सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा शुक्रबार साँझ दुई मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।
अध्यक्ष ओलीले झापा-३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउन कार्यकर्तालाई निर्देशन दिए।
मस्यौदाको व्यवस्था यथावत् कार्यान्वयन भए बैंक तथा वित्तीय संस्थाले ‘ओभरनाइट’ तरलता सुविधा उपयोग गरेबराबरको रकम बैंकको वैधानिक तरलता अनुपात (एसएलआर) र खुद तरल सम्पत्ति अनुपातमा गणना गर्न पाउने छैनन्।
मुख्यगरी मिथिला क्षेत्रमा धुमधामका साथ मनाइने छठ पर्व आजबाट विधिवत शुरू भएको छ। छठको पहिलो दिन आज नहाय-खाय विधि सम्पन्न हुनेछ।
महोत्तरीको भङ्गाहा–८ पडरिया बस्तीमा बिहीबार भड्केको दङ्गा नियन्त्रणमा लिन लगाइएको कर्फ्यू शुक्रबार पनि कायम राखिएको छ। सो क्षेत्रमा हिँडडुल गर्न तथा भेला हुन निषेध गरिएको छ।
चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरूले प्रचारप्रसार तीव्र बनाएका छन्। मतदाता चाडपर्व तथा बालीनाली भित्र्याउनमा व्यस्त भएको बेलामा उम्मेदवारले घरदैलो शुरू गरेका हुन्।
नेपालमा केरा भारतबाट मात्र भित्रिन्छ। केराको बजार दुई महिनायता लगभग ३० प्रतिशत नेपाली र ७० प्रतिशत भारतीय रहेको अध्यक्ष अम्मर बानियाँ बताउँछन्।
तिहारमा फूल र मालाको अभाव देखिएको छ। बजारमा फूल नभेटिएपछि चाडपर्वमा घर सजाउन तथा अन्य धार्मिक, सांस्कृतिक कार्यका लागि प्लास्टिकका फूलको प्रयोग गरिएको छ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुरका कांग्रेसी कार्यकर्ताको गुनासो निर्वाचनपछि सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्
प्रतिस्पर्धामा मेरिल्याण्डको डिष्ट्रिक ८ बाट मेरिल्याण्ड जनरल एसेम्बलीको लागि विधायक पदमा डा. ह्यारी भण्डारी र न्यूयोर्कको डिष्ट्रिक १०३ बाट न्यूयोर्क स्टेट एसेम्वलीका लागि सहना श्रेष्ठ छन्।
प्रतिस्पर्धामा विधायक पदमा पुनः दोहोरिनका लागि निर्वाचनमा होमिएका डा. ह्यारी भण्डारी र न्यूयोर्क राज्यको डिष्ट्रिक १०३ बाट न्यूयोर्क स्टेट एसेम्वलीको लागि सहना श्रेष्ठ छन्।
आयोगले असोज २८ गतेदेखि कल सेन्टर शुरु गरेको हो। कात्तिक ८ गतेसम्ममा कूल १ हजार ५०२ कल आएका छन्। १ हजार १९७ वटा कल रिसिभ भई १ हजार २५ वटा कलबाट आएका जिज्ञासा समाधान गरिएको आयोगले जनाएको छ।
देउसी-भैलीले ऐतिहासिक एवं धार्मिक महत्व बोके पनि समयक्रमसँगै यसको मौलिकता कम हुँदै गएको संस्कृतिविद्हरूको मत छ।
काठेखोला गाउँपालिका–३ मा पर्ने धम्जा ओखले गाउँमा नयाँ मान्छे आउँदा बोल्न नसक्ने महिलाहरू अहिले आफ्नै नेतृत्वमा होम–स्टे चलाउँछन्।
शिक्षण पेसा छाडेर फूलखेतीमा लागेका दीपक पाख्रिनले ४ बिघामा खेती विस्तार गरेका छन्। बजारमा फूलको माग अत्यधिक हुँदा चार बिघाको फूल पनि कम पर्ने गरेको उनको भनाइ छ।
आसन्न निर्वाचनका लागि काठमाडौँ १ बाट २१ दलका ३८ तथा स्वतन्त्रबाट २४ गरी ६२ जनाको उम्मेदवारी परेको छ।
गुरुङ तथा मगर समुदायमा प्रचलित सोरठी नाच पछिल्लो समय सीमित हुँदै गएको छ।
बेलायत भ्रमणमा रहेका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बेलायतको तल्लो सदन हाउस अफ कमनका सभामुख सर लिण्डसे होयलसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा उनीहरूले संसदीय अनुभव साटासाट गरेका थिए।
आयोगले समानुपातिकतर्फ दलहरूले पेश गरेको बन्दसूचीमा तोकिएको जरिवाना समयमा नबुझाउने र अन्य अयोग्यता भएका ५५० व्यक्तिको उम्मेदवारी खारेज भएको छ।
बंगलादेशले नेपालसँग ५० मेगावाट विद्युत् खरिद गर्ने भएको छ।