AnonymousUser

Logout

उपत्यकाको सुरक्षा मजबुत पारिएको छः काठमाडौँ प्रशासन

काठमाडौँका प्रजिअ घनश्याम उपाध्यायले चाडपर्व लक्षित सुरक्षा योजना उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयबाट पूर्णरूपमा कार्यान्वयन भइरहेको बताए।

तिहारमा मौसम सफा रहने

मनसुन सकिएसँगै मौसमले पनि साथ दिएकाले यो पटकको तिहार निकै उल्लासमय हुने देखिएको छ।

स्वदेशी बिजुलीले नै झिलीमिली बन्यो दीपावली

देशभर तिहारको हर्षोल्लास चलिरहँदा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोली स्युचाटारस्थित भार प्रेषण केन्द्रमा थियो।

निर्वाचनमा मतदाताले चारवटा मतपत्रमा मतदान गर्नुपर्ने

हरेक मतदान केन्द्रमा व्यवस्था गरिने गोप्य कक्षमा राखिएको स्वस्तिक छापले मतदाताले मतपत्रमा मत सङ्केत गर्नुपर्ने व्यवस्था छ।

झिनियाँको माग थेग्नै मुस्किल

तिहारमा प्रयोग हुने झिनिया स्थानीयस्तरमा व्यावसायिक रूपमा उत्पादन गर्न सकिने संकेत देखिएको छ। तिहार बाहेकको समयमा पनि झिनियाको माग हुन थालेपछि यसको व्यावसायिक उत्पादन थाल्न सकिने देखिएको हो।

विद्युत चुहावट हुँदा दाङका तीन फर्निचर उद्योगमा आगलागी

दाङको घोराहीस्थित ३ वटा फर्निचर उद्योगमा गएराति आगलागी भएको छ। राति १ बजे लागेको आगो बिहान ७ बजे नियन्त्रणमा आएको थियो।

तिहारको चौथो दिन आज गाईपूजा

यम पञ्चकको चौथो दिन आज गाईको पूजा गरी मनाइँदै छ। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले आजको दिन गाईलाई गौमाताका रूपमा पुजिने गर्दछ।

प्रचारप्रसारमा सरकारी स्रोतको प्रयोग रोक्न आयोगले गर्‍यो विशेष निर्णय

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिने राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन खर्चको सीमा असोज ३१ को नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ।

नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने आइएमएफको प्रक्षेपण

‘वर्ल्ड इकनोमिक आउटलुकः काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दै आइएमएफले आर्थिक वृद्धिदरको शुरुवाती अनुमानमा संशोधन गरेको हो।

देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइँदै

नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटा साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक मानिन्छन्।

कांग्रेसको चुनावी घोषणापत्र भोलि, एमालेले छठपछि सार्वजनिक गर्ने

नेपाली कांग्रेसले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। नेकपा एमालेले भने छठपछि मात्रै घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ।

मीठो फलफूल बेच्ने धनमायाको नमीठो कथा

धनमायाको चार जनाको परिवार छ। दुई छोरी र श्रीमान् रहेको नेपालीको परिवार यसरी फलफूल बिक्री गरेर चल्दै आएको छ।

ट्र्याक खुलेको १६ वर्षपछि सडक स्तरोन्नति गरिँदै

२०६३ सालमा ट्र्याक खुलेको यो सडकको स्तरोन्नतिका लागि संघीय सरकारले तीन करोड रूपैयाँ बजेट विनियोजन गरको छ।

प्रत्यक्षतर्फको चालीस प्रतिशत मतपत्र छपाइ सम्पन्न

आसन्न निर्वाचनमा करिब ८ करोड मतपत्र आवश्यक पर्नेमा १ करोड ६७ लाख मतपत्रको छपाइ सकिएको हो। 

कर्णालीका करिब ३०० मतदानस्थल अतिसंवेदनशील

सबैभन्दा बढी अतिसंवेदनशील मतदानस्थल कालीकोटमा रहेका छन्। कालीकोटमा ७४ वटा मतदानस्थल अतिसंवेदनशील मानिएको जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ।

पुनहिलमा पर्यटकको भीड

असोज महिना लागेसँगै पुनहिलमा पर्यटकको चहलपहल बढेको छ। खासगरी दशैँ र तिहारको बिदा सदुपयोग गर्न मानिसहरू यहाँ पुग्ने गर्छन्।

सरकारको चालु खाता घाटा ३७ अर्ब १८ करोड, तराईमा बढ्यो महँगी

पहिलो दुई महिनामा सरकारको चालु खाता घाटा ३७ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। यही अवधिमा विदेशी विनिमय सञ्चितिमा पनि कमी आएको छ।

काठमाडौँ- ५ मा तीन पदका लागि ५६ जनाको प्रतिस्पर्धा, २७ स्वतन्त्र उम्मेदवार

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौँ- ५ मा ३ पदका लागि ५६ जनाको प्रतिस्पर्धा हुने भएको छ। यहाँ २७ स्वतन्त्र उम्मेदवार छन्। ४३ हजार ३५२ गरी यो क्षेत्रमा ७० हजार ९१९ मतदाता छन्।

स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्छु : मदनकृष्ण श्रेष्ठ

हास्यकलाकार एवं अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताएका छन्।

तिहारमा प्रदर्शन हुँदै छन् यी चार फिल्म

तिहारलाई लक्षित गर्दै चार फिल्म प्रदर्शन हुँदैछन्। कात्तिक ४ मा ‘के घर के डेरा’ र ‘नालापानी’, कात्तिक ११ मा ‘महापुरूष’ र कात्तिक १८ मा ‘लाखे’ प्रदर्शन हुने भएको हो।