AnonymousUser

Logout

सर्लाहीको मलंगवामा कर्फ्यु जारी

जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा अस्थायी प्रहरी चौकी/बाबा पेट्रोल पम्पसम्म कर्फ्यु आदेश जारी गरिएको छ।

जंगली हात्तीले नष्ट गर्‍यो २० बिघामा लगाइएको धानबाली

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट साँझ ७ बजे नै हात्तीको बथान धानखेतमा छिर्ने बिहान मात्रै फर्कने गरेका छन्।

भड्किलो चुनावी प्रचार र खर्च रोक्दै निर्वाचन आयोग, कानुन परिमार्जन गर्ने तयारी

निर्वाचन खर्चलाई व्यवस्थित र पारदर्शी गर्न सकिएमा भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने जनाउँदै आयोगले बैंक खाताको विवरण, खर्च गर्ने अनुमानित रकम र सोको स्रोत खुलाउनुपर्ने व्यवस्था प्रस्ताव गरेको छ।

पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको रिग क्षेत्र

निसीखोला गाउँपालिका–६ मा रहेको रिग क्षेत्र आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ। तालमा फोटो, भिडियो खिच्ने र त्यस वरपरको दृश्यावलोकन गर्नेको भीड लाग्ने गरेको छ।

चेपाङको न्वागी: पितृ बुझाउन रातभर झाँक्रीनाच, भूमिलाई धन्यवाद दिन माटो पूजा 

चेपाङ जातिलाई प्रकृति पूजकका रूपमा पनि चिनिन्छ। उनीहरू सिमेभुमेलाई बुझाएर मात्रै पाकेका अन्नबाली खाने गर्छन्। 

केरुंगेखोला पुल निर्माण अलपत्र, ठेकेदार सम्पर्कविहीन

कावासोती नगरपालिका–३ र ४ जोड्ने पुल २०७७ असारमा निर्माण सम्पन्न गर्नुपर्ने थियो। तर, पटक–पटक म्याद थप गर्दासमेत पूरा भएको छैन। 

चेपाङ समुदायले न्वागी पर्व मनाउँदै, मकवानपुर, चितवन र धादिङमा सार्वजनिक बिदा

नेपाल चेपाङ संघको पहलमा भदौ २२ गतेलाई छोनाम अर्थात् ‘न्वागी’ राष्ट्रिय पर्वको रूपमा मनाउने गरिएको छ। 

प्रसूति गृह तथा स्त्रीरोग अस्पताल स्तरोन्नतिको पर्खाइमा

बिरामीको चापलाई ध्यानमा राखेर अस्पताल ७०० शय्याको बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुरोध गरिएको अस्पताललका निर्देशक डा. श्रीप्रसाद अधिकारीले जानकारी दिए। 

आँबुखैरेनीको ऐनापहरा: ढुंगाको आकृतिले तान्दै पर्यटक

ऐनापहरामा गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडियो र टिकटक बनाउन सर्वसाधारणको भीड लाग्छ। गाउँपालिकाले यस ठाउँमा स्काइ साइक्लिकिङ र सिसाको पुल बनाउने योजना पनि अगाडि सारेको छ।

एक महिनाभित्र लुम्बिनी गुरुयोजनाका कार्य सम्पन्न गर्न निर्देशन 

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनी गुरुयोजना क्षेत्रका निर्माण कार्यलाई एक महिनाभित्र सक्न निर्देशन दिएका छन्।

सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाकोे मृत्यु

शिशु जन्मने अवधि कात्तिक महिना भए पनि समय नपुग्दै शिशुको जन्म मङ्गलबार नै भएको थियो। 

सुदूरपश्चिममा डेंगीको उच्च जोखिम, सबै पालिकामा लामखुट्टेको अध्ययन गरिँदै

प्रदेशभरिमा सबैभन्दा बढी कैलालीमा २३२ र सबैभन्दा कम बैतडीमा छ जनामा डेंगी संक्रमण देखिएको छ। संक्रमण दिनहुँ बढ्दो क्रममा रहेको छ।

संकटमा पदमार्ग, स्थानीय श्रमिक प्रभावित

२०६९ सालसम्म बेँसीशहरको मनाङे चौतारा, पुमाखोला, चनौटे आसपास बस्ने भरियाले विदेशी पर्यटकको भारी बोक्दै २१ दिनको यात्रा गर्थे। कोही मनाङ प्रवेशपछि मनासलु पदमार्गको बाटो गोरखा लार्केपासतर्फ लाग्थे।

नवलपुरमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु

जापानिज इन्सेपफ्लाइटिसबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नु र लामखुट्टे नियन्त्रण गर्नु नै मुख्य उपाय भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख चापागाईंको भनाइ छ।

बरमझियाको पेडा: नाम होस् तर बदनाम नहोस्

राजमार्गमा आवतजावत बाक्लिएपछि बरमझियाको पेडाको महिमा पूर्व–पश्चिम यात्रा गर्नेहरूसँगै देशभर पुग्यो। पसल थपिए, बजार बढ्दै गयो। बैजनाथ बाजे र बरमझियाको पेडा एक चर्चित ‘ब्रान्ड’ बन्यो।

हुलाकी सडकमा ठेकेदारको लापरबाही, कञ्चनपुरमा २ खण्डको निर्माण अलपत्र

पाँचौँ पटकको म्यादमा पहिलो प्याकेज (डोकेबजार–बेलौरी)खण्ड निर्माण सकिएको छ। बेलौरीबाट बेल्डाडीसम्मको दोस्रो २० किलोमिटर प्याकेजमा ९.५ किलोमिटर सडक मात्र कालोपत्र भएको छ।

बेनीमा अतिक्रमित संरचना हटाइयो, पार्किङ व्यवस्थित बनाइँदै

यसअघि जिल्ला प्रशासन र नगरपालिकाको कार्यालय अगाडि र कालीपुल बसपार्कको सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका टहरा र ठेला हटाइएको थियो।

‘संविधानअनुसार अधिकार प्रत्यायोजन नहुँदा संघीयतामाथि प्रश्न उठ्न थाल्यो’

मधेश प्रदेशका जनप्रतिनिधिहरूले प्रदेशलाई अधिकार सम्पन्न बनाउन प्रशासनिक संघीयताका बाँकी काम तत्काल पूरा गर्न संघीय सरकारलाई आग्रह गरेका छन्।

हत्या अभियोगमा प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंह पक्राउ

प्रहरीले हत्या अभियोगमा मधेश प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंह यादवलाई पक्राउ गरेको छ।

चट्याङ लागेर एकको मृत्यु, चार जना गम्भीर घाइते

अर्घाखाँचीमा सोमबार परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।