AnonymousUser

Logout

भ्रष्टाचारमा जोसुकैको नाम जोडियोस्, दोषी छ भने कारबाही हुनुपर्छ : ओली

सरकारले नक्कली भुटानी शरणार्थीबारे छानबिन अघि बढाएकामा खुशी लागेको तर, प्रधानमन्त्रीले भनेजस्तो फिल्म अझै नदेखिएको अध्यक्ष ओलीले बताएका छन्।

धादिङमा छुरा प्रहारबाट युवकको हत्या, गल्छी–त्रिशूली सडकखण्डमा स्थानीयको प्रदर्शन 

गल्छी गाउँपालिका–८ निबुवा बोटेस्थित एक होटेल सञ्चालकले ग्राहकलाई छुरा प्रहार गरेको प्रहरीले जनाएको छ।

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, मिसन ग्रासरुटलगायत १० विषयमा छलफल हुने

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, मिसन ग्रासरुटको प्रतिवेदन, प्रदेशको कार्ययोजना, केन्द्रीय सदस्यको कार्यविभाजन, पार्टी प्रवेशीको व्यवस्थापनलगायत १० कार्यसूचीबारे छलफल हुनेछ।

मानव कल्याण समाजको स्थायित्वमा चाँगुनारायण नगरपालिकाले सघाउने 

मानव कल्याण आश्रमले छ वर्ष अवधिमा ८५० जनाको उद्धार र उपचार गरेर ४०० जनाभन्दा बढीलाई परिवारमा पुनर्मिलन गराएको छ।

बेलायतमा तीन व्यक्तिको डीएनए भएको शिशुको जन्म

माइटोकोन्ड्रियल डोनेसन ट्रिटमेन्ट (एमडीआई) विधिबाट तीन व्यक्तिको डीएनए भएको शिशुको जन्म भएको हो।  यसरी जन्मेको शिशुमा अधिकांश डीएनए आमाबुबाबाट र ०.१ प्रतिशत तेस्रो व्यक्तिबाट आएको बताइएको छ।

जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन

१५ वर्षको उमेरमा आन्दोलनमा होमिएका कायस्थ २०६२ चैत २७ गते सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका थिए। 

बाजुराको बिछ्या केन्द्रबिन्दु भएर भूकम्प

बाजुराको बिछ्या केन्द्रबिन्दु भएर बिहीबार बिहान ५: १५ बजे ४.३ म्याग्निच्यूडको भूकम्प गएको छ।

च्याम्पियन्स लिग : इन्टरद्वारा एसी मिलान पराजित

एसी मिलानलाई २–० ले पराजित गर्दै इन्टरले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

इमरान खान पक्राउपछि पाकिस्तानमा चर्कियो प्रदर्शन, करीब हजार प्रदर्शनकारी पक्राउ

पाकिस्तानका विभिन्न शहरमा भएका प्रदर्शनका कारण त्यहाँ ट्राफिक जाम भएको छ। स्कुल र सार्वजनिक स्थानमा तोडफोड गरिएको छ। पूर्वप्रधानमन्त्री खानलाई सरकारले बेपत्ता बनाएको पीटीआईका नेताहरूले बताएका छन्।

ए डिभिजन लिग : आर्मीविरुद्ध एपीएफको 'क्लिन सिट', मछिन्द्रलाई हराउँदै चर्च ब्वाइज शीर्ष स्थानमा

विभागीय डर्बीमा एपीएफले त्रिभुवन आर्मीविरुद्ध लिगका दुवै खेल जितेको छ। बुधबारकै खेलमा मछिन्द्रलाई पराजित गरेको चर्च ब्वाइज लिगको शीर्ष स्थानमा फर्केको छ।

पूर्वगृहमन्त्री खाँणलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाइ तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। खाँण बुधबार नै पक्राउ परेका हुन्।

बजेटमार्फत् कर प्रणालीमा सुधार गर्न महासंघको सुझाव

सुझाव कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र ढकालले धेरै मुलुकहरूमा जस्तै नेपालमा पनि प्रतिस्पर्धी व्यावसायिक वातावरणका लागि संस्थागत आयकरको दर घटाउन आवश्यक रहेको बताए।

नक्कली शरणार्थी प्रकरण: 'फेक अडियो' बनाइएको भन्दै आरजुले दिइन् साइबर ब्यूराेमा उजुरी

आरजु देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर 'फेक अडियो' बनाएको भन्दै दोषीमाथि कारबाहीको माग गरेर बुधबार प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी छन्।

सामान्य अंकले घट्यो नेप्से

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार २ दशमलव ४३ अंकले घट्दा  निर्जीवन बीमा समूह ३० दशमलव ८३ अंक र उत्पादन तथा प्रशोधन समूह २६ दशमलव ०३ अंकले बढेको छ।

रेमिट्यान्स आप्रवाह र शोधानान्तर स्थिति सुधारले अर्थतन्त्रमा सकारात्मक संकेत: राष्ट्र बैंक

चालु आर्थिक वर्षको चैतमा सबैभन्दा बढी रेमिट्यान्स भित्रिएको नौ महिनाको तथ्यांकमा आधारित राष्ट्र बैंकको आर्थिक तथा वित्तीय प्रतिवेदनले देखाएको छ।

खाँणलाई म्याद थपका लागि अदालत लगियो

खाँणलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिनका लागि अदालत लगिएको हो। 

सरकार सुशासन र समृद्धिको यात्रामा अघि बढ्यो : प्रधानमन्त्री

अहिले पनि जटिलताहरू धेरै रहेकाले इमान्दार कम्युनिष्टको आवश्यक्ता रहेको प्रधानमन्त्री दाहालको भनाइ छ।

श्रीलंका र बंगलादेश भन्छन्– सेप्टेम्बरमा यूएईमा चरम गर्मी हुन्छ, एशिया कप खेल्न कठिन छ

भारतले प्रतियोगिता खेल्न पाकिस्तान भ्रमण नगर्ने तथ्यलाई ध्यानमा राख्दै पीसीबीले 'हाइब्रिड मोडल' प्रस्ताव गरेको छ। मोडलमा भारतले आफ्ना सबै खेल युएईमा खेल्ने र बाँकी खेल पाकिस्तानमा खेलाउने उल्लेख छ।

प्रमाण नष्ट गर्ने आशंकामा आकस्मिक समातिएका थिए खाँण

'म प्रहरी कार्यालय जान्नँ, सोधपुछ लगायतका काम जे गर्नु छ यतै गर्नुस्' भन्दै प्रतिवाद गर्न खोजेका खाँणलाई प्रहरीले 'जरूरी पक्राउ पुर्जी' थमाएर पक्राउ गरेको थियो।

टोपबहादुर रायमाझीलाई एमालेले गर्‍यो निलम्बन

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीलाई अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म पदबाट निलम्बन गरिएको एमालेले जनाएको छ।