AnonymousUser

Logout

विश्व खाद्य कार्यक्रमको कार्यालय खोली ठगी गर्ने २ जना पक्राउ, ३ फरार

बूढानीलकण्ठस्थित भाडाको घरमा कार्यालय सञ्चालन गरी नक्कली कर्मचारीहरू खडा गरी विश्व खाद्य कार्यक्रमको नक्कली छाप तथा लेटरप्याड बनाइ ठगी गरेको पाइएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले बताए।

विदेशबाट फर्किएर जडीबुटी खेतीमा जम्दै लुद्रबहादुर पुर्जा

परम्परागत खाद्यबाली खेती गरेर लागत पनि उठाउन नसक्ने अवस्था भएपछि विकल्पमा जडीबुटी र ओखरखेती गरेको पुर्जाले बताए।

पहिलेको चरन क्षेत्र बन्दैछ पर्यटकीय गन्तव्य

नरसिंहकोटदेखि करिब एक किलोमिटर र बडिगाडको भिमगिठे बजारदेखि करिब तीन किलोमिटरको दूरीमा रहेको टाकुरामा बागलुङलगायत गुल्मीदेखि पनि आन्तरिक पर्यटक रमाउन आउने गरेका छन्।

कमला नदीमा पानीको सतह घट्यो, रोपाइँ गर्न समस्या

पानीको अत्यधिक माग हुने बेला कमला नदीमा पानीको बहाव घटेपछि थालेपछि किसान चिन्तामा छन्। नहरमा पानी पर्याप्त नआउँदा कतिपय ठाउँमा किसानबीच कुटाकुटसमेत हुने गरेको छ।

जुम्लामा आगजनी गरेको आशंकामा १० जना पक्राउ

अज्ञात समूहले शनिबार राति साढे २ बजेतिर गुठीचौरमा छ वटा घर, एक ट्याक्टर र  चन्दननाथ नगरपालिकामा एक घरमा आगजनी गरेको थियो। 

सुन बरामद प्रकरण : विस्तृत छानबिन गर्न तोकियो अनुसन्धान अधिकृत

ठूलो परिमाणमा भित्रिएको अवैध सुनको कारोबारमा जोडिएका अरू व्यक्तिको खोजीका लागि अनुसन्धान अधिकृतहरू तोकिएको राजस्व अनुसन्धान विभागले जनाएको छ।

खलंगा–तिंकर सडक अवरुद्ध हुँदा उत्पादित तरकारी खेतमा कुहिँदै

दार्चुलाको व्यास र सदरमुकाम खलंगासम्म जोड्ने एक मात्र सडक खलंगा–तिंकर सडक बन्द हुँदा किसानले उत्पादन गरेको तरकारी खेतमै कुहिन थालेको छ।

बाँकेमा बन्द भए १६० उद्योग

बाँकेमा आर्थिक वर्ष २०७९/८० मा १६० घरेलु तथा साना उद्योग बन्द भएका छन्। बन्द हुनेमा उद्योगभन्दा वाणिज्य फार्म बढी रहेका छन्।

‘कम्युनिस्ट आन्दोलनले बीपीलाई समयमा नचिन्दा देशले ठूलो क्षति बेहोर्नुपर्‍यो’

नेपाली कम्युनिस्ट आन्दोलनले बीपीलाई समयमा चिन्न नसक्दा देशले ठूलो क्षति बेहोर्नुपरेको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा बताउँछन्।

लम्पी स्किन नियन्त्रणमा सहकार्य गर्न भारत सकारात्मक

सीमावर्ती नाकाबाट गैरकानूनी रूपमा पशुपक्षी र माछा आयात–निर्यातमा कडाइ गर्ने दुवै देशले प्रतिबद्धता जनाएका छन्।

गोली प्रहारबाट घाइते युवकको उपचारका क्रममा मृत्यु

सेउती पुलको बीचबाट जंगलपट्टी मोटरसाइकल रोकेर बसिरहेको अवस्थामा तीन जनाको समूहमा आएका युवामध्ये एक जनाले रोहितलाई गोली प्रहार गरेको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए।

झोलुंगे पुल बनेपछि १ घण्टाको यात्रा १० मिनेटमै

बागलुङको गलकोट नगरपालिका–१ काफालठुटादेखि गौदी गाउँ जोड्ने मान्द्रेखोलामाथि २२७.२ मिटर लामो झोलुंगे पुल निर्माण भएपछि स्थानीयलाई सहज भएको छ।

लम्पी स्किन: सुदूरपश्चिममा २६ हजार पशु चौपायाको मृत्यु, ६ लाख संक्रमित

तीन वर्षदेखि छिटपुट रूपमा देखापर्दै आएको लम्पी स्किन हाल सुदूरपश्चिममका सबै जिल्लामा फैलिएको छ। सबैभन्दा बढी कैलालीमा दुई लाख ३३ हजार ५०० पशुचौपाया संक्रमित भएका छन्।

अझै कति दिन उठ्दैन काठमाडौँ महानगरको फोहोर?

फोहोर विसर्जनका लागि आफूहरू छलफलको प्रक्रियामा रहेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए।

कानून उल्लंघन र बेथितिलाई छुट दिइँदैन : गृहमन्त्री

गृहमन्त्री श्रेष्ठले व्यवसायमा देखिएका कमजोरी सच्याउने र समस्या भए समाधान गर्ने दिशातर्फ प्रभावकारी कदम चाल्नु आवश्यक भएको धारणा राखे।

सुन बरामद प्रकरण: एजेन्टसहित ६ जना पक्राउ

पक्राउ परेकाको पहिचान खुलाइएको छैन। राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका अन्य व्यक्तिको खोजी जारी छ।

मतदाता अद्यावधिकको अधिकार स्थानीय तहलाई प्रत्यायोजन गर्ने तयारी

मतदाता नामावली संकलन र अद्यावधिक, मतदान स्थल र केन्द्र व्यवस्थापन, निर्वाचन र मतदाता शिक्षा प्रदान तथा निर्वाचन सामग्री व्यवस्थापनका लागि स्थानीय तहलाई अधिकार प्रत्यायोजन गर्ने आयोगको तयारी छ।

देशभर २ हजार ९३० जनामा डेंगी संक्रमण, ८२ प्रतिशत संक्रमित १० जिल्लामा

महाशाखाका अनुसार असार २७ गते एक हजार ३३७ संक्रमण भएकोमा साउन १ गतेसम्म आइपुग्दा संख्या बढेर दुई हजार ९३० जनामा डेंगीको संक्रमण देखिएको छ।

तस्करीको सुन बिक्रीमा संलग्न ५ जनालाई थुनामा पठाउने आदेश

काठमाडौँ जिल्ला अदालतले ‘भेप’को प्याकेटमा तस्करी गरी ल्याइएको सुन चोरी गरी बिक्री वितरणमा संलग्न रहेकामध्ये पाँच जनालाई थुनामा पठाउने र एक जनालाई तारेखमा छोड्ने आदेश दिएको छ।

लेखा परीक्षण नबुझाउने दललाई पत्राचार गर्दै निर्वाचन आयोग

निर्वाचन आयोगले लेखा परीक्षण गराई प्रतिवेदन पेस नगर्ने राजनीतिक दललाई जरिबानाको जानकारी र सचेतसहित पत्राचारको तयारी गरेको छ।