AnonymousUser

Logout

५६ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना मर्मत नहुँदा अलपत्र

बाढीले योजनाको बाँध भत्काएछि अकासे पानीको भर पर्नुपरेको किसानको गुनासो छ। उक्त सिँचाइ योजनाबाट एक हजार ४०० भन्दा बढी हेक्टर जमिनमा सिँचाइ उपलब्ध हुँदै आएको थियो।

सिन्धुपाल्चोकको ब्रम्हायणी पुल ५ वर्षदेखि अधुरै

जुगल गाउँपालिका–१ र ५ जोड्ने ६३ मिटर लामो पुलको २०७८ चैत २३ गते शिलान्यास भएको थियो। पुल बनेपछि साविकको सेलाङ र गोल्चे गाविसका बासिन्दा लाभान्वित हुनेछन्।

वीरगन्जमा झाडापखालाको लक्षण देखापरेका २ जनाको मृत्यु

वीरगन्जमा शुक्रबार तीन जनामा हैजाको संक्रमण पुष्टि भएको थियो।

साउनमा १ खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख बराबरको वैदेशिक व्यापार भएको छ।

कञ्चनपुरको फोहोरमैला व्यवस्थापन केन्द्रमा ताला, उठ्न छाड्यो फोहोर

श्रीकृष्ण सामुदायिक वन उपभोक्ता समूहले ११ बुँदे सहमति कार्यान्वयनको माग गर्दै केन्द्रमा तालाबन्दी गरेपछि झलारी, वन समिति, कलुवापुरलगायत बजार क्षेत्रमा फोहोर थुप्रिँदै गएको छ।

भोजपुर: अकबरे खुर्सानीमा रोग फैलियो, समस्यामा किसान

फलमा डढुवा लाग्ने, किरा लाग्ने, बोटमै सुक्ने, फल झर्नेलगायत रोग देखिँदा अकबरे खुर्सानी खेती गरेका किसानको श्रम र लगानी जोखिममा परेको छ।

लगानी बोर्ड बैठक: ८ अर्ब ८४ करोड बराबरको लगानी स्वीकृत

लगानी बोर्डको बैठकले ५४ मेगावाट उत्पादन क्षमताको तल्लो अप्सुवा जलविद्युत् परियोजनाका लागि ८ अर्ब ८४ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ।

कालीगण्डकी करिडोर पहिरोले अवरुद्ध

सडक अवरुद्ध भएपछि पर्वत, बागलुङ, रिडी हुँदै पाल्पा र बुटवल जाने सवारीसाधन बीचबाटोमा रोकिएका छन्।

वर्षाले निसेलढोर सडक ठप्प, खाद्यान्न ढुवानीमा समस्या

बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङबाट सात वर्ष अगाडि सडक सञ्जालले जोडिए पनि बर्खाको समय गाडी नचल्दा निसेलढोरमा ढुवानी र यात्रा गर्न समस्या भएको छ।

‘नेपालको सहमतिबिना भारत र चीनबीचको सम्झौता अस्वीकार्य’

लिपुलेक हुँदै व्यापार गर्न भारत र चीनले गरेको सम्झौता अस्वीकार्य रहेको भन्दै मुलुकका सबै राजनीतिक दलका नेताहरूले यसको समाधान परिपक्व कूटनीतिक पहल र सर्वपक्षीय सहमतिबाट खोज्नुपर्ने बताएका छन्।

दार्चुलामा जिप दुर्घटना हुँदा ११ जना घाइते, ४ गम्भीर

नौगाड गाउँपालिकाको होपरीबाट होपरीगाडतर्फ जाँदै गरेको जिप बिहीबार बिहान दुर्घटना भएको छ।

‍ढोरपाटन र निसेलढोरमा रित्तै छन् स्याउका बोट

पछिल्ला केही वर्षयता समयमा पानी पर्न छडेको छ। यसको प्रभाव स्याउ उत्पादनमा पनि परेको छ। लाखौँ लगानी गरेर खेती गरेको स्याउ नफल्दा ठूलो नोक्सानी भएको किसानले बताएका छन्।

कैलाली कारागारमा आन्तरिक मतभेदका कारण झडप: छानबिन समिति

घटनाको थप तथ्य बाहिर ल्याउन विशेषज्ञसहितको उच्चस्तरीय छानबिन आवश्यकता देखिएको समितिले जनाएको छ।

अवरुद्ध काठमाडौँ–मन्थली सडक एकतर्फी खुल्यो

रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक मर्मतपछि यातायात एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

काठमाडौँ–मन्थली सडक पहिरोले अवरुद्ध

सडक अवरुद्ध  भएपछि काठमाडौँबाट दोलखाको चरीकोट, तामाकोशी हुँदै  मन्थलीसम्म चल्ने यातायातका साधन बीच बाटोमा रोकिएका छन्।

सिरहामा आधाभन्दा बढी ‘डिप बोरिङ’ प्रयोगविहीन

मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरी सिँचाइको दीर्घकालीन समाधानका रूपमा ५०० डिप बोरिङ जडान गर्ने सरकारले बताएको छ। तर सिरहामा जडान भएकामध्ये करिब ६० प्रतिशत बोरिङहरू सञ्चालनमा छैनन्।

गृह मन्त्रालयद्वारा संघसंस्था नियमनसम्बन्धी विधेयक रायका लागि सार्वजनिक

विधेयकमा संस्थाहरूको पारदर्शिता, नियमन, अनुगमन र लेखा परीक्षण व्यवस्थापन, संस्थामा रहने पदाधिकारी व्यवस्थापन र स्रोत परिचालनको पारदर्शितासहितका विषय समेटिएका छन्।

झापामा करेन्ट लागेर एक वर्षमा १५ जनाको मृत्यु

करेन्ट लागेर हुने अधिकांश मृत्युको घटना मोटरबाट पानी तान्ने, खोलामा करेन्ट लगाएर माछा मार्ने र कुटी काट्ने क्रममा भएको पाइएको छ।

उद्योगमार्फत आत्मनिर्भर बन्दै बर्दिबासका महिला

बर्दिबास–१२ का महिलाले सामूहिक रूपमा आँप, अमला, खोर्सानी, लसुन, अदुवा, सर्स्युं, लप्सीलगायतको अचार उत्पदान गर्न थालेका छन्। समूहमा आबद्ध भएपछि उनीहरू आत्मनिर्भर बन्दै गएका छन्।

वैकल्पिक विकास वित्त विधेयकमाथिको छलफल सकियो, निर्देशक समितिको काम अझै अस्पष्ट

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले 'वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२'मा उल्लेखित निर्देशक समितिको काम, कर्तव्य र अधिकारबाहेकका सबै बुँदामा सहमति जुटाएको छ।