AnonymousUser

Logout

जग्गाको वर्गीकरण छिटो टुंग्याउन पालिकालाई भूमि व्यवस्था मन्त्रालयको आग्रह

नापी विभागले ७५३ वटै स्थानीय तहको भू–उपयोग नक्सा, सोको विद्युतीय अभिलेख र तथ्यांक तयार गरी स्थानीय तहलाई हस्तान्तरण गरिसकेको छ।

पोखरामा दुर्घटनाग्रस्त विमानको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डरमा के भेटियो?

विज्ञसहितको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त जहाज अवतरण गर्ने क्रममा ‘बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरू फेदर’मा गएको देखिएको छ।

रासायनिक मल उपलब्ध गराउन झापाका चिया उद्योगीको माग

झापामा १० हजार ५०० हेक्टर क्षेत्रफलमा चियाखेती गरिन्छ। उक्त चियाखेतीका लागि वार्षिक एक हजार ५०० मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ।

घोराही–तुलसीपुर सडक अलपत्र, स्थानीयलाई धुलोले सास्ती   

घोराही–तुलसीपुर चारलेन निर्माण २०७५ माघदेखि शुरू भएको हो। ३० महिनामा सक्नुपर्ने काम हालसम्म १० प्रतिशत पनि भएको छैन।

भोजपुरमा बाँदर आतंकले रित्तिँदै बस्ती, बाझिँदै खेतबारी 

बाँदर आतंकबाट भोजपुरका बास्तिम, दलगाउँ, मानेभञ्याङ, कोट, गोगने, लेखर्क, बोखिम र धोद्लेखानी गाउँमा बढी प्रभावित भएका छन्। 

राष्ट्रियसभाको उपाध्यक्षका लागि आइतबार मनोनयन

संघीय संसद्को ल्होत्से हलमा प्रस्ताव दर्ताका लागि स्थान तोकिएको संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए।

गुल्मीमा भारतीय नागरिकको हत्या आरोपमा श्रीमान्–श्रीमती पक्राउ

अनुसन्धानका क्रममा शंकास्पद देखिएका छविलाल र विष्णुलाई बयान लिने क्रममा उनीहरूले हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी छ।

विद्युतीय चुलो प्रवर्द्धन गर्न राष्ट्रिय कार्ययोजना तयार

देशभर विद्युतीय चुलोको प्रवर्द्धन गर्न आवश्यक मार्गचित्रसहित राष्ट्रिय कार्ययोजना तयार गरिएको छ।

द्रुतमार्गबारे सेनाले भन्यो– खोकनाको विवाद सुल्झाउन राजनीतिक पहल आवश्यक

द्रुतमार्गका लागि हालसम्म चार हजार ७८० रोपनीको मुआब्जा विवरण भइसकेको छ। आयोजनाको प्रस्थान बिन्दु खोकना क्षेत्रको ३९२ रोपनीको भने मुआब्जा वितरण हुन सकेको छैन।

वडाको योजना : खाली जग्गा लिजमा लिएर किसानलाई दिने

दाङको तुलसीपुर उपमहानगरपालिका–११ ले गरिब परिवारको पहिचान गरेर प्रतिपरिवार पाँच कट्‌ठाका दरले जग्गा दिने योजना ल्याएको छ। 

मौरीका घारले भरियो रत्नेचौरको तोरीबारी

कृषि ज्ञान केन्द्रले निर्धारण गरेको मूल्यअनुसार मौरीसहित घारको १० हजार, मौरी मात्रै पाँच हजार र खाली घार तीन हजार पाँच सयमा बिक्री हुन्छ।

पर्सा, रौतहट र बाराका ४५६ परिवारलाई पक्की घर  

जनता आवास कार्यक्रमअन्तर्गत दुई हजार ८२ वटा घर निर्माणको अन्तिम चरणमा पुगेको शहरी विकास तथा भवन कार्यालय पर्साले जनाएको छ। 

नदीमा छाडियो प्रजनन केन्द्रमा हुर्किएका २० गोही 

चितवन राष्ट्रिय निकुञ्जले हालसम्म एक हजार ७१२ गोही प्राकृतिक वासस्थानमा छाडिसकेको छ।

संरक्षण अभावमा मासिँदै सिमसार क्षेत्र 

सिमसार क्षेत्र जीवजन्तु तथा वनस्पतिका लागि महत्त्वपूर्ण वासस्थान भएकाले यसको संरक्षण गर्नुपर्ने संरक्षणकर्मी बताउँछन्।

कालीगण्डकीको देवशिला अयोध्या पुर्‍याइयो, राममन्दिरमा राखिने

माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी किनारबाट निकालिएको शिला लिएर गएको टोली बुधबार राति अयोध्या पुगेको छ। 

भद्रपुर–सलकपुर सडक : डेढ वर्षमा ३ किलोमिटर मात्रै कालोपत्र

भद्रपुर–सलकपुर सडक कालोपत्र दुई वर्षभित्र सक्ने गरी कनकाई मोती जेभी काठमाडौँले २०७८ भदौमा ठेक्का सम्झौता गरेको हो।

पशुपति क्षेत्रका ६३ सम्पदाको पुनःनिर्माण 

भूकम्पले क्षतिग्रस्त ११ सम्पदाको पुनःनिर्माण भइरहेको र १६ सम्पदाको हुन बाँकी रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

खुदोबाटै आर्थिक समृद्धितर्फ मालेपाटन र ढोडबेँसी गाउँ

कास्की र आसपासका धेरै स्थानमा उखुखेती लोप हुन लागेका बेला मालेपाटन र ढोडबेँसीका स्थानीय यसको व्यावसायिक खेतीमा जुटेका छन्। 

मध्यमाघसम्म हिउँ न वर्षा, हिमाली जनजीवन प्रभावित

मौसमअनुसार हिउँ र पानी नपर्दा बालीनालीको उब्जनी र गुणस्तर खस्कने कृषि ज्ञान केन्द्र मुस्ताङका निमित्त प्रमुख प्रकाश बस्ताकोटीले बताएका छन्।

राष्ट्र बैंकले घटायो अन्तरबैंक एटीएम शुल्क

वालेटबाट अन्य बैंकको खातामा पनि प्रतिदिन दुई लाखसम्म पठाउन सकिनेछ। यसअघि प्रतिदिन ५० हजार मात्रै पठाउन सकिने व्यवस्था थियो।