AnonymousUser

Logout

भुजीखोला बाढीको तीन वर्ष : बेपत्ता भेटिएनन्, भत्केका घर अझै बनेनन्

बाढीपहिराले ढोरपाटनमा ठूलो क्षति पुगेपछि मन्त्रिपरिषद् बैठकमार्फत बागलुङलाई विपद् जोखिम क्षेत्र घोषणा गरिएको थियो। तीन वर्षसम्म उक्त घोषणा सरकारको कागजमै सीमित रहेको स्थानीयको भनाइ छ।

तीन महिनादेखि अवरुद्ध ताप्लेजुङ–काठमाडौँ हवाई उडान सुचारु

करिब एक हजार ८०० मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्खाको समयमा प्रायः हुस्सु लाग्ने भएकाले उडानमा कठिनाइ हुने गरेको छ।

ऊर्जा मन्त्रालय आफ्नो कार्यक्षेत्रभित्र हुनुपर्ने कृषि समितिको माग

बैठकले कृषि तथा पशुपन्छी विकास र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको संस्थागत विकास र जिम्मेवारीलगायत विषयबारे आगामी बैठकमा जानकारी लिने पनि निर्णय गरेको छ।

कृषिमन्त्री भन्छन्– लम्पी स्किन रोग नियन्त्रणमा आयो

कृषिमन्त्री भुसालले लम्पी स्किन रोग नियन्त्रणका लागि जोर्डन, तान्जानिया र टर्कीबाट भ्याक्सिन आयात गरी पशुमा लगाउने व्यवस्था गरिएको बताए।

राप्ती तटीय क्षेत्रमा सधैँ बाढीको त्रास, कटान नरोकिए बस्ती नै जोगाउन कठिन 

राप्ती नदी बस्तीमा पस्ने डरले बाँकेको राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका एक दर्जन बस्तीका सयौँ बासिन्दा त्रासमा रात बिताउने गरेका छन्। त्यहाँ नदीले दिनहुँ जसो कटान गरिरहेको छ।

दोलखाबाट काठमाडौँ गइरहेको गाडी दुर्घटना: २ जनाको मृत्यु, ४ घाइते

शनिबार राति सुनकोसी गाउँपालिकाअन्तर्गत लामोसाँघु–जिरी सडकखण्डको पाँच किलो नजिकै दुर्घटना भएको हो। 

सुजन ओलीको नेतृत्वमा सेजनको नयाँ कार्यसमिति निर्वाचित

सेजनको शनिबार सप्पन्न २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट सुजन ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ।

जनतामा ठूलो छटपटी र आक्रोश छ : गगन थापा

आफू वरिपरि डुलिरहने र नजिकमा बसेर चाकरी गर्नेलाई मात्रै चुनावमा उम्मेदवारको टिकट दिने पुरानो प्रणालीले कांग्रेसका सदस्य तथा मतदातामा निराशा बढेको महामन्त्री थापाको आरोप छ।

कांग्रेसमाथि चौतर्फी आक्रमण भइरहेको छ : शेखर कोइराला

आगामी निर्वाचनमा नेपाली कांग्रेस एक्लै चुनावी मैदान उत्रने गरी नेतृत्वले भूमिका निर्वाह गर्नुपर्ने पार्टी केन्द्रीय सदस्य डा. शेखर कोइरालाको भनाइ छ।

सिमेन्ट उद्योगको प्रदूषणबाट स्थानीय बिरामी, खेतीबालीमा समेत देखिँदै असर

सिमेन्ट उद्योगको प्रदूषणका कारण जुगेडीका करिब २३० जना प्रत्यक्ष मारमा छन्। उद्योग सञ्चालन गर्दा मापदण्ड पूरा नगरेर प्रदूषण बाहिरिएकै कारण मानव स्वास्थ्यमा त्यसको प्रत्यक्ष असर परेको स्थानीयको भनाइ छ।

सामाजिक सचेतना र जागरणको सेतु बन्दै पुस्तकालय

पोखरा–२९ स्थित दीपशिखा सामुदायिक पुस्तकालयमा विभिन्न क्षेत्र र विषयका आठ हजार ५०० भन्दा बढी पुस्तक छन्। एकैपटक ४० जनाले शान्त वातावरणमा अध्ययन गर्न सक्ने व्यवस्था मिलाइएको छ।

गुर्जामा स्याउखेतीको परीक्षण सफल, व्यावसायिक रूपमा खेती गर्ने योजना

इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवाले फल दिन थालेका हुन्। यसअघि गुर्जामा स्थानीय जातको स्याउखेती गरिए पनि अपेक्षाकृत सफलता हासिल भएको थिएन। 

राष्ट्रपति पौडेलसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेलसँग मार्क पोकनको नेतृत्वमा आएको अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ।

सुन तस्करी प्रकरण: दावा छिरिङले निमा तामाङको नाममा नागरिकता लिएको पुष्टि

दावालाई साउन १३ गते राजश्व अनुसन्धान विभागले पक्राउ गरेको थियो। उनले २०७४ पुस २० गते नागरिकता लिएको खुलेको थियो। 

जुटको उत्पादन बढ्यो, मूल्यमा भने गिरावट

नेपालमा उत्पादित जुट सबै स्वदेशमै खपत हुन्छ। भारत र बंगलादेशबाट पनि आयत हुने गरेको छ। 

जनैपूर्णिमामा म्याग्दीका शक्तिपीठमा चहलपहल

जनैपूर्णिमा पर्वमा मात्रै विशेष पूजा हुने म्याग्दीको रिखार, खयरभारनी, नौली बराह, नाँगी बराही, पेरी भारानीलगायतका शक्तिपीठमा सयौँको संख्यामा भक्तजन पुगेका छन्। 

डोल्पास्थित नन्दबक्स गुल्मका मेजर विमल पण्डित ४ दिनदेखि बेपत्ता

डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले सेनानी पण्डित अंगरक्षकलाई साथमा नलिएर एक्लै हिँडेकाले खोज्न समस्या भएको बताए।

देउडामय शिवधाम, एकसाथ नाच्छन् ३ पुस्ता

गौरा पर्वको अवसरमा सुदूरपश्चिममा महिन दिनसम्म पनि देउडा खेलिन्छ। देउडा गीत एक प्रकारको भाका हो। यसलाई कुनै पनि लयमा ढालेर गाउन सकिन्छ।

गणपूरक संख्या नपुगेर संसद् बैठक स्थगित, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक निर्णयार्थ प्रस्तुत हुन पाएन

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक निर्णयार्थ प्रस्तुत गर्न गणपूरक संख्या यकिन गर्दा ५९ सांसद मात्र उपस्थित रहेको पाइएपछि मंगलबारको संसद् बैठक स्थगित भएको थियो।

शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि पाँच वर्ष पुर्‍याइयो

शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि ६ महिनाको सट्टा पाँच वर्ष कायम गरिएको गृह मन्त्रालयले जनाएको छ।