सरकारले विश्वासको मत पाएछि सत्तासाझेदार दलहरूले मन्त्रिपरिषद्लाई पूर्णता दिने गृहकार्य शुरू गरेका छन्।
विश्व बैंकको अघिल्लो प्रक्षेपणको तुलनामा नयाँ प्रक्षेपणले नेपालको मात्र नभई विश्व आर्थिक वृद्धिदरमा समेत संकुचन आउने देखाएको छ।
नवलपुरतर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा चार समूह बनाएर चरा गणना गरिएको थियो।
प्रधानमन्त्री दाहालले देशको आर्थिक समृद्धिलाई आफूले सपनाका रूपमा लिएको र वर्तमान सरकारले त्यसलाई पूरा गर्ने बताए।
चिसोका कारण ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५, पापुङको तोक्पेगोला बस्तीनै रित्तो भएको छ।
तिला गाउँपालिकाले नौवटै वडाका महिलालाई च्याउखेती, खरायोको टोपी र सिलाइकटाइ तालिम दिएको छ। तालिम लिएपछि महिलाहरू आफै व्यवसाय सञ्चालन गर्ने योजनामा छन्।
पाकिस्तानको राष्ट्रभाषामा कविताहरू अनुवाद हुँदा नेपाली साहित्यकारहरूको रचना र पहिचान विस्तार हुने पाकिस्तानस्थित नेपाली राजदूतावासले जनाएको छ।
बिहारको विद्युत् आपूर्ति प्रणालीमा सोमबार दिउँसोदेखि प्राविधिक समस्या देखिएपछि त्यसको असर नेपालमा देखिएको प्राधिकरणले जनाएको छ।
बढीमा १५ महिला र पुरुष मिलेर झुमडा नाच नाचिने थारू अगुवा बताउँछन्। यो नाचमा गाइने गीत पनि मौलिक हुन्छ । एकल र समूह मिलेर झुमडा गाउने गरिन्छ।
संविधानमा प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने प्रावधान छ।
नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै शुरू भएको नेपाली सेनाको ‘एकीकरण टर्च र्याली’ काठमाडौँ पुगेको छ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को पहाडी क्षेत्रमा उत्पादन भएको तरुल पोखरा र काठमाडौँसम्म पुग्ने गरेको छ। यहाँका हरेक परिवारले तरुलकाे खेती गरेका छन्।
जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले निजलाई कैद सजायसँगै पीडितलाई रु ३० हजार क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो।
६० जना सांसद रहेको गण्डकी प्रदेशसभामा अधिकारीलाई सत्ता गठबन्धनका सबै ३२ सांसदको समर्थन छ।
बिहान ११ः१४ मा काठमाडौँबाट उडेको तारा एयरको नाइन एन एएलओ ट्विनअटर–४०० विमान १२ बजे रेसुङ्गा विमानस्थलमा अवतरण भएको थियो।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निष्ठा, सिद्धान्त र विचारका आधारमा मात्र निर्वाचन जितिने भएकाले कानुन विपरीतका हर्कतलाई समर्थन गर्न नसकिने बताएका छन्।
तत्कालीन बझाङी राजा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघर आएका बेला विसं १८८७ मा पहिलो पटक गोरु जुधाएर देखाइएको थियो। त्यसलाई निरन्तरता दिँदै हरेक वर्ष गाेरु जुधाउने चलन छ।
भारत जाने क्रममा तुइनबाट महाकाली नदीमा खस्दा व्यास गाउँपालिका–४ डोकटका १० वर्षीय दीपेन्द्र विष्ट बेपत्ता भएका छन्।
संघीय संसद्मा कांग्रेसले निर्वाह गर्ने भूमिका र त्यसका लागि गर्नुपर्ने तयारीका बारेमा बैठकमा जानकारी गराइएको मुख्य सचेतक लेखकले बताए।
अध्यक्ष नेपालले नयाँ सरकार गठनका लागि नेतृत्वको विषयमा कांग्रेसले विगतको समझदारीबाट पछि हटेका कारण नयाँ परिस्थिति विकास भएको बताए।