AnonymousUser

Logout

दसैँ र तिहारमा बिक्यो एक करोडको तेह्रथुमे ढाका कपडा

ढाका उद्योगमा काम गर्ने महिलाले मासिक सातदेखि २५ हजारसम्म कमाइ गर्ने गरेका छन्। यसका अतिरिक्त स्थानीयवासीले घर–घरमा घरेलु कपडा बुन्ने गरेका छन्।

धादिङको विकासका लागि एमालेले चुनाव जित्नै पर्छ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङको विकासका लागि एमालेले निर्वाचन जित्नै पर्ने बताएका छन्।

 ‘गड्स बफेलो’ले पायो स्पेशल जुरी मेन्सन अवार्ड

बाढीमा बगाएर आएको भैँसी बचाउनेले एक लाख रुपैयाँ मागेको देखेँ त्यही भैँसीका मालिक होमानसिंह शिवभक्ति पैसा दिन नसकेर रुँदै थिए त्यही दृश्य कल्पितले वृत्तचित्रमा उतारेका छन्।

गठबन्धन विजयी भए मात्र लोकतन्त्रको रक्षा हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री देउवाले डडेल्धुराका जनताले मत दिएर जिताए आलिताल भित्रिमधेसको विकास, सडक पूर्वाधार निर्माण र तटबन्ध निर्माणको काम गर्ने प्रतिबद्धता जनाए।

स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच हुनुपर्छ : राष्ट्रपति

राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण गगनचुम्बी सेता हिमाल काला पहाडमा परिणत भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै त्यसतर्फ सचेत हुन जरुरी रहेको बताइन्।

निर्वाचनपछि कांग्रेस नेतृत्वमा स्थायी सरकार : प्रवक्ता महत

प्रवक्ता डा महतले निर्वाचनपछि मुलुकमा स्थायी सरकार बन्ने बताउँदै सत्ता साझेदार दलको गठबन्धनले नै स्पष्ट बहुमत हासिल गर्ने बताए।

पुनः मतदान गर्नुपर्ने स्थिति सिर्जना हुन दिइन्न : प्रमुख निर्वाचन आयुक्त

प्रमुख आयुक्त थपलियाले निर्वाचनको स्वच्छतासँगै लोकतन्त्र र अभिव्यक्तिगत स्वतन्त्रतालाई भरपूर उपभोग गराई यो निर्वाचनलाई सम्पन्न गराउन आयोग अघि बढेको जानकारी दिए।

व्यावसायिक तरकारी खेतीमा दोधारा चाँदनीका राना समुदाय  

दाेधारा चाँदनीका ४१ राना परिवारले २०६३ सालदेखि व्यावसायिक तरकारी खेती गरिरहेका छन् ।

आचारसंहिता उल्लंघनमा वडाध्यक्षलाई जरिवाना

काठमाडौँ महानगर–१६ का वडाध्यक्ष मुकुन्द रिजाल कांग्रेसको प्रचारप्रसारमा संलग्न भएको पाइएपछि निर्वाचन आयोगले पाँच हजार जरिवाना गराएको हो । 

कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने

कैदीबन्दी, सुरक्षाकर्मी र निजामती कर्मचारीले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मात्र मत दिन पाउनेछन्।

टीकापुर उद्यान पर्यटकको आकर्षण स्थल

आजभोलि पार्कमा दैनिक एक हजारदेखि तीन हजारसम्म पर्यटक पुग्ने गरेका छन्। पार्कमा देशका अधिकांश जिल्लाका मानिस पुग्छन्। पार्कमा पूर्व झापासम्मका पर्यटक आउने गर्दछन्।

तीन दिन ‘अनटाइम्ली’ रेल सेवा सञ्चालन हुने

जयनगरबाट महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगरबाट कुर्थासम्म ३५ किलोमिटर रेलमार्गमा गत २०७८ चैत २० गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ।

सूर्योदयको आनन्द लिन मानुङकोट जाने कि?

पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भइरहेको मानुङकोटमा पर्यटकको चहलपहल बढ्न थालेको छ। यहाँ अहिले पर्यटकको चहलपहल बढेको छ।

१३ वर्षदेखि फरार अभियुक्त पक्राउ

सर्वोच्चबाट १२ वर्ष छ महिना कैद सजाय तोकिएपछि फरार रहेका पिमबहादुरलाई घरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

निर्वाचन आयोगले तोकेको मापदण्डका आधारमा सम्पर्क कार्यालय खोल्नुपर्ने

निर्वाचन आयोगको सातबुँदै निर्देशिकाअनुसार राजनीतिक दल तथा उम्मेदवारले आयोगबाट तोकिएको मापदण्डका आधारमा सम्पर्क कार्यालय खोल्नुपर्ने भएको छ।

निर्वाचनमा ४४ राष्ट्रिय र तीनवटा अन्तर्राष्ट्रिय संस्थालाई  पर्यवेक्षण अनुमति

निर्वाचन आयोगले ४४ राष्ट्रिय र तीनवटा अन्तर्राष्ट्रिय देशभर करिब १० हजार पर्यवेक्षकले निर्वाचनको पर्यवेक्षण गर्ने भएका छन्।

उत्तर कोरियालाई तर्साउन सुपरसोनिक बमवर्षक विमान उडाउँदै अमेरिका

दक्षिण कोरिया र अमेरिकी वायुसेनाको संयुक्त अभ्यासमा दुवै देशका अत्याधुनिक एफ थर्टीफाइभ लडाकु विमानसहित २४० विमान समावेश छन्।

घरका छतभरि राताम्य खुर्सानी 

डाेल्पाकाे रङ्ग गाउँमा असोज र कात्तिकमा खुर्सानी टिपेर घरकाे छतमा सुकाउने गरिन्छ।

के हो ‘स्मार्ट सिटी’? बैंगलोर गर्दैछ अभ्यास

भारतको ‘आइटी सिटी’ मानिएको बैंगलोरले स्मार्ट सिटी निर्माणको एक उत्कृष्ट अभ्यास गरिरहेको छ। बसको टिकट काट्न कोही लाइन बस्नुपर्दैन, बसपार्कमा मानिसको भीड हुँदैन।

सवारी दुर्घटनामा ७ जनाको मृत्यु

ट्रक र अटो रिक्सा ठोक्किँदा ७ जना महिला मजदुरको मृत्यु भएको हो। महिलाहरू काम सकेर घर फर्किंदै थिए।