AnonymousUser

Logout

विकासले रोकेन बसाइँसराइ, रित्तियो लाहुरेको गाउँ ‘आर्थर डाँडाखर्क’ 

हरेकजसो घरका ढोकामा लगाइएका ताल्चा र घरका भग्नावशेषले आर्थर डाँडाखर्क छाडेर जानेको संख्या अत्यासलाग्दो रहेको जनाउँछ। बसाइँसराइ ठूलो चुनौती बनेको वडाध्यक्ष रुद्रमोहन रिमालको भनाइ छ।

बाँझो जग्गामा आलुको सामूहिक खेती

धौलागिरि गाउँपालिका–२ लमसुङ मरेनीमा कृषक समूहले ४४ रोपनीमा २० मुरी आलुको बीउ रोपेका छन्। २० वर्षदेखि बाँझो रहेको जग्गामा सामूहिक खेती गरिएको हो।

कोठा ३, कक्षा ६ : एउटाको पढाइ हुँदा अर्को बाहिर जानुपर्ने बाध्यता 

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित राष्ट्रिय प्राविमा भौतिक पूर्वाधार अभावका कारण पठनपाठनमा समस्या भइरहेको छ।

राष्ट्रपति–उपराष्ट्रपति उम्मेदवार बन्न के–के चाहिन्छ योग्यता?

जातीय भेदभाव तथा छुवाछूत वा बहुविवाहसम्बन्धी कसुरमा सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको व्यक्ति पनि उम्मेदवार हुन नपाउने व्यवस्था छ। 

ताप्लेजुङ कारागारमा क्षमताभन्दा ६ गुणा बढी कैदीबन्दी

२५ जना क्षमताको ताप्लेजुङ कारागारमा हाल १५५ कैदीबन्दी राखिएको छ।

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार, बुधबारदेखि कृत्रिम अक्सिजन दिन बन्द गरिने

नेता भण्डारीको उपचार भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा भइरहेको छ।

पछिल्लो ६ महिनामा वीरगञ्ज नाकाबाट भारत पुर्‍याइएका ५९ महिला र १४ बालबालिकाको उद्धार

पर्सामा मानव बेचबिखनको घटनासम्बन्धी तथ्यांकअनुसार पछिल्लो छ महिनाको अवधिमा ७३ जनालाई भारतका विभिन्न ठाउँबाट प्रहरीले उद्धार गरी नेपाल फर्काइएको छ।

सम्पत्ति शुद्धीकरणसँग जोडिएका कुन कानूनमा कस्तो संशोधन हुँदैछ?

सरकारले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐन संशोधन गर्ने तयारी गरेको छ।

पर्यटकीय गन्तव्य बन्दै बागमतीको भरत ताल

वार्षिक करिब ६० लाख पर्यटक आकर्षण गर्नेगरी संरचना निर्माण गरिरहेको नगरपालिकाले जनाएको छ।

प्रधानन्यायाधीश नियुक्ति चाँडो गर्न नेपाल बारको माग

सर्वोच्च अदालत २०७८ फागुन १ देखि कामु प्रधानन्यायाधीशका भरमा छ।

भातको चाख छैन अहिले भातखाने डाँडामा

बागलुङको ताराखोला गाउँपालिकाको केन्द्र भातखाने डाँडामा पहिलेजस्तो खाद्यान्नको समस्या छैन। अन्न उत्पादन नहुने गाउँमा अहिले धान, मकै, गहुँ, फापर र कोदो फल्न थालेका छन्।

आफन्तले उपेक्षा गरेपछि ओडारको बास

छोराहरूको मृत्युपछि श्रीमतीले छाडेर गएको र आफन्तले उपेक्षा गरेको भन्दै बेनी–५ का राहुल विक ओडारमा बसिरहेका छन्।  

शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि मनाउन शुरू गरिएको हो।

पाँच निर्माण कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का अलपत्र पार्ने पाँचवटा निर्माण र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ।

पर्वतबाट झण्डै ३० करोड रुपैयाँको सुन्तला निर्यात

पर्वतबाट यस वर्ष झण्डै ३० करोड रुपैयाँ बराबरको चार हजार दुई सय ५० मेट्रिक टन सुन्तला निर्यात भएको छ।

जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा

तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेको छ।

विदेशको कमाइले स्वदेशमा उद्यमी

वार्षिक तीन लट च्याउ उत्पादन हुने र प्रत्येक लटमा करिब १० देखि १५ लाखसम्म आम्दानी हुने बोगटीको दाबी  छ।

राष्ट्रपतिमा एमाले उम्मेदवार जिताउन राष्ट्रिय सहमति बन्छ : ओली

अध्यक्ष ओलीले एमालेको उम्मेदवारलाई राष्ट्रपतिमा जिताउन नेकपा माओवादी केन्द्रको पनि साथ र समर्थन रहने बताएका छन्।

फागुन ७ गते ऐतिहासिक महत्वको दिन : प्रधानमन्त्री

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन ७ गते नेपालका लागि विशेष दिन भएको बताएका छन्।

ढल्केबर–मुजफ्फरपुरबाट थप २०० मेगावाट बिजुली लैजान भारत सहमत

नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा २०० मेगावाटसम्म विद्युत् निर्यातका लागि संयुक्त प्राविधिक टोलीबाट अध्ययन गराउन दुवै पक्ष तयार भएका छन्।