जुनाल गदालका अनुसार जेन-जीका समस्यासँगै सीमान्तकृत समुदायले भोग्नुपरेका समस्या र सहकारपीडितले पनि हेल्पडेस्क गुहार्छन्।
छनोट प्रतियोगितामा भाग लिने मलेसियन खेलाडी प्रतिबन्धित भएसँगै फिफासमक्ष नेपालले निवेदन दिएको एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए।
गुण्डुका ७५ प्रतिशत स्थानीयले ७०० रोपनीमा मखमली र ३०० रोपनीमा सयपत्री फूलको खेती गरेका छन्।
पदयात्राका क्रममा दुई दिनसम्म सञ्चार सम्पर्क नहुँदा पर्यटक बेखबर हुने भएकाले आपत्कालीन समय र बिरामी भएको समयमा उद्धारमा समस्या हुने गरेको छ।
समूहमा रहेका २३ जना महिलाले ६ रोपनी जग्गा भाडामा लिएर फूलखेती गरिरहेका छन्। यस वर्षको तिहारका लागि फूल उत्पादन भइसकेको छ।
पर्खाल भत्किँदा उद्योगमा काम गर्ने पाँच जना घाइते भएका थिए। उनीहरूमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो।
सीप भएका बिन र डोम समुदायका स्थानीय अहिले दिनरात नभनी बाँसका समान बनाउन व्यस्त छन्। यो क्रम छठपर्व शुरू हुने दिनसम्म चल्छ।
जोगमाई खोलाको बेलिब्रिज गत असोज १८ गतेको बाढीले बगाएपछि डाइभर्सन निर्माण गरिएको हो। ११ दिनमा समेत वैकल्पिक सडक सञ्चालन गर्न नसक्दा यात्रु र यातायात व्यवसायीलाई सास्ती परेको छ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति बदर, प्रतिनिधिसभा विघटन खारेजी तथा पुनर्स्थापनाका लागि उत्प्रेषण र परमादेशको आदेश माग राखी रिट निवेदन पेस भएका हुन्।
विपीन जोशीको मृत्युको खबरले परिवार मात्र नभई सिंगो गाउँ स्तब्ध छ।
आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार, तीन वर्षको सम्झौता अवधिमध्ये पुलको डिजाइन स्वीकृति र मापदण्डविपरीतका संरचना हटाउनै एक वर्ष लाग्यो। पछिल्लो दुई वर्षमा निर्माणले गति लिए पनि अपेक्षित प्रगति भने हुन सकेको छैन।
सशस्त्र प्रहरी बल र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयको टोलीले वीरगन्ज महानगर–८ स्थित माईस्थानस्थित अभिषेक सर्राफको घरबाट सुन र चाँदी बरामद गरेको छ।
बर्षा रोकिएसँगै सडकमा खसेको पहिरो पन्छाएर फराकिलो बनाएपछि सडकमा यात्रुवाहक बस र मालवाहक सवारीसाधन सञ्चालन हुन थालेका छन्।
माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरी साना सवारी सञ्चालन गर्ने प्रयास भइरहेको छ।
मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड अवरुद्ध भएपछि विकल्पका रूपमा जोगमाई खोलामा ‘डाइभर्सन’ निर्माण गरी तिल्केनी–सिमलगो मार्गमा यातायात सञ्चालनको तयारी थालिएको छ।
रौतहटको राजदेवी नगरपालिका–८ लक्ष्मीपुरका तीन जना बालिकाको पानीको एउटै खाल्डोमा परेर मृत्यु भएको हो।
रोशीखोलाको बाढीले रोशी क्षेत्रमा करिब चार किलोमिटर सडक कटान गरेको छ। गत वर्ष असोजको बाढीपहिरोले क्षतिग्रस्त बनाएपछि यहाँ डाइभर्सन बनाएर अस्थायी रूपमा सडक सञ्चालन हुँदै आएको थियो।
चीनले कोरोनापछि हिल्सानाकालाई हुम्लीसहित भारतीय पर्यटकका लागि खुला गरेपछि धार्मिक पर्यटकहरूको संख्या वृद्धि भएको हो।
देशको विषम परिस्थितिमा पनि दूरसञ्चार क्षेत्रले भने निरन्तर सेवा प्रवाह गर्न सक्यो। बाढीपहिरोका कारण दूरसञ्चारका पूर्वाधारमा धेरै क्षति हुँदा पनि सेवाको निरन्तरता कसरी सम्भव भयो?
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। घाइतेलाई उपचारका लागि धनगढी ल्याइएको छ।