आजबाट नेवार समुदायले मनाउने नेपाल सम्वतको नयाँ वर्ष शुरू भएको छ। त्यसैगरी, आजै गोरु तिहार र म्ह: पूजा पनि परेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी रहेका थिए।
किसानहरू बर्खेबाली धानसहित कोदो, सिमी र फापरलगायतका बालीनाली भित्र्याउने चटारोमा छन्।
हमासले बन्धक बनाएको अवधिमै गाजामा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीको आज बिहान महाकाली नदीस्थित भुजेलाघाटमा अन्त्येष्टि गरियो।
सुन्तला बगैँचामा पसेका बाँदरले फल मात्र नभई बोटसमेत भाँचेर नष्ट गरिदिने गर्दा किसानहरू हरियोमै सुन्तला टिप्न बाध्य भएका छन्।
महिनौँसम्म एक्लै जंगलमा बस्ने गोठालाहरूको साथी बनेका कुकुरले चितुवा, ब्वाँसो, भालु, स्याललगायत जंगली जनावरको आक्रमणबाट बचाएर भेडाबाख्राको सुरक्षा गर्छन्।
काठमाडौँ विश्वविद्यालयमा अनुसन्धान, नवप्रवर्तन र डिजिटल स्थायित्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले सूचना प्रविधि केन्द्र स्थापना गरिएको छ। विद्यार्थीका लागि 'केयू-कनेक्ट' एप पनि सञ्चालनमा ल्याइएको छ।
कुकुर तिहार यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको हुँदा बिहान कुकुर पूजा र साँझ लक्ष्मी पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
घरको छतमा झिलिमिली बत्ती लगाउने क्रममा तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका साहको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।
तनहुँको भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे बेपत्ता भएका हुन्।
भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका–७ गुण्डुदेखि चाँगुनारायण नगरपालिका–९ ताथलीसम्मका किसानको घरदैलोमै पुगेर व्यापारीले प्रतिस्पर्धामा बढी मूल्य तिरी फूल लिइरहेका छन्।
वैदेशिक रोजगारीमा जाने संस्कृतिले सामाजिक सद्भाव र पर्वको महत्त्वमा थप उचाइ थपेको छ। विदेशमा र स्वदेशमा भएका दुवैले आत्मीय सम्बन्ध बोध गराउने समाजशास्त्री पौडेलको धारणा छ।
लामो वर्षा हुँदा दशैँमा सडक बाढी पहिरोले अवरुद्ध भएका थिए। तिहार नजिकिएसँगै ग्रामीण सडक खुलेपछि स्थानीयलाई यात्रा गर्न र सामान ढुवानी गर्न सहज भएको छ।
काग तिहार भने आइतबार परेको समितिले जनाएको छ। बेलुकी त्रयोदशी तिथि परेका दिन धनत्रयोदशी एवं यमदीपदान पर्व मनाउने शास्त्रीय मान्यता छ।
प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त संरचनाका लागि २० अर्ब ८८ करोड, मनसुनबाट क्षतिग्रस्त संरचनाका लागि १ अर्ब ३ करोड, प्राविधिक सहयोगका लागि २८ करोड र जनशक्ति एकाइका लागि ५ करोड आवश्यक पर्ने अनुमान गरेको छ।
नेपालमा किसान परिवारको संख्या करिब ४१ लाख ३० हजार रहेकोमध्ये वर्षैभरि खान नपुग्ने कृषक परिवारको संख्या करिब ५५ प्रतिशत रहेको पाइएको छ।
पहिरोका कारण सुनापति–३ मा पर्ने केउरेनी, साउने, नागासिवा र च्याम्दुङ टोलका बासिन्दा विस्थापित हुने खतरा छ।
फूलको व्यापार तिहारमा धेरै हुने गरेको छ। तिहारमा काठमाडौँ उपत्यकामा मात्रै ४० लाखभन्दा बढी माला बिक्री हुने गरेको नेपाल फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ।
राजा थर्कोचेनले ठिनी गाउँमा रहेको तीन गाउँले थकाली समुदायमध्येको एक ध्याकल फोपे समूहलाई आफ्नो राज्यको सिमाना कुर्न र त्यहाँको रेखदेखका लागि बस्ती बसालेका थिए।
राष्ट्रपति रामचन्द्र पौडेलले युवा पुस्ताले चलाएको आन्दोलनको मर्म र चाहनाअनुसार देश निर्माण गर्न नयाँ निर्वाचनमार्फत जनादेश लिएर अगाडि बढ्नुपर्छ भन्ने ध्येयले निर्वाचन घोषणा भएको उल्लेख गर्दै यसलाई सामान्य रूपमा नलिन आग्रह गरे।