पन्ध्रौँ पञ्चवर्षीय योजना कार्यान्वयनको करिब तीन वर्ष बितिसकेको छ। सरकारले २०७६ फागुनमा यो आवधिक योजना लागू गरेको थियो।
सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व पर्दछ। यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ।
श्रीमान्–श्रीमती मिलेर सञ्चालन गरेको कृषि फार्मको आम्दानी देखेर छिमेकीहरू पनि उनीहरूको सिको गर्न थालेका छन्।
कृतिमा ३० वर्षमा २८ सरकार गठन र विघटनसम्बन्धी प्रमुख राजनीतिक घटनाको नालीबेली समेटिएको छ।
घरनजिकै खाल्डोमा पुरिएको अवस्थामा रहेको शव उत्खनन गरेर निकालिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसुमबहादुर नायकले जानकारी दिए।
कञ्चनपुरका पूरणसिंह धामी रोजगारीको सिलसिलामा भारतमा रहेका बेला दुर्घटनामा परे। आफै हिँडडुल गर्न नसक्ने भए। त्यसपछि नेपाल फर्किएका उनले गाउँमै ‘सुदूरपश्चिम मसला उद्योग’ खोलेका छन्।
भक्तपुरको थिमिस्थित गणेश चाकु वासमा माघे सङ्क्रान्तिका बेला दैनिक २०० किलोसम्म चाकु बिक्री हुने गरेको छ। भारत, अमेरिका, जापानलगायतका देशबाट पनि चाकुको माग आउन थालेको सञ्चालक सुदीप श्रेष्ठले बताए।
प्रस्तावको पक्षमा ५९ मत परेको थियो। प्रस्तावको विपक्षमा नेपाली कांग्रेसका २८ र नेकपा एकीकृत समाजवादीको चार गरी ३२ मत परेको थियो। कांग्रेसका प्रदेशसभा सदस्य प्रदीप सुनुवार अनुपस्थित थिए।
गण्डकी प्रदेशको सभामुख चयनका लागि प्रदेशसभाको बैठक शनिबार अपराह्न ३ बजे बोलाइएको छ।
यात्रुलाई सहज यातायातको सुविधा दिने उद्देश्यले शुरू भएको राइड सेयरिङको सुविधालाई दुरुपयोग गर्नेको संख्या बढ्दा यसले आपराधिक क्रियाकलाप बढाउने जोखिम पनि बढेको छ।
प्रदेशसभामा निर्णायक शक्ति देखिएको नागरिक उन्मुक्ति पार्टीले आफ्नो भागमा तीन मन्त्रालय दिनेबारेमा लिखित सहमति नभएसम्म सभामुखको निर्वाचनमा भाग नलिने अडान लिएको छ।
फोहोर संकलनमा बिहान भोकै निस्कने मजदुरहरू फोहोर व्यवस्थापन नगरेसम्म भोकै हुन्छन्। फोहोर संकलनका क्रममा बिरामी हुने, चिसो लाग्नेजस्ता समस्या त आम छन्।
धनुषाका मूर्तिकारले सरस्वती पूजाका लागि प्रतिमा बनाएर सिजनमा ५० हजार रुपैयाँसम्म कमाउने गरेका छन्।
दुर्घटनामा ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षीय मिलन मोक्तान र ३२ वर्षीय रुपेश तामाङको मृत्यु भएको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उपत्यकाको ग्वार्को, सूर्यविनायक, लोकन्थलीलगायत स्थानमा खोजी अभियान चलाउँदा टिकटक लाइभमार्फत जुवा खेल्दै र खेलाइरहेका चार जनालाई पक्राउ गरेकाे छ।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मासहितको टोलीले जनक शिक्षाको कागज प्रकरणमा आएको चर्चाको बारेमा केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झासँग जानकारी लिएको छ।
पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि निकायले काम गर्दा सडक भत्काएमा सडक विभागको गुणस्तरअनुसार आफैँले मर्मत गर्नुपर्ने बताए।
थापाथलीस्थित बागमती नदी किनारका सुकुमबासीहरूले सरकारले अन्यत्र बसोबासको विकल्प दिए अहिलेको स्थान छाड्न तयार रहेको बताएका छन्।
निजामती सेवामा रहेर २०७१ सालमा सेवा निवृत्त भएका डा. बद्री पोखरेलले १० वर्ष लगाएर १८ वटै पुराणको नेपाली भाषामा अध्यायगत सारांश लेखेर प्रकाशित गरेका छन्।
बाँठपाला आधारभूत विद्यालय ३५ वर्षअघि स्थापना भएको हो। स्थापनाकालका १० विद्यार्थीमध्ये वीरबहादुर सार्की र मोती सार्कीले एसएलसी पास गरेका थिए। अहिले दुवै जना सरकारी सेवामा आबद्ध छन्।