लगातारको भारी वर्षा भएपछि साना खहरे खोला, कुलो तथा जरुवा सिँचाइ ब्यारेजमा समेत पानीको सतह बढेको छ।
जिल्ला विपद् व्यवस्थापन समिति र प्राविधिक टोलीको संयुक्त अनुगमनले पृथ्वी राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत धादिङखण्डका १६ स्थानमा पहिरो र सडक भासिने उच्च जोखिम पहिचान गरेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, वीरगञ्जमा १४३ मिलिमिटर वर्षा भएको छ।
प्रतिकूल मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित गरिएको छ।
सडक चिप्लो हुने, दृश्यता कम हुने र पहिरो तथा बाढीको जोखिमसमेत उच्च हुने भएकाले चालकहरूलाई विशेष सतर्कता अपनाउन आग्रहसहित माइकिङ गर्न थालिएको ट्राफिक प्रहरीले जनाएको छ।
हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभाव रहेको छ। शनिबार बिहानदेखि भने अरब सागर र बंगालको खाडीमा उत्पन्न भएको मनसुनी वायु थप सक्रिय रहने मौसमविद्को पूर्वानुमान छ।
जोमसोम–कोरला सडकअन्तर्गत घमी खोलामा सडक डाइभर्सन नहुँदा चीनबाट आयात गरिएका उपकरण तथा निर्माण सामग्रीसहितका १० पांग्रे ट्रली मंगलबारदेखि थन्किएका छन्।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जोखिमलाई मध्यनजर गर्दै असोज २१ गते रातिसम्म अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाएको हो।
काठमाडौँबाट बाहिरका जिल्लामा दशैँ मनाउन जानेहरू गइसकेको र यही रहनेहरू घरघरमा टीकाको तयारीमा रहेकाले सडकमा न्यून सवारीसाधन आवागमन भएको देखिन्छ।
ब्रह्मायणी मन्दिरमा त्रिपुरा सुन्दरी प्रकट हुने जनविश्वासअनुरूप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्छ।
घाइतेमध्ये दुई जनालाई नेपालगन्ज र एक जनालाई रुकुम पश्चिमको आठबिसकोट नगर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
हरेक वर्ष महानवमीको दिन मात्र यो मन्दिर सबैका लागि खुल्ला गरिन्छ। महानवमीका दिन तलेजु भवानी प्रकट हुने जनविश्वासका कारण दिनभर यहाँ दर्शनार्थीको घुइँचो लाग्ने गर्छ।
दशैँ मनाउनका लागि काठमाडौँ उपत्यका छाड्ने यात्रुको संख्या साढे पाँच लाख नाघेको छ।
एयरलाइन्सले अनलाइनबाटै टिकट बुकिङ खुलाए पनि दशैँको समयमा यात्रुलाई टिकट पाउन निकै मुस्किल छ। यसबेला सहुलियत दरका टिकट त पाइँदैन नै, महँगो दरका टिकट पनि पाउन संघर्ष गर्नुपरेको छ।
यातायात व्यवसायीले गरेको ठगी धन्दामा सम्बन्धित निकाय मौन बस्दा आफूहरू मारमा परेको यात्रुहरू बताउँछन्।
दशैँमा मीठो मसिनो खाने, नयाँ लुगा लगाउने सबैलाई रहर हुन्छ। तर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित वनहरा शिविरमा बसोबास गर्दै आएका भूमिहीन परिवारका लागि त्यो रहर सपना बनेको छ।
चिकित्सकहरू मासु नै नखानभन्दा पनि पकाउने तरिकामा ख्याल गर्न सुझाव दिन्छन्। मासु आफैमा खराब नभए पनि पकाउने तरिकाका कारण अस्वस्थ बन्ने गरेको उनीहरूको भनाइ छ।
रोजगारी, अध्ययन तथा पेसा व्यवसायको लागि बजार झरेका र बिदेसिएकाहरू जन्मथलो फर्किएपछि म्याग्दीका गाउँघरमा चहलपहल बढेको छ।
बागलुङ बजारका चोकचोक र फलफूल पसलमा मुस्ताङको स्याउ देख्न पाइन्छ। उपभोक्ताको रोजाइमा मुस्ताङकै स्याउ नै पर्ने गरेको छ।
डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार पहिरो निरन्तर झरिरहेको छ। पहिरोले सडकको ७० मिटर भाग ढाकेको छ।