AnonymousUser

Logout

जाजरकोटमा जिप दुर्घटना हुँदा नौ जनाको मृत्यु

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जिप छेडागाड नगरपालिका-३ जेवाबाट वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटी सडकबाट खस्दा नौ जनाको मृत्यु भएको स्थानीय रेशम खड्काले जानकारी दिए।

एमाले अध्यक्ष ओलीको चुनावी खर्च १८ लाख ८२ हजार 

निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारले आफ्नो खर्च विवरण बुझाइसक्नुपर्ने प्रावधान रहेको छ।

काठमाडौँमा चिसो बढ्यो

हिमाली जिल्लामा हिमपात भइरहेको र तराईका जिल्लामा पनि बिहानको समयमा कुहिरो लाग्न थालेको मौसमविद्ले जनाएका छन्।

फेरियो कोदोको परिचय

विशेषतः बागलुङमा उत्पादन हुने कोदोले शहरमा आकर्षक खानाका रूपमा परिचय बनाएको छ।

स्वदेशी कच्चा पदार्थ प्रयोग गरी नेपालमै टायल उत्पादन शुरू

नेपालमै स्वदेशी माटोको प्रयोग गरी टायल उद्योग शुरू भएको छ। बाराको जितपुरमा नेपाली टायल उद्योग स्थापना भई उत्पादन थालिएको छ।

चीन–अरब रणनीतिक साझेदारी सुदृढ गर्ने सहमति

चीन र अरबबीच रणनीतिक साझेदारी सुदृढ गर्ने सहमति भएको छ। साउदीको भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र अरब लिगका सदस्य राष्ट्रबीच यस्तो सहमति भएको हो।

काठमाडौँ महानगर दिवसका अवसरमा वत्सलेश्वरी डबलीमा सांस्कृतिक प्रस्तुति

काठमाडौँ महानगरपालिकाले २८ औँ महानगर दिवसका अवसरमा महानगरले त्सलेश्वरी डबलीमा सांस्कृतिक कार्यक्रम गरेको छ।

अन्तर्राष्ट्रिय किसानको विश्वव्यापी बैठक नेपालमा हुने

विश्वका अधिकांश मुलुकलाई समेट्ने गरी किसान संगठनलाई क्षेत्रीय विभाजन गरिएको छ।

मन्त्रीसँग श्रमिकको गुनासो - 'क्यानाडा लैजाने भन्दै छ लाख ठगे'

‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रममा श्रमिकहरूले विदेश लैजाने नाममा आफूहरू ठगिएको गुनासो गरेका हुन्। आजको कार्यक्रममा १० जना श्रमिकले ठगिएको गुनासो गरेका थिए।

स्थानीय तहले लोकतन्त्रलाई सबल बनाएको छ : प्रम देउवा

गाउँपालिका राष्ट्रिय महासंघको महाधिवेशनमा बोल्दै प्रधानमन्त्री देउवाले स्थानीय तहले संरचनात्मक सुधार, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नवीन प्रविधिको प्रयोगले लोकतन्त्र सबल हुने बताए।

अचार बिक्री गरेर गुजारा चलाउँदै वासुकला

तेह्रथुम छथर गाउँपालिका–५ ओख्रेकी वासुकला विश्वकर्माले घरमै अचार उद्योग स्थापना गरेकी छन्। अचार बिक्रीबाट हुने आम्दानीले परिवारकाे खर्च चलिरहेकाे उनले बताइन्।

तुलसीपुरका किसानलाई ‘डेबिट’ र ‘क्रेडिट’ कार्ड

डिजिटल बैंकिङ कारोबार गर्न सहज बनाउने उद्देश्यसहित दाङकाे तुलसीपुर–१६ का किसानलाई डेबिट र क्रेडिट कार्ड प्रदान गरिएकाे छ।

चितवनमा पुस २९ देखि खिचरा महोत्सव 

थारू समुदायकाे मुख्य पर्व खिचरालाई विश्वभर चिनाउन चितवनमा रहेक वर्ष महाेत्सव आयोजना हुने गरेको छ।

द्वन्द्वपीडितलाई यथाशीघ्र न्याय उपलब्ध गराउन सरकार सचेत छ : प्रधानमन्त्री

प्रधानमन्त्री देउवाले द्वन्द्वपीडितको माग छिटो सम्बोधन गरी पीडित र पीडित परिवारलाई यथाशीघ्र न्याय गर्न सरकार सचेत रहेको बताएका छन्।

आर्मीका खड्काले जिते नेपालगन्ज म्याराथन 

आठौँ संस्करणको धारा नेपालगञ्ज म्याराथन त्रिभुवन आर्मी क्लबका खड्गबहादुर खड्का र महिला हाफ म्याराथन बागमतीका सन्तोषी श्रेष्ठले जितेका छन्।

कर्णालीमा हवाई टिकट अनलाइन बनाउन माग

हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा तथा जुम्लाका नागरिकले सहज हवाई यातायातका लागि अनलाइन टिकट अनिवार्यरुपमा लागू गर्न माग गरेका छन्। 

विश्वकपका विशिष्ट अतिथिलाई खाना खुवाउँदै विनोद

कतारले विश्वकपलाई आफ्नो संस्कृति र खानालाई संसारभरि फैलाउने अवसरका रूपमा पनि लिएको छ। कतारको त्यो सपनालाई पूरा गराउन विशिष्ट पाहुनाहरूलाई उत्कृष्ट खाना खुवाएर सहयोग गरिरहेका छन् विनोद।

सुदूरपश्चिम प्रदेशसभातर्फ १११ उम्मेदवारको जमानत जफत

प्रदेशसभामा एमाले, नेकपा माओवादी केन्द्रलगायत प्रमुख राजनीतिक दलका उम्मेदवारको समेत जमानत जफत भएको छ।

शुक्रबारदेखि उपत्यकामा मेलम्चीको पानी वितरण गरिँदै

शुक्रबार बिहान खानेपानीमन्त्री उमाकान्त चौधरीले महाँकालचौरस्थित पानी ट्यांकीबाट पानी वितरणको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

बागलुङमा २३ वर्षपछि पुनः सञ्चालनमा ल्याइँदै गुरुकुल

बागलुङमा सशस्त्र द्वन्द्वको बेला बन्द भएको गुरुकुल पुनः सञ्चालनमा ल्याउन लागिएको छ। गुरुकुल सञ्चालनमा ल्याउन स्रोत जुटाउन थालिएको हो।