स्याङ्जाको वालिङ–२ ‘छाप्राक’ गाउँ पहिरोको जोखिममा छ। उच्च जोखिममा रहेका १७ परिवारले आफूहरूलाई स्थानान्तरण गरिदिन माग गर्दै वडा कार्यालयमा निवेदनसमेत दिएका छन्।
मुलुकको वैदेशिक व्यापारमा मुख्यरूपमा प्रभाव पार्ने पेट्रोलियम पदार्थ नै यस अवधिमासमेत प्रमुख आयात हुने वस्तुमा परेको छ।
रेलिङ बिनाको पुलबाट खसेको बस पहिलोपटक ढुङ्गाको पहरामा बजारिएर दोस्रोपटकमा मात्रै त्रिशूली नदीमा खसेको देखिन्छ।
हेटौँडा वितरण केन्द्रकाअनुसार विद्युत् बक्यौता नतिर्ने शिवम् सिमेन्ट उद्योगसहित नौ सय ४२ जनालाई कालोसूचीमा राखिएको छ।
टेम्केमैयुङ गाउँपालिका–९ स्थित राउतेखोलाको झोलुंगे पुल बाढीले बगाएपछि राउते, हिले, रुपाथुमकी र खानीगाउँका बालबालिकालाई विद्यालय आउजाउ गर्न समस्या भएको छ।
धादिङको रुविभ्याली गाउँपालिका–१ स्थित मचेत गाउँमा स्याउखेती फस्टाएको छ। तर, झरीका कारण यातायात ठप्प हुँदा उत्पादित स्याउ बजार पुर्याउन समस्या भएको छ।
२०७८ असार २४ गतेको पहिरोले विस्थापित भएका १८ परिवारको स्थायी बसोबासको टुंगो लाग्न सकेको छैन। उनीहरू सरकारले दिगो व्यवस्थापन गरिदिने प्रतीक्षामा छन्।
भौतिक संरचना, स्थानीय बासिन्दा, भाडामा व्यवसाय गरी बस्ने व्यक्ति, मजदुर, कार्यालय र संघ/संस्थाको समूहमा क्षतिको विवरण तयार पारिएको गाउँपालिका अध्यक्ष रिनजिन गुरुङले जानकारी दिए।
वर्षाको समयमा पनि खानीमा नियमित उत्खनन जारी छ। वर्षामा झनै माटो खुकुलो भएर एक्स्काभेटर चलाउँदा भित्ता थर्किने र पहिरो जाने जोखिम रहेको स्थानीय बताउँछन्।
नेपाल भाषा मंकाः खलःले २०० वर्ष पुरानो बर्खेनाचको निरन्तरताका लागि नयाँ कलाकारलाई तालिम दिने गरेको छ। नाचका विभिन्न विधामा ४० जनासम्म कलाकार सहभागी हुन्छन्।
गैँडाकोटको बसेनी गाउँ १५ हजार सुन्तलाको बोटले हराभारा भएको छ। भिरालो र नांगो जमिनमा पनि किसानले व्यावसायिक रूपमा सुन्तला लगाएका हुन्।
दाङ तुलसीपुर–१ भमकेका ९० वर्षीय प्रेमबहादुर डाँगी पनातिसमान उमेरका विद्यार्थीसँग कक्षा १ मा पढ्न थालेका छन्। अब, बाँचुन्जेल पढिरहने उनको भनाइ छ।
कालीमाटी फलफूल तथा तरकारी बजारमा आइतबार प्रतिकिलो ६० रुपैयाँका दरले बिक्री भइरहेको प्याज सोमबार प्रतिकिलो २० रुपैयाँसम्म बढेर ८० पुगेको थियो।
सानोठिमीस्थित बाल सुधारगृहमा सोमबार भएको झडपमा चार बालबन्दी, प्रहरी निरीक्षकसहित १०, सशस्त्र प्रहरीको आठ जना घाइते भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए।
महानगर प्रहरीले चाबहिलमा अनधिकृत रूपमा निर्माण गरिएका १० काउन्टर डोजर लगाएर भत्काएको जनाएको छ।
पहिरोले गाउँको सम्पर्कविच्छेद गराएको र धेरै घर जोखिममा रहेको देखिएको स्थलगत निरीक्षणमा पुगेका प्रदेशसभा सदस्य हरि भण्डारीले बताए।
सानोठिमीस्थित बाल सुधार गृहको थुनामा रहेका युवकको मृत्युपछि उनका आफन्तले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी, हुम्ला शाखा प्रमुख कृष्णप्रसाद अधिकारीका अनुसार साउनभरि हवाई उडान कम भएकाले हुम्लामा खाद्यान्न समस्या भएको छ।
बाढीले पुरिएको बैंककाे भवन खोतल्दा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र प्रभु बैंकको डेढ कराेडभन्दा बढी रुपैयाँ फेला परेकाे छ।
झरना हेर्न मात्र होइन, क्यानोनिङ, क्लाइम्बिङ, स्विमिङ, स्लाइडिङ, जम्पिङ र हाइकिङ गर्न काठमाडौँ र विदेशी पर्यटकसमेत यहाँ आउने गरेका छन्। झरना क्षेत्रमा कोसेली घरसमेत निर्माण गर्ने तयारी छ।