अध्यक्ष नेपाल र उपसभापति खड्काबीचको भेटमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको समीक्षा भएको खड्काको सचिवालयले जानकारी दिएको छ।
नेपालले सन् २०२२ मा कूल जिडिपीको २२ प्रतिशत बराबर रेमिट्यान्स आर्जन गर्ने अनुमान विश्व बैंकको छ।
छायानाथ रारा–११ तल्लो सालीमा, वडा नं ८ झ्यारी र सिगाडी तथा वडा नं ७ घुइरका स्थानीय घर पहिरोले पुरिएपछि अहिले त्रिपालभित्र कष्टकर दैनिकी बिताउन बाध्य छन्।
हालसम्म २२ हजार ९६२ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गंगा कार्कीले १० हजार ७३७ मत प्राप्त गरेका छन्।
हालसम्मको मतगणनाअनुसार गुरुङले २७ हजार ३२ मत प्राप्त गर्दा अर्यालले २२ हजार ४०१ मत ल्याएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ६६२ मत प्राप्त गरेका छन्।
आठबीसकोट नगरपालिका–१२ झिनचौरस्थित कर्णाली वेभरेज र किसानबीच किवी प्रतिकिलो १२५ मा खरिदबिक्री गर्ने सम्झौता भएको छ।
हालसम्म ११ हजार ८२९ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गंगा कार्कीले पाँच हजार ६४३ मत प्राप्त गरेका छन्।
बैंक तथा वित्तीय संस्थाले सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिमको पहिचान भएको तीन महिनाभित्रमा राष्ट्र बैंकको सुपरिवेक्षण विभाग तथा वित्तीय जानकारी एकाइमा त्यसको विवरण पेश गरिसक्नुपर्नेछ।
सुवास नेम्वाङले हालको राजनीतिलाई सुझबुझपूर्ण ढंगबाट अघि लैजान जिम्मेवारीपूर्वक सबैसँग छलफल र सल्लाह गर्ने बताएका छन्।
नियमित औषधि सेवन गरिरहेका महिलाले सुरक्षित प्रसूति सेवा लिने र दूध खुवाउँदा विशेष ध्यान दिनसकेमा संक्रमण नुहुने चिकित्सकको भनाइ छ।
जमिनको प्लटिङ गरेर घडेरीमा बिक्री वितरण गर्ने चलनले पूर्वी तराईमा भेडाबाख्रा पालनका लागि चरन क्षेत्रको अभाव भएको छ।
रामपुरस्थित भूपू सैनिक राइजिङ इङ्लिस स्कुलले विद्यार्थीमा व्यावहारिक ज्ञान, सीप सिकाउने उद्देश्यका साथ परम्परागतरूपमा चलनचल्तीका सीप सिकाइरहेको छ।
घटनास्थल दुर्गम पहाडी क्षेत्र भएकाले उद्धारमा कठिनाइ भएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानाले बताए।
मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको बताए। उनले ५० प्रतिशत मत खसेको जानकारी दिए।
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ १ करोड ३ लाख ५९ हजार ५५० मत गणना हुँदा २७ लाख ६६ हजार ९७६ मत प्राप्त गरी एमाले सबैभन्दा अगाडि देखिएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रण, आन्तरिक र भारतर्फको विद्युत् निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि भएको बताए।
राष्ट्र बैंकले भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम लिमिटेडलाई नोट छपाइका लागि ठेक्का दिन लागिएको छ।
काठमाडौँबाट बैंककका लागि उडेको आरए ४०१ उडान नम्बर रहेको जहाजको इन्डिकेटरले कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको संकेत गरेपछि बंगलादेशको चटगाउँ अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो।
स्याङ्जा क्षेत्र नं २ मा मतगणनाको विषयलाई लिएर विवाद भएसँगै रोकिएको मतगणना निर्वाचन आयोगको निर्णयसँगै आज राति ९ बजेदेखि गणना हुने भएको छ।
हालसम्मको एक करोड एक लाख ७१ हजार दुई सय ७३ सदर मतमध्ये एमालेले २७ लाख २० हजार छ सय ३९ मत प्राप्त गरेको छ।