वनभोज खाएर फर्कँदै गरेका युवा चढेको डुंगा दुर्घटनामा परेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
हालको मोरङ २ नम्बर क्षेत्र तत्कालीन क्षेत्र नं १ हुँदा गिरिजाप्रसाद कोइरालाले २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचन जितेका थिए।
माओवादीले घोषणापत्रमा किसान र मजदुरको प्रतिनिधित्व न्यूनतम १० प्रतिशत बराबर हुनुपर्ने ठहर गरेको छ।
कतिपयले समाजमा इज्जत नहुने, डर र लाजका कारण झट्ट काम गर्न मन पराउँदैनन्। जयबहादुर नेपालीलाई भने जुत्ता चप्पल व्यवसायले दाममात्रै नभई समाजमा राम्रो चिनिने अवसर मिलेको छ।
केही समयअघि मिथिला क्षेत्रको मुख्य पर्व मानिने छठ अब नेपालकै राष्ट्रिय पर्व नै बनेको छ। काठमाडौँ, गण्डकी प्रदेशको राजधानी पोखरासहित विभिन्न ठाउँमा केही वर्षयता छठ मनाइँदै आइएको छ।
डा. भट्टराईले मतदातासँगको भेटघाटममा बोल्दै गोरखालाई विकास र समृद्धिको मोडल बनाउने सपना निर्वाचन जितेर गएपछि प्रचण्डले मात्र पूरा गर्नसक्ने बताए।
अस्पतालका आवासीय निर्देशक डा. मनोहर प्रधानले कोइरालाको दिमाग (ब्रेन)मा रक्तप्रवाह कम भएको बताए।
परराष्ट्र मन्त्रालयले आइतबार यहाँस्थित भारतीय राजदूतावासमार्फत कूटनीतिक नोट पठाएको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताइन्।
छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुने हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए।
भारतका तीन गन्तव्यमा उडान गरिरहेको नेपाल एयरलाइन्सलाई कारबाहीस्वरूप नयाँदिल्ली गन्तव्यको उडान संख्यामा केही कटौती भएको निगमको वाणिज्य विभागले जनाएको छ।
भारतीय सडक निर्माण कम्पनी ‘गर्ग एण्ड गर्ग’का प्रतिनिधिले पीडित परिवारलाई नगद रकम हस्तान्तरण गरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।
जिल्ला सुरक्षा समिति चितवनले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरेको छ। जसमा ३४ मतदानस्थल अतिसंवेदनशील रहेको देखिएको हो।
कांग्रेसले शनिबार सार्वजनिक गरेको घोषणापत्रमा नेपालका सबै जातजातिका भाषामा पठनपाठनको व्यवस्था गरिने उल्लेख छ।
यसअघि बर्तालुले कार्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ र ‘अरबाअर्वाइन’ को पहिलो विधि गत शुक्रबार नै सम्पन्न गरिसकेका छन् भने शनिबार पञ्चमीका दिन ‘खरना’ विधि सम्पन्न गरिएको छ।
भारतीय सडक निर्माण कम्पनी ‘गर्ग एण्ड गर्ग’ गल्ती स्वीकार गरी पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउन तयार भएको छ।
लुम्बिनीलाई सुन्दर, स्वच्छ र सफा राख्न अन्तर्राष्ट्रिय संस्था डब्लुडब्लुएफ, युनेस्को, एडिबी र विश्व बैंकलगायतका संघसंस्था लुम्बिनीमा लामो समयदेखि कार्यरत छन्।
एमाले अध्यक्ष ओली आगामी निर्वाचनमा १०० सिट जित्ने बताए। उनले समानुपातिकमा ५० सिट ल्याएर बहुमतको सरकार बनाउने दाबी गरे।
बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म परेको आँधीहुरीसहितको मुसलधारे वर्षाले दक्षिणी फिलिपिन्सका तीनवटा शहर अधिक प्रभावित भएका छन्।
चितवन क्षेत्र नं ३ मा २०७४ सालको प्रतिनिधिसभातर्फ समानुपातिक र गएको स्थानीय निर्वाचनमा वडाध्यक्षहरूको मतअनुसार कांग्रेस र एमाले पहिलो र दोस्रो बने पनि यी दुवै दलबाट आगामी निर्वाचनमा उम्मेदवार छैनन्।
प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन विश्वभर पक्षघात दिवस मनाइने गरिन्छ।