नोभेम्बर ६ देखि ८ तारिखसम्म हुने राष्ट्र प्रमुखहरूको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीको नेतृत्वमा नेपालको प्रतिनिधिमण्डलले सहभागिता जनाउने छ।
स्थानीय उत्पादनको बजारीकरण, आफन्त तथा साथीभाइबीचको भेटघाट, मनोरञ्जन, पुण्य प्राप्ति गर्ने थलोको रूपमा यहाँका बासिन्दाले यस मेलालाई लिने गरेका छन्।
अध्यक्ष दाहालले देशको नेतृत्व गर्ने अवसर आए आफू तयार रहेको भए पनि प्रधानमन्त्रीका लागि मरिहत्ते नगरेको बताए।
प्रधानमन्त्री देउवाले सुदूरपश्चिम र डडेल्धुराको विकासका लागि आफू सधैँ प्रतिबद्ध रहेको बताएका छन्।
ओलीले चुच्चे नक्सा जारी गरेकै कारण अहिले दार्चुलाको व्यासको कालापानी विश्वले चिनेको बताए।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत पार्टीले स्वास्थ्यसम्बन्धी विभिन्न घोषणा गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रव्यापी चुनावी अभियान दार्चुलाबाट शुरू गर्दैछन्। बिहान ११ बजे उनले खलंगामा अभियानको उद्घाटन गर्ने भएका हुन्।
सडक निर्माण गर्दा विस्थापित बनेकामध्ये १३ परिवारको सरकारले घर निर्माण गरेर हस्तान्तरण गरे पनि तीन परिवारले अझै लालपुर्जा पाउन सकेका छैनन्।
रुसले युक्रेनमाथि गरेको आक्रमणलाई लिएर पश्चिमा प्रतिबन्धको प्रतिशोध स्वरूप युरोपलाई आपूर्तिमा भारी कटौती गरेको थियो
चिलिमेको अनुमतिसँगै अब दैनिक ३८६ मेगावाट बिजुली भारत निर्यात हुने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए।
कांग्रेस भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न अत्यन्त गम्भीर रहेको बताउँदै नेता शेखर कोइरालाले यसमा शंका नगर्न आग्रह गरे।
दशैँतिहार लगायतका विभिन्न चाडपर्वका कारण शिक्षणसिकाइमा देखा परेको ‘ग्याप’ले विद्यार्थीले पढेका अधिकांश कुरा बिर्सिएका छन्।
ओकेबाजेले पाल्पाका विविध समस्यालाई जापानी संघसंस्थाको सहकार्यमा समाधान निकाल्दै आएका छन्। शिक्षा, स्वास्थ्य, सिँचाइ, खानेपानी, भवन निर्माण, आमा समूहलगायतका धेरै क्षेत्रमा उनको सहयोग छ।
निर्वाचन आयोगले २५ जनाभन्दा बढी समर्थकलाई लिएर घर दैलो गरेको भन्दै बिना मगर र योगेश भट्टराईसँग स्पष्टीकरण सोधेको छ।
नेपाली कांग्रेसका तर्फबाट मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा उम्मेदवार शेखर कोइरालाले संविधानको रक्षा गर्न गठबन्धनले जित्नुपर्ने बताएका छन्।
ढुंगा छापेर बनाइएको रेलिङसहितको पदमार्ग, प्रवेशद्वारा, सूचना बोर्ड र प्राकृतिक भ्यूटावरका रूपमा रहेको बेलढुंगालाई भत्केपछि बनाइएको नयाँ संरचनाले थप आकर्षित बनाएको छ।
चितवनमा पाख्रिनले यो पेशा गरेको पाँच वर्ष भयो। धादिङ फूलखर्क–४ का उनले नौबिसेबाट पुष्प खेतीको शुरूआत गरेका थिए।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिताको पालना गर्न सबैमा आग्रह गर्दै उल्लंघनका उजुरी र सूचना प्राप्त भएमा अनुसन्धान र कारबाही प्रारम्भ हुने बताए।
हरेक वर्ष यहाँ कात्तिक पूर्णिमाका बेला तीन दिन मेला लाग्दै आइरहेको छ भने यसवर्ष दुई दिन थप गरेर पाँच दिनसम्म मेला लाग्ने भएको छ।
विद्यालयमा नर्सको व्यवस्था भएपछि शिक्षाको मूलधारमा ल्याउन चुनौती मानिएको सीमान्तकृत तथा माझी समुदाय रहेको भीमटारका बालबालिकामा सानै उमेरमा विवाह गर्ने क्रमसमेत न्यूनीकरण भएको छ।