इलाम- १ बाट नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई पराजित गर्दै एमालेका महेश बस्नेत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
इलाम– जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेत विजयी भएका छन्। पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै एमाले जिल्ला कमिटी अध्यक्ष बस्नेत निर्वाचित भएका हुन्।
बस्नेतले २५ हजार ७५० मत प्राप्त गरेका छन् भने खनालले २३ हजार ८८ मत पाएको निर्वाचन अधिकृत राजकुमार दाहालले जानकारी दिए। उनले आधिकारिक घोषणा भने सोमबार मात्र गर्ने बताए।
अधिकृत दाहाल भने, “हाल समानुपातिक तर्फको मतगणना भइरहेको छ। कतिपय मतदाताले प्रत्यक्षतर्फको मतपत्र समानुपातिकको ब्यालेट बक्समा खन्याएको पाइएकाले अन्तिम नतिजा भोलि मात्र सार्वजनिक गर्छौं।”
बस्नेत जनसांस्कृतिक मञ्च हुँदै एमाले राजनीतिमा आएका थिए। उनी इलाम नगरपालिकाको दुई कार्यकाल मेयर भइसकेका छन्। बस्नेत नेपाल नगरपालिका संघको प्रदेश–१ संयोजकसमेत भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
