AnonymousUser

Logout

चलचित्रमा नयाँ पुस्ताको आकर्षण

नेपाली चलचित्र क्षेत्रमा नयाँ पुस्ताको उपस्थिति उत्साहजनक देखिएको छ। पछिल्लो समय नेपाली सिनेमाप्रतिको आम बुझाइ पनि फेरिँदो छ।

त्रिभुवन विमानस्थल वरपर चंगा उडाउन नपाइने

हवाइ दुर्घटना हुनसक्ने भन्दै नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थल वरपर चंगा उडाउन प्रतिबन्ध लगाएको छ। प्रतिबन्धको अवज्ञा गर्दै चंगा उडाएको पाइए कारबाही गरिने प्राधिकरणले जनाएको छ।

महोत्तरीमा २०२ जनाले मात्रै बुझाए चुनावी खर्च विवरण, ४ हजार बढीलाई जरिवाना

निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र चुनाव खर्च विवरण बुझाउनुपर्ने व्यवस्था भए पनि महोत्तरीमा ४ हजार ६२७ जनाले खर्च विवरण नबुझाएका हुन्। निर्वाचन आयोगले उनीहरूलाई जरिवाना गरेको छ।

अमेरिकी उपसहायक विदेशमन्त्री ट्रडो नेपालमा

अमेरिकी ग्लोबल पब्लिक अफेयर्स मामिलामन्त्री एलिजाबेथ ट्रडो नेपाल आइपुगेकी छन्। नेपालमा रहँदा उनले विभिन्न कार्यक्रममा भाग लिनेछिन्।

विदेश पलायन र बसाइँसराइले रित्तियो टोकरीगाउँ

गाउँमा बूढाबूढी र केटाकेटी मात्रै छन्, जन्ती, मलामी जाँदा मान्छेको अभाव हुने थालेको छ। गाउँका खेतबारी सबै बाँझो बनेका छन्।

पसाउने बेलाको धानमा ‘मेली बग’को समस्या

पसाउने बेलाको धानमा रोग लागेपछि तनहुँको म्याग्दे गाउँपालिका–७ का किसानहरू चिन्तित भएका छन्।

‘हिजो आजका कुरा’ अब ठूलो पर्दामा

टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘हिजोआजका कुरा’माथि चलचित्र बन्ने भएको छ। योसँगै लामो समयसम्म टेलिभिजनमा प्रशारण भएर बन्द भएको हिजोआजका कुरा ठूलो पर्दामा आउने भएको हो।

बडादशैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजाराधना गरिँदै

नवरात्रको दोस्रो दिन आज दशैँघर तथा पूजाकोठामा ब्रह्मचारिणी देवीको आराधना गरी मनाइँदै छ। ब्रह्मचारिणीको पूजा गर्दा ब्रह्मतत्व प्राप्त हुने धार्मिक विश्वास छ।

क्वालालम्पुरस्थित नेपाली दूतावासमा श्रमिक सहायता केन्द्र स्थापना गरिने

क्वालालम्पुरस्थित नेपाली दूतावासमा घर फिर्ती, तलब सुविधा, आवास, कानूनी समस्या तथा स्थानीय प्रशासनसँग सम्बन्धित समस्यालाई तत्काल समाधान गर्न २४सै घण्टा श्रमिक सहायता केन्द्र सञ्चालन गरिने भएको छ।

४३औँ विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

नेपालको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई विश्वबजारमा प्रवद्र्धन गरे मात्रै पर्यटन पुनरुत्थान हुने पर्यटन व्यवसायीहरू बताउँछन्। सरकारको विशेष योजना भने छैन।

‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण हुँदै

काठमाडौँमा दोस्रोपटक अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने भएको छ। मण्डला थिएटरमा आयोजना हुने महोत्सवले नाटक हेर्ने परम्परा बढाउने अपेक्षा गरिएको छ।

दशैँमा २० लाखले काठमाडौँ उपत्यका छोड्ने

दशैँ मनाउन काठमाडौँ उपत्यकाबाट २० लाख यात्रु बाहिरिने अनुमान महानगरीय ट्राफिक कार्यालयले जनाएको छ।

शैक्षिक गन्तव्यका रूपमा विकास हुँदै ‘रामतुलसी’

पाल्पा सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्व रामपुर नगरपालिकास्थित रामतुलसी माविले नमूना विद्यालयका रूपमा पहिचान बनाएको छ।

साइपालका च्याङ्ग्रा पोखरामा

व्यापारीले दशैँ-तिहारमा साइपाल हिमालको फेदबाट भेडा, च्याङ्ग्रा पोखरा र काठमाडौँसम्म पुर्‍याउने गरेका छन्।

दशैँभरिका लागि ''रुट परमिट'' हट्यो, गाडीहरू स्वैच्छिकरूपमा चल्न पाउने

सरकारले देशैभर लागू हुने गरी स्वैच्छिकरूपमा गाडी सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ। यो व्यवस्था आजबाट कोजाग्रत पूर्णिमासम्म लागू हुनेछ।

चन्द्रागिरि नगरपालिकाबासीलाई डेंगी निःशुल्क परीक्षण तथा उपचारको सुविधा

चन्द्रागिरि नगरपालिकाले आफ्नागरबासीलाई डेंगी रोगको निःशुल्क परीक्षण तथा उपचार गर्ने व्यवस्था मिलाएको छ। नागरिकको स्वास्थ्यलाई प्राथमिकता दिएको नगरप्रमुख घनश्याम गिरीको भनाइ छ।

चाडपर्व लक्षित ‘रुट परमिट’ खुला

सरकारले चाडपर्वलाई लक्षित गरी आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ।

अवकाश प्राप्त समायोजित सेनाको माग सम्बोधन गर्न तयार छु : प्रचण्ड

माओवादी अध्यक्ष प्रचण्डले आफू समायोजित सेनाका माग पूरा गर्न तयार रहेको बताएका छन्। उनले चुनाव लड्न पाउनुपर्ने लगायत केही माग समायोजित सेनाका रहेको समेत बताए।

चोयाका पोशाक लगाउने भरीबहादुर

म्याग्दीको मालिका गाउँपालिका- २ का ४९ वर्षीय भरीबहादुर पर्तेलले बाँस तथा निगालोका चोयाँबाट टोपी, कोट, इस्टकोट, पाइन्ट, जाँगे, जुता, झोला, मनिव्यागलगायतका पोशाक बनाउने गरेका छन्।

चाडपर्व लक्षित मूल्यसूची सार्वजनिक

चितवनमा व्यवसायीहरूले चाडपर्व लक्षित मूल्यसूची सार्वजनिक गरेका छन्। किराना व्यवसायी संघले दसैँ, तिहार र छठ पर्व मूल्यसूची सार्वजनिक गरेको हो।