झापामा बस दुर्घटना: १ जनाको मृत्यु, २१ घाइते

झापाको दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बस मंगलबार राति दुर्घटना भएको हो। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

भद्रपुर– झापाको दमक नगरपालिका–२ पांगिनीचोक नजिक बस दुर्घटना हुँदा  एक जनाको मृत्यु भएको छ। मंगलबार राति भएको दुर्घटनामा अन्य २१ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस दुर्घटना भएको हो। 

बसमा ३५ जना सवार थिए। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। 

बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।