लागुऔषध नियन्त्रण ब्युरोले अमेरिकाबाट ल्याइएको गाँजा ‘डेलिभरी’ गर्ने ६ र खैरो हेरोइनसहित चार गरी १० जनालाई पक्राउ परेका छ।
दरखाने निहुँमा पार्टीप्यालेस र होटेलमा जम्मा भई महँगा लत्ताकपडा, गरगहनामा सजिएर प्रतिस्पर्धात्मक रूपमा जानेको पनि लहर छ। यसले आधुनिकताभन्दा विकृति बढी निम्त्याएको बेनी–२ की यामकुमारी शर्माको भनाइ छ।
आलुको उत्पादन बढेको र तत्काल सबै उत्पादनले बजार नपाउने अवस्था भएकाले चिस्यानगृह भवन निर्माण गरिदिन स्थानीयले सरकारसँग माग गरेका छन्।
पश्चिम बागलुङको निसीखोला, तमानखोला र भुजीखोलामा दुई दशकअघिसम्म मगर भाषा बोलिने गरिए पनि पछिल्लो समय तमानखोला र भुजीखोलामा यो भाषा लोप भइसकेको छ।
धेरैजसो घटना रिसिइबी र सामान्य कुरा सहन नसक्दा भएको पाइएको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतको भनाइ छ। शनिबारको तीनकुनेको घटना पनि रिसिइबीले भएको हुनसक्ने उनले बताए।
बिरामीको उपचारका लागि आवश्यक पर्ने करिब १७ करोड रुपैयाँ बढीका स्वास्थ्य उपकरण भने अस्पतालका कोठामा थन्काइएको छ। जनशक्ति नहुँदा डेढ वर्षदेखि ती उपकरण प्रयोगमा आउन सकेका छैनन्।
पाँचखालका गोविन्द थपलियाले करिब १५० रोपनीमा सञ्चालन गरेको कृषि फर्ममा तरकारी र फलफूलका साथै मासु उत्पादन हुन्छ। यहाँ २०० जनाले प्रत्यक्ष रोजगारी पनि पाएका छन्।
चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा भएका सडक अनुशासन उल्लंघनकाे तथ्यांक हाे याे।
नेपाल चिकित्सक संघकाे ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले डाक्टरमाथि आक्रमण गर्नेलाई कानूनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन्।
ग्रेट हिमालय ट्रेलअन्तर्गत नेपाली पदमार्ग भ्रमण पूरा गर्न करिब एक सय ५० दिन आवश्यक पर्ने विदेशी पर्यटकका पथप्रदर्शक सन्तोष तामाङ बताउँछन्।
मार्तडीस्थित डिपोमा चामल सकिएपछि सूचना टाँस गरी गोदाममा ताला लगाइएको छ। ठेक्का प्रक्रियाबाट ढुवानी नहुञ्जेलसम्म खाद्यान्न बिक्री वितरण कार्य बन्द गरिएको शाखा प्रमुख मेखराज ओझाले जानकारी दिए।
सुन्तलाबारीका ९२ वर्षीय रनबहादुर लिम्बूले नेम्वाङलाई सम्झिँदै भने, “धेरै नबोल्ने गम्भीर स्वभाव थियो। गाउँमा कसैले झगडा गर्यो भने ऊ रुन्थ्यो।”
खुकुरी बनाउने पेसालाई अपहेलनाका रूपमा हेरिने गरिएका कारण यसमा नयाँ पुस्ता लागेका छैनन्। व्यवसाय सञ्चालनका लागि कच्चा पदार्थसँगै गुणस्तरीय फलामको अभाव छ।
इलाम–१ का सांसद बस्नेतले इलामको मियो ढलेको प्रतिक्रिया दिएका छन्। देश र जनताका लागि नेम्वाङले पुर्याएको योगदान अतुलनीय रहेको उनको भनाइ छ।
उनीहरू टिपर चढेर काममा जाने र टिपरमै चढेर कोठा फर्किने गरेका थिए।
सभागृह सञ्चालन गर्ने कार्यविधि तथा मापदण्ड नबनाउँदा सङ्घीय आयोजना कार्यान्वयन इकाई धनगढीले सभाहल हस्तान्तरण गर्न सकेको छैन।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रम आप्रवासनसम्बन्धी समस्या र तिनको सम्बोधनमा केन्द्रित रहेर विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरूसँग अन्तरक्रिया गरेका छन्।
सडक विस्तारले फड्को मारेसँगै सिन्धुलीको खुर्कोट घुर्मी बजार हुँदै पहाडी जिल्ला आउजाउ गर्न सडक सजिलो भयो। गाईघाटबाट खोटाङ पनि जोडिएपछि कटारी बिस्तारै टोले बजारमा परिणत भयो।
स्थानीय तहले सवारीसाधनमा जथाभावी लिँदै आएको पटके कर तत्काल खारेज गनुपर्ने लगायत महासंघले विभिन्न माग राखेकाे छ।
मूल्य बढे पनि यस वर्ष फूल लाग्ने समयमा खडेरी लागेको, असिना परेको र कतिपय ठाउँमा अज्ञात रोगले अलैँची मरेका कारण उत्पादनमा भने ह्रास आउने कृषकको भनाइ छ।