AnonymousUser

Logout

कांग्रेस-एमाले मिलेर सरकार बनाउनुपर्छ : विजयकुमार गच्छदार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले पाँच वर्ष सरकार निर्वाध रूपमा सञ्चालन भए हरेक समस्या समाधान हुँदै जाने बताए।

पश्चिम सेती र पञ्चेश्वर निर्माणपछि समृद्धि आउने छ: प्रधानमन्त्री

प्रधानमन्त्री देउवाले पश्चिम सेती, चमेलिया जलविद्युत् परियोजना, रानी जमरा कुलरिया, महाकाली सिँचाइ आयोजना र पञ्चेश्वरजस्ता योजनाको निर्माणलाई सरकारले प्राथमिकता दिएको बताएका छन्।

मेहलकुना अस्पतालको भवन निर्माण अलपत्र

समयमै निर्माण कार्य नसकिएर योजना अलपत्र परेपछि अहिले चौतर्फी आलोचना र गुनासो बढेको छ। समयमै निर्माण नसकिँदा सेवा प्रवाहमै समस्या भइरहेको अस्पताल व्यवस्थापन समितिका सदस्य बृखबहादुर नेपालीले बताए।

नेवार समुदायको मौलिक पर्व ‘यःमरी पुन्हि’, धुमधामले मनाइँदै

नेपाल भाषामा ‘यः’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ। नयाँ धान थन्क्याइएको खुसियालीमा हर्षोल्लासका साथ ‘यःमरी पुन्हि’ मनाइन्छ।

डिपोको ल्याब रिपोर्ट आएको चार महिना भयो, तर रिफिल भएन

नेपाल वायु सेवा निगमका दुई वटा जहाज एकैपटक 'ग्राउन्डेड' भएर उडान नियमित नहुँदा टरिगाउँ विमानस्थलस्थित डिपोबाट इन्धन 'रिफिल' हुन सकेकाे छैन।

महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति

नेपाल र भारतका सुरक्षा अधिकारीबीच बुधबार भएको छलफलमा १० दिनभित्र महाकाली नदीलाई पुरानो स्थानमै फर्काउने गरी सहमति भएको छ।

धौलागिरि अस्पताल अक्सिजनमा आत्मनिर्भर

धौलागिरि अस्पतालले अक्सिजन निर्यात गर्न थालेकाे छ। तीन करोड रुपैयाँ लागतमा बनाइएकाे प्लान्टबाट अक्सिजन उत्पादन गरेर अन्य जिल्लामा पठाउन थालेकाे हाे।

‘स्वास्थ्य बीमा गरेर फाइदा भएन’

स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगका क्रममा हुने अनियोजित खर्चको जोखिमलाई व्यवस्थापन गर्न ल्याइए पनि यसको प्रभावकारिता देखिएको छैन।

आलु बजारीकरणकाे जिम्मेवारी लिँदै ‘रामपुर नगरपालिका’    

रापमुर नगरपालिकाले फस्ट च्वाइस फुड प्राइभेट लिमिटेडसँग सम्झाैता गरेर आलुकाे बजारीकरण गर्ने जिम्मा लिएकाे छ।

गुल्मी अस्पतालमा स्वास्थ्य बीमाकाे सेवा लिन सास्ती

स्वास्थ्य बीमाका कारण उपचारमा सहज भए पनि प्रक्रिया धेरै झन्झटिलो रहेकाे स्थानीयकाे गुनासाे छ।

प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार

प्रधानमन्त्री देउवाले आफ्ना प्रतिनिधि पार्टीका सहसचिव प्रेमबहादुर महरमार्फत २६ लाख १२ हजार रुपैयाँ खर्च गरेको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन्।

दशगजालाई नै असर पर्ने गरी भारतको पर्खाल

नेपाल निर्वाचनमा होमिएको समयमा भारतले एकलौटीरूपमा बनाउन लागेको पर्खालमा नेपाली प्रशासनले आपत्ति जनाएपछि अहिले निर्माण कार्य रोकिएको रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए। 

दर्जनौँ विधेयक फेरि शून्य अवस्थाबाट शुरू हुने

अघिल्लो प्रतिनिधिसभाको कार्यकाल समाप्त भएसँगै २७ वटा विधेयक निष्क्रिय भएका र १२ वटा विधेयक सरकार आफैँले फिर्ता लिएको संसद् सचिवालयका सह–प्रवक्ता दशरथ धमलाले बताए।

समाजको जीवन्त कथा : ‘ओभरलुक्ड फेसेज अफ नेपाल’

चिकित्सकद्वय परिधी शर्मा र अर्पणा पाठकद्वारा लिखित ‘ओभरलुक्ड फेसेज अफ नेपाल’ सार्वजनिक भएको छ। पुस्तक ‘एलजीबीटीआईक्यू’ समुदायका लागि पहिलो ‘कलरिङ बुक’ भएको लेखकको दाबी छ।

ताेरी खेती छाड्दै गुल्मीका किसान

गुल्मीमा ताेरी खेती गर्ने किसान घटिरहेका छन्। माैसम प्रतिकुलताका कारण किसानले याे बाली लगाउन छाडेका हुन्।

२० वर्ष पुगेर विवाह गर्ने महिलालाई १० हजार

कालीकोटकाे खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित महिलालाई १० हजार रुपैयाँ प्रदान गर्ने भएको छ। 

चिसोले छेक्न सकेन मर्निङ वाकको ‘क्रेज’

फिजियोथेरापिस्ट ऋषभ गौतम स्वास्थ्य अनुकूल हुने गरी मर्निङ वाक, जगिङ, व्यायाम गरे जटिल बन्दै गएका मधुमेह, रक्तचाप, मुटु रोगबाट टाढा रहन सकिने बताउँछन्।

एक्लो विद्यार्थी पढाउँदै एक्ली शिक्षिका

पर्वतको मोदी गाउँपालिका चित्रेमा रहेको दुर्गा भवानी प्राथमिक विद्यालय शिशु कक्षामा पढ्न एक्ला विद्यार्थी नीरज लम्साल मात्र आउने गरेका छन्।

दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै

दोलखामा ८५ हजार तीन सय ८८ खसेकोमा हालसम्म ५६ हजार तीन सय २१ मत गणना भएका छन्।

प्रचार–प्रसार नहुँदा ओझेलमा 'पामडाँडा'

सडकको स्तरोन्नति र इच्छाकामना मन्दिरसँग जोडेर पामडाँडाको पर्यटन विकास गर्ने योजना गाउँपालिकाकाे छ।