AnonymousUser

Logout

बारामा माटो खन्ने क्रममा पुरिएर १ जनाको मृत्यु, १२ घाइते

बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ रहेको ढिस्कोमा उनीहरू शनिबार बिहान माटो खन्न गएका थिए।

१९ स्थानमा डाइभर्सन बनाएर खुलाइयो बीपी राजमार्ग

बीपी राजमार्गको काभ्रेपलान्चोक खण्डमा १६ र सिन्धुली खण्डमा तीन स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरेर सवारी सञ्चालनमा ल्याइएको छ।

सडक नखुल्दा जलजला पुग्न पाएनन् पर्यटक

ढोरपाटन उपत्यकादेखि करिब २२ किलोमिटर पश्चिममा पर्ने जलजलामा अघिल्लो वर्षमात्र सडक पुगेको छ। तर बर्खामा सञ्चालन हुन सकेको छैन।

बीपी राजमार्ग: पहिरोले बगाएको स्थानमा कुन सडक प्रयोग गर्ने?

तराईका विभिन्न भाग र पूर्वी जिल्लाबाट आएका साना तथा ठूला सवारीसाधनले पहिरोले बगाएको स्थानमा वैकल्पिक मार्गको प्रयोग गर्न थालेका छन्।

छिमली र पट्टा नाचमा झुमे दर्शक

गुल्मीका अन्य कोतभन्दा धुर्कोट गाउँपालिका–६ रजस्थलमा रहेको धुर्कोट कोतको सराय भने फरक देखिएको छ। किनकि यहाँ सरायभन्दा पहिले विभिन्न चार प्रकारका मौलिक नाच देखाउने गरिन्छ।

एक दशकमा पनि पूरा भएन १३ किलोमिटर सडक

बागलुङको निसीखोला–६ पातिहाल्नेदेखि पूर्वी रुकुमको भूमे–१ रुपगासम्मको १३ किलोमिटर २०७३ जेठमा कालोपत्र गरीसक्ने सम्झौता भएकामा हालसम्म ७० प्रतिशत मात्र काम भएको छ।

पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत

सडक निर्माण शुरू गरेर निर्माण व्यवसायी नै सम्पर्कविहीन भएपछि सडक झनै अस्तव्यस्त बनेको छ।

‘जेनजी’ आन्दोलनका मृतकका परिवारको जाहेरी आयोगमा

उजुरी आयोगसमक्ष आइपुगेको र अध्ययन गरेर थप प्रक्रिया अघि बढाउने अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए।

लाङटाङ क्षेत्रमा अलपत्र १२ जनाको उद्धार

लाङटाङ पदयात्राका रहेका भक्तपुरका संस्कृति श्रेष्ठ, किसन श्रेष्ठ, संगीता श्रेष्ठ र रवि श्रेष्ठ भने बेपत्ता छन्।

भोजपुरको साल्पा–सिलिचुङ क्षेत्रमा पर्यटकको चहलपहल

चुचुरोको काखमै रहेको साल्पा पोखरीले धार्मिक दृष्टिले विशेष महत्त्व राख्छ। भक्तजनहरूले मनोकामना पूरा हुने विश्वासका साथ यहाँ पूजाआजा गर्ने गरेका छन्।

सुँगुर फार्ममा बाढी पस्दा ८० लाख रुपैयाँ बराबरको क्षति

रामधुनी नगरपालिका–८ स्थित झुम्का अर्ग्यानिक कृषि फार्ममा ३०० भन्दा बढी सुँगुर थिए। शनिबार रातिको बाढीले करिब २०० सुँगुर बगाएको छ।

पहिरोले बेनी–जोमसोम सडकमा यातायात सेवा  प्रभावित

कालीगण्डकी नदीको तिरदेखि भगवतीको माझ खर्कसम्मको जमिन धाँजा फाटेर पहिरो चलेपछि बिचमा रहेको सडकमा यातायात सञ्चालनमा समस्या भएको छ।

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग राति ९ बजेदेखि बन्द

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार र शनिबार परेको वर्षाले पहिरोको उच्च जोखिम बढाएकाले आइतबार राति ९ बजेदेखि सोमबार बिहान ६ बजेसम्मका लागि सडकमा आवागमन बन्द गरिएको हो।

वैशाखयताको विपद्‍मा परेर २८५ को मृत्यु, २७ बेपत्ता

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार आइतबार (आज) एकै दिन ४४ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता छन्।

इलाम पहिरोमा ज्यान गुमाएका सबैको सनाखत

इलाममा गएको पहिरोमा परी विभिन्न कामको सिलसिलामा इलाम आएका जिल्लाबाहिरका नागरिकले समेत ज्यान गुमाएका छन्।

काठमाडौँबाट बाहिरिने रात्रिकालीन बसलाई नागढुंगा पार गर्न समय निर्धारण

उपत्यका ट्राफिक प्रहरी कार्यालयले बाढीपहिरो तथा विपद्को सम्भावित घटनालाई मध्यनजर गर्दै साँझ ५:०० बजेभित्र नागढुंगा पुगेका लामो दूरीका रात्रिकालीन बसलाई मात्रै प्रस्थान अनुमति दिइने जनाएको छ।

सप्तकोशीमा बहाव उच्च: ५६ वटै ढोका खोलियो

सुनसरी प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कोशीमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३५ हजार ३६० क्युसेकभन्दा बढी भएपछि ५६ ढोका खोलिएको बताए।

सप्तकोशीमा जलबहाव उच्च: कोशी बराजका ३९ ढोका खोलिए

कोशी बराजमा पानीको बहाव प्रतिसेकेन्ड दुई लाख ७१ हजार ३१० क्युसेक पुगेपछि ३९ ढोका खोलिएको छ।

देशभरका ८ नदी खतराको तहभन्दा माथि

सप्तकोशी, बागमती, सुनकोशी, अरुण, तमोर, कनकाई, बूढीखोला–सुनसरी, बिरिङ खोला झापालगायत नदीका बाढी मापन केन्द्रमा बाढीले खतराको तह पार गरेका छन्।

पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

फापरखेतको पहिरोले म्याग्दीका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक ठप्प भएको छ।