फलमा डढुवा लाग्ने, किरा लाग्ने, बोटमै सुक्ने, फल झर्नेलगायत रोग देखिँदा अकबरे खुर्सानी खेती गरेका किसानको श्रम र लगानी जोखिममा परेको छ।
लगानी बोर्डको बैठकले ५४ मेगावाट उत्पादन क्षमताको तल्लो अप्सुवा जलविद्युत् परियोजनाका लागि ८ अर्ब ८४ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ।
सडक अवरुद्ध भएपछि पर्वत, बागलुङ, रिडी हुँदै पाल्पा र बुटवल जाने सवारीसाधन बीचबाटोमा रोकिएका छन्।
बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङबाट सात वर्ष अगाडि सडक सञ्जालले जोडिए पनि बर्खाको समय गाडी नचल्दा निसेलढोरमा ढुवानी र यात्रा गर्न समस्या भएको छ।
लिपुलेक हुँदै व्यापार गर्न भारत र चीनले गरेको सम्झौता अस्वीकार्य रहेको भन्दै मुलुकका सबै राजनीतिक दलका नेताहरूले यसको समाधान परिपक्व कूटनीतिक पहल र सर्वपक्षीय सहमतिबाट खोज्नुपर्ने बताएका छन्।
नौगाड गाउँपालिकाको होपरीबाट होपरीगाडतर्फ जाँदै गरेको जिप बिहीबार बिहान दुर्घटना भएको छ।
पछिल्ला केही वर्षयता समयमा पानी पर्न छडेको छ। यसको प्रभाव स्याउ उत्पादनमा पनि परेको छ। लाखौँ लगानी गरेर खेती गरेको स्याउ नफल्दा ठूलो नोक्सानी भएको किसानले बताएका छन्।
घटनाको थप तथ्य बाहिर ल्याउन विशेषज्ञसहितको उच्चस्तरीय छानबिन आवश्यकता देखिएको समितिले जनाएको छ।
रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक मर्मतपछि यातायात एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
सडक अवरुद्ध भएपछि काठमाडौँबाट दोलखाको चरीकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने यातायातका साधन बीच बाटोमा रोकिएका छन्।
मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरी सिँचाइको दीर्घकालीन समाधानका रूपमा ५०० डिप बोरिङ जडान गर्ने सरकारले बताएको छ। तर सिरहामा जडान भएकामध्ये करिब ६० प्रतिशत बोरिङहरू सञ्चालनमा छैनन्।
विधेयकमा संस्थाहरूको पारदर्शिता, नियमन, अनुगमन र लेखा परीक्षण व्यवस्थापन, संस्थामा रहने पदाधिकारी व्यवस्थापन र स्रोत परिचालनको पारदर्शितासहितका विषय समेटिएका छन्।
करेन्ट लागेर हुने अधिकांश मृत्युको घटना मोटरबाट पानी तान्ने, खोलामा करेन्ट लगाएर माछा मार्ने र कुटी काट्ने क्रममा भएको पाइएको छ।
बर्दिबास–१२ का महिलाले सामूहिक रूपमा आँप, अमला, खोर्सानी, लसुन, अदुवा, सर्स्युं, लप्सीलगायतको अचार उत्पदान गर्न थालेका छन्। समूहमा आबद्ध भएपछि उनीहरू आत्मनिर्भर बन्दै गएका छन्।
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले 'वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२'मा उल्लेखित निर्देशक समितिको काम, कर्तव्य र अधिकारबाहेकका सबै बुँदामा सहमति जुटाएको छ।
लोपोन्मुख भनेर चिनिने कुसुन्डा जातिको गोरखामा एक घर मात्र छ। चेतबहादुर छिमेकीले दिएको तीन आना जग्गामा एकपाखे घर बनाएर आफ्ना दुई छोरा, बुहारी र नाति नातिनीसँग बस्दै आएका छन्।
विसं २०११ मा ‘झटारो’ गितीसंग्रह प्रकाशन गरेर नेपाली गीत संगीत र साहित्य क्षेत्रमा प्रवेश गरेका नन्दनले गजल, कविता तथा अन्य काव्यमा कलम चलाएका छन्।
यसपालि रोपाइँ ढिलो भएको हुँदा अस्वाभाविक रूपमा कीरा र रोगको प्रकोप शुरू हुन सक्नेतर्फ सचेत रहन र तत्काल सल्लाह लिन कृषिविज्ञले किसानलाई सुझाएका छन्।
मापदण्डले निःसन्तान उपचार केन्द्रहरूको प्रभावकारी नियमन र निःसन्तान उपचार सेवामा एकरूपता ल्याउने मन्त्रालयको विश्वास छ।
जंगली जानवरबाट धानबाली जोगाउन स्थानीय महेन्द्र सरदारले लगाएको बारमा करेन्ट लागेर दुवै जनाको मृत्यु भएको छ।