निर्वाचन आयोगले यही पुस २ गते अन्तिम परिणाम घोषणा गरिसकेकाले आगामी पुस २१ गतेभित्र अधिवेशन बोलाइसक्नुपर्नेछ भने त्यसअघि नै नवनिर्वाचित प्रदेशसभा सदस्यले शपथ लिइसक्नुपर्नेछ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट–१ का किसानले परम्परागत खाद्यबाली छाडेर काँक्रोखेती गर्न थालेका छन्। उनीहरूलाई गाउँपालिकाले पनि सहयोग गरिरहेको छ।
एकै समयमा धेरैले राहदानीको ‘अपोइन्टमेन्ट डेट’ माग गर्दा सर्भरमा चाप देखिएपछि राहदानी विभागले समय परिवर्तन गरेको छ।
नारायणगढ–मुग्लिन सडकखण्ड मंगलबारदेखि एक महिनाका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने भएको छ।
बागमती प्रदेशसभामा शपथग्रहणको मिति निर्धारण गर्न पुस ८ गते सर्वदलीय बैठकको आह्वान गरिएको छ।
विभागले सामान्य अवस्थालाई अनुमान गरेर लक्ष्य निर्धारण गरेको तर परिस्थिति असामान्य बनेका कारण लक्ष्य भेटाउन नसकेको निर्देशक राजुप्रसाद प्याकुरेल बताउँछन्।
आन्तरिक राजस्व कार्यालय जनकपुरधाम धनुषाका अनुसार करको दायरामा आएकामध्ये ६६ प्रतिशतभन्दा बढी करदाता न समयमा कर विवरण दाखिला गर्छन् न त कार्यालयको सम्पर्कमा आउँछन्।
तनहुँको व्यास नगरपालिकाले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ को अवसरमा आइतबार वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिसँगको अन्तर्क्रिया कार्यक्रममा श्रम र रोजगार शाखा स्थापना गर्ने घोषणा गरेको छ।
न्याय परिषद्को ३२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले कानुनमा संशोधन गरेर भए पनि न्यायाधीश नियुक्तिका लागि पाठ्यक्रम बनाउनुपर्ने जरुरी भएको बताए।
धरहरा पुनःनिर्माणका क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगर र स्थानीयले गत मंसिर २६ गतेदेखि धरहरा पुनःनिर्माणको काम रोकेका छन्।
संसद् र समितिका बैठकमा कुर्सी खाली राखेर सांसदहरू हाजिर गर्नासाथ बाहिर जानेक्रम बढेपछि सचिवालयले विकल्पका रूपमा विद्युतीय हाजिरी व्यवस्थापन गर्न लागेको हो।
नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य प्रतिक्रेट ३६० रुपैयाँ तोकेको छ। लगानी नै नउठ्ने भएपछि बढाउँन बाध्य भएको संघको भनाइ छ।
गुल्मीकी विपना महतले पढाई र कामलाई सँगसँगै अघि बढाएकी छन्। उनी तम्घास बजारमा चिया बेचेर अन्तनिर्भर बनेकी छन्।
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले विश्व परिवेषमा नै पत्रकारितालाई सङ्कुचित बनाउने प्रयास भइरहेको भन्दै सजग रहन पत्रकारहरूलाई सुझाएका छन्।
आयोजनाबाट सिन्धुपाल्चोकको तीन गाउँपालिका र दुई नगरपालिका, काभ्रेपलान्चोकको तीन गाउँपालिका र दुई नगर, रामेछापको दुई गाउँपालिका र सिन्धुलीको एक गाउँपालिकाका बासिन्दा प्रभावित हुने जनाइएको छ।
चितवन गार्डेन रिसोर्टमा भएको विवाहका जन्तीले खाएको खानामा विषाक्त वस्तु भेटिएपछि ३ लाख जरिबाना गर्न अनुगमन समितिले प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरिएको छ।
धान काट्नेबित्तिकै किन्दा त्यसको चिस्यान बढी हुने र तौल पनि बढी हुने तर गुणस्तर भने नपुग्ने भएका कारण ढिलो गरी धान किन्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ।
संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै चयन हुनेमा माओवादीभित्र एकमत रहेको मुख्यसचिव श्रीराम ढकालले बताए।
टोखामा उत्पादन भएको चाकुको नारायणघाट, पोखरा, बुटवल, विराटनगरसहितका शहर र नेपालबाहिर जापान, अस्ट्रेलिया लगायतका देशमा माग छ।
बागलुङमा सुन्तला उत्पादन २० प्रतिशतले बढेको छ। तर, किसानले उचित बजार र मूल्य पाउन सकेका छैनन्।