AnonymousUser

Logout

पाँचपोखरी क्षेत्रबाट ५ क्विन्टल फोहोर संकलन

पाँचपोखरीमा भक्तजन र पर्यटकको संख्या बढेसँगै दुर्गन्ध पनि बढेको छ। त्यसैले पाँचपोखरी थाङ्पाल गाउँपालिकाले सफाइ अभियान सञ्चालन गरेको छ।

'क्याबिन क्रु'को करार नवीकरण सहमतिपछि नेवानिको उडान सञ्चालन

निगम व्यवस्थापन र क्याबिन क्रु संघबीच दिनभर छलफल गरेर सहमति भएसँगै उडान पुनः सञ्चालनमा आएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। 

तराईमा ८.५२ प्रतिशतले बढ्यो महँगी

केन्द्रीय बैंकका अनुसार उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा ७.५६ प्रतिशत, तराईमा ८.५२ प्रतिशत, पहाडमा ८.०३ प्रतिशत र हिमालमा ६.६८ प्रतिशत रहेको छ।

विश्वविद्यालय राजनीतिमुक्त हुनुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त भएर प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताएका छन्।

देशभर चिसो बढ्यो, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

चिसोबाट बच्न न्यायो लुगा लगाउन, टाउको र छातीलाई चिसोबाट जोगाउन र रातको समयमा सिरक कम्बल जस्ता न्यायो कपडा ओढ्न मन्त्रालयले आग्रह गरेको छ।

कता हराए चिरबिर गर्ने भँगेरा?

मानव ढुंगेयुगबाट कृषियुगमा प्रवेश गर्‍यो त्यतिबेलादेखि नै भँगेरा र मानव जातिको सम्बन्ध नजिकिँदै गएको पक्षीविद् भूपाल नेपालीको भनाइ छ।

आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन पेश

प्रतिनिधिसभाको दुइटै प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ।

पाल्पामा कालीगण्डकी करिडोर निर्माण शुरू 

सार्वजनिक जग्गाका विषयमा स्थानीयसँग विवाद भएपछि तीन वर्षदेखि राेकिएकाे कालिगण्डकी करिडाेर निर्माण अघि बढेकाे छ।

खाद्यलाई धान बेच्न रातभर खुला आकाशमुनि

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्न थालेपछि कैलालीका खरिद केन्द्रमा अत्यधिक भीड छ। किसानहरू दुई दिनसम्म लाइन लागेर धान बेच्न बाध्य छन्।

देशको नेतृत्व गर्ने अवसर पाए आउँदो पिँढीले सम्झने काम गर्छु : प्रचण्ड

अध्यक्ष दाहालले आफूलाई देशको नेतृत्व गर्ने अवसर प्राप्त भए पहिलो प्रथामिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नेतर्फ केन्द्रित हुने बताएका छन्।

चारतारे होटलको ‘किचन’ मा महिला सेफ

अधिकांश तारे होटलका किचनमा पुरुष सेफ्स मात्र हुन्छन्, १६ वर्ष एक्लै किचनमा लडेर सेफको ठाउँमा आइपुग्न सफल भएकी छन् भोजकुमारी साह।

ढाका बुनाइबाट स्वरोजगार बन्दै महिला

ढाका कपडा बुनाइले बेरोजगार, विपन्न, फुर्सदिला महिलाका लागि स्वरोजगारको अवसर सिर्जना गरेको छ।

नारायणगढ–मुग्लिनखण्ड : १५ पुल बन्न अझै एक वर्ष लाग्ने

नारायणगढ–मुग्लिन सडकखण्डमा १५ पुल बनिरहेका छन्। त्यसलाई तीव्रता दिन पुस पाँचदेखि दिउँसो सडक बन्द गरी काम गर्ने तयारी रहेकाे आयोजनाले जनाएकाे छ।

दमकमा दीर्घरोगी र सुत्केरीलाई निःशुल्क रगत

दमक नगरपालिका र रेडक्रसले सुत्केरी, पाँच वर्षमुनिका बालबालिका र दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने सम्झौता गरेका छन्।

काभ्रे बस दुर्घटनाका घाइतेको तत्काल उद्धार गरी उपचार गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री खाँणले घाइतेको उपचारका लागि अस्पतालसम्म पुर्‍याउने व्यवस्था गर्न गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिएका छन्।

नारायणगढ–मुग्लिन सडकमा दैनिक ४ घण्टा सवारी आवागमन रोकिने

काठमाडौँ तर्फबाट आउने यात्रुबाहक सवारीलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुबाहक सवारीसाधनलाई बेनीटारदेखि पावरहाउससम्म बिहान १०ः५५ बजे रोकिने भएको छ।

दुर्घटना न्यूनीकरणका लागि सवारी साधनको यान्त्रिक परीक्षण गरिँदै

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सवारीसाधनको यन्त्रिक परीक्षण थालेको छ। सवारीसाधन गुडाउनुपूर्व परीक्षण गराउने जागरण ल्याउन ट्राफिक प्रहरीले पहिलोपटक यान्त्रिक परीक्षण थालेको हो।

सञ्चालन भएको दुई दशकपछि हिले–खाल्सा सडक कालोपत्रे

धनकुटा सहिदभूमिको खाल्सा क्षेत्रमा २०५८ सालदेखि सञ्चालनमा आएको सडककाे १० किमी कालाेपत्रे गर्ने कार्य ७० प्रतिशत सकिएकाे छ।

खोटाङ अस्पतालकाे एक्स–रे  सेवा ३ दिनदेखि ठप्प

खाेटाङ जिल्ला अस्पतालले एक्स–रे सेवाका दुवै कर्मचारीलाई एकैपटक बिदा दिएपछि उक्त सेवा तीन दिनदेखि ठप्प छ।

जाजरकोट जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो 

जिपमा सवार १२ जनामध्ये ११ जनाको मृत्यु भएको छ भने छेडागाड–५ का जैभान अधिकारी गम्भीर घाइते भएका छन्।