AnonymousUser

Logout

तनहुँ माइक्रो बस दुर्घटना: एक घाइतेको उपचारका क्रममा मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मंगलबार भएको माइक्रो बस दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

हिमपातका कारण रोकिए अन्नपूर्ण आधार शिविर गएका पर्यटक

मौरिस हर्जोग पदमार्ग भएर अन्नपूर्ण आधार शिविरमा पुगेका पर्यटकलाई नारच्याङ र भुरुङ तातोपानीमा झारिएको छ।

उत्तरी गोरखामा हिमपात, पर्यटक प्रभावित

हिउँ परेपछि मनासलु क्षेत्र भ्रमणमा गएका पर्यटक पनि प्रभावित भएका छन्। लार्केपासमा गएका पर्यटक सामागाउँ र साम्दोमै रोकिएका छन्।

विषादी मिसिएको पानीले कुलेखानीको माछा उत्पादनमा ह्रास

माछा व्यवसायी एवं होटल सञ्चालक पूर्ण थापा मगरका अनुसार विषादीको असरले तालको पारिस्थितिक सन्तुलन बिग्रँदै गएको छ। माछाको औसत तौल र संख्या दुवै घट्दो क्रममा छ।

मन्थलीबाट काँकडभिट्टा गइरहेको बस दुर्घटना, १९ जना घाइते

रामेछापको मन्थलीबाट काँकडभिट्टा गइरहेको रात्रिबस मंगलबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको माईधारमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिएको थियो।

उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो छठ

२०६२ सालमा गुह्येश्वरी, गौरीघाट ठेगाना राखेर श्री छठ पूजा समिति जिल्ला प्रशासन कार्यालयमा दर्ता भएपछि काठमाडौँमा छठको विशेष रौनक शुरू भएको हो।

अरुण नदीको सतिघाटमा ६ महिनापछि फेरी सेवा सञ्चालन

अरुण नदीमा पक्की पुल नहुँदा यहाँका बासिन्दा फेरीकै भरमा सवारीसाधन तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्दै आएका छन्।

दाङखोलामा मोटरेबल पुल अलपत्र, अस्थायी पुलको भरमा यातायात

“धवलागिरिको केन्द्र मुनासहित पाँच वडालाई जोड्ने सडकमा नियमित यातायात सञ्चालनका लागि यो पुल आवश्यक छ”, धवलागिरि–७ का वडाध्यक्ष अशोक खत्रीले भने, “पुल बनेर यातायात सञ्चालन हुनुपर्ने समयसम्म पनि निर्माण शुरू भएको छैन।”

जलवायुका कारण सगरमाथा हिमक्षेत्र उच्च जोखिममा

इसिमोडको अध्ययनले जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रले अभूतपूर्व हिमनदीको पग्लिने दर बढ्नेजस्ता समस्या भोगिरहेको देखाएको छ। यो दर पछिल्ला दशकमा पहिलेको तुलनामा ६५ प्रतिशतले बढेको देखिन्छ।

मन्त्रिपरिषद् विस्तार हुँदै

मौजुदा मन्त्रिपरिषद्मा ४ जना नयाँ मन्त्री थपिने भएका छन्। उनीहरूले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।

पर्यटकको पर्खाइमा नदैगुफा

धार्मिक रूपमा पनि ऐतिहासिक महत्त्व बोकेको नदैगुफाबाट अग्ला-अग्ला हिमाल नियाल्न सकिन्छ।

छठ पर्वले जनकपुरका बजारमा केराको माग र मूल्य दुवै बढ्यो

अहिले स्थानीय महेन्द्रनगर, ढल्केवर, वीरेन्द्रबजार, गोदार, सबैला, बटेश्वर, लक्ष्मीनियाँका बजारमा केराको कारोबार बढेको छ। हाल जनकपुरधामलगायत मुख्य बजारदेखि ग्रामीण हाटबजारसम्म केरा किन्ने ग्राहकको भीड लागेको छ।

‘सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छ’

लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन नहुनेतर्फ प्रदर्शनकारी सचेत हुनुपर्ने गृहमन्त्री अर्यालको भनाइ छ।

एफएटीएफ समीक्षा: सम्पत्ति शुद्धीकरण मामलामा नेपाल अझै ‘ग्रे लिस्ट’मा

एफएटीएफको चौथो पूर्ण बैठकपछि जारी वक्तव्यमा नेपालले सुधारका प्रयास जारी राखे पनि अझै अपर्याप्त रहेको र थप सुधार आवश्यक रहेको जनाइएको छ।

१००औँ जन्मदिनमा लालबहादुरलाई गाउँपालिकाको सम्मान

पर्वतको जलजला गाउँपालिका–२ ओखरबोटका लालबहादुरले आफ्नो १००औँ जन्मदिन आँगनमै जनप्रतिनिधहरू र छिमेकीसँग मनाए। त्यस क्रममा उनले जीवन भोगाइका अनुभव पनि सुनाए।

दुई देशको साझा छठघाट

महोत्तरी र धनुषा छुट्याउँदै भारत झर्ने बिगही नदीमा दुई देशको साझा घाट बनेको छ।

नहरमा डुबेर ३ बालिकाको मृत्यु

कैलालीको कुलरिया नहरमा नुहाउने क्रममा जुम्ल्याहा दिदीबहिनीसहित तीन जना बालिकाको ज्यान गएको इलाका प्रहरी कार्यालयले जनाएको छ।

कोशी पर्यटन वर्षमा पहाड घुम्दै भारतीय पर्यटक

सूर्योदय हेर्न इलामको श्रीअन्तुडाँडामा दैनिक हजारौँ स्वदेशी तथा बाह्य पर्यटकको भीड नै लाग्ने गर्दछ। कोशीटप्पु आरक्ष क्षेत्रमा चरा हेर्नेदेखि वेतना सिमसारका कछुवाले पर्यटकलाई लोभ्याउने गरेको छ।

हुम्लामा ३३५ मेगावाटको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना बन्ने

आयोजनाको कुल लागत ७२ अर्ब ९० करोड ८० लाख रुपैयाँ बराबर रहनेछ। आयोजना निर्माण चरणमा औसत एक हजार ८०५ जना र सञ्चालन चरणमा ११५ जनाले रोजगारी प्राप्त गर्नेछन्।

मिथिलाञ्चलमा गोधन कुट्ने पर्व मनाइँदै

गोधन कुट्ने पर्व मिथिलाको सांस्कृतिक पहिचान र नारीको श्रम तथा आस्थाको उत्सव हो।