका होमस्टे

बागलुङ नगरपालिका–१० मा सञ्चालित होमस्टेमा जेठ अन्तिम सातासम्म आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल निकै थियो तर वर्षाका कारण सडक बिग्रिँदा यति बेला ती होमस्टे सुनसान भएका छन्।

बैंकदर र नीतिगत दर घटाइयो, आवास र शेयर कर्जामा राष्ट्र बैंक खुकुलो

वित्तीय स्थायित्व कायम गर्दै कर्जाको पहुँच र गुणस्तर अभिवृद्धि तथा कर्जा अधिकेन्द्रीकरण कम गर्न मौद्रिक उपाय र विवेकशील नियमनलगायत नियामकीय व्यवस्थामा तादात्म्यता कायम गरिएको गभर्नर पौडेलको दाबी छ।

विश्व जनसंख्या दिवस मनाइँदै

विगतको तुलनामा वर्तमानमा आर्थिक अभाव, असुरक्षा, स्वास्थ्य, शिक्षा, आवासलगायत विषयलाई दृष्टिगत गरी प्रजनन उमेरका युवायुवतीले बालबच्चाको चाहना कम गरेको अध्ययनको निष्कर्ष छ। 

पर्वतीय क्षेत्रमा बढ्दै जोखिम, हिमताल विस्फोटको खतरा

हालको हिमताल विस्फोटबाट अझ सतर्क हुनुपर्ने र तापक्रम वृद्धिका आधारमा समयमै पूर्वसूचनाका प्रणाली अपनाउन अत्यावश्यक देखिएको छ।

हिमताल विस्फोटबाटै रसुवामा बाढी आएको प्रारम्भिक निष्कर्ष

आगामी दिनमा भूउपग्रहमार्फत प्राप्त हुन सक्ने अन्य तस्वीरहरूले थप पुष्ट्याइँ दिन सक्नेछ। जल तथा मौसम विज्ञान विभागले निरन्तर अध्ययन जारी राख्ने जनाएको छ।

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो थुनिएको म्याग्दी नदी पुरानै लयमा बग्न थालेको छ।

वीरगन्जमा खानेपानीको संकट, दीर्घकालीन समाधानमा जोड

महानगरले ट्यांकर तथा दमकमबाट पानी ल्याएर वितरण गरिरहेको छ। यसरी खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान नहुने स्थानीय बताउँछन्।

उपल्लो मुस्ताङमा बाढी, कालीगण्डकी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

उपल्लो मुस्ताङको लोमान्थाङमा आएको बाढीले चारभन्दा बढी पुल र कल्भर्ट बगाएको छ। स्थानीय तहले कालीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शय्यामा विस्तार

निर्माणाधीन अस्पताल भवन सम्पन्न नभइ सेवा शुभारम्भ गरिएकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङ लगायतले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन्।

ह्युमपाइप राखेर खुलाइयो नाला–भक्तपुर सडक

काभ्रेको बनेपा नगरपालिका– ४ र १ को सीमास्थलमा रहेको पुल शुक्रबार राति भाँचिएपछि सो सडकमा यातायात अवरुद्ध भएको थियो। 

बुकीपाटन र पर्यटक लोभ्याउने भेडीगोठ

ढोरपाटन उपत्यका पुग्ने जो कोही पर्यटक बुकीपाटन सहजै पुग्न सक्दैन। उच्च पहाडी क्षेत्र रहेको हुँदा लेक लाग्ने सम्भावना बढी हुन्छ।

काभ्रेको नालामा पुल भाँचिदा काठमाडौँ जोड्ने वैकल्पिक सडक अवरुद्ध

काभ्रेपलान्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक पूर्वतर्फबाट राजधानी काठमाडौँ जाने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो। 

चैते धान बिक्री नहुँदा समस्यामा भजनीका किसान

सरकारले चैते धानको समर्थन मूल्य तोकेको भए पनि त्यो मूल्यमा व्यापारी किसानको धान खरिद गर्न इच्छुक देखिएका छैनन्।

युट्युबबाट सिकेर काष्ठकला कर्ममा लागेका भक्तबहादुर

भक्तबहादुरले विशेषगरी विजयसालको काठ र बाँसबाट गिलास, जग, बोतल, अम्खोरा, कचौरा, फुलदानी, मसलादानी बनाउने गर्छन्। यी सामान बिक्रीबाट खर्च कटाएर महिनामा ३० देखि ४५ हजार रुपैयाँ आम्दानी हुने गरेको छ। 

फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला

सिमसारको अतिक्रमण, वरपरका खेतबारीमा प्रयोग गरिने रासायनिक मल र विषादीको चुहावटका कारण बकुल्लाजस्ता जलपन्छी बर्सेनि घट्दै गएको चराको अध्ययनमा जुटेका विष्णु अधिकारी बताउँछन्।