नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीहरूमाथि कडाभन्दा कडा कारबाही गर्न माग गर्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ।
काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरूमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ। नेकपा एकीकृत समाजवादीनिकट युवासंघ नेपालले विरोध प्रदर्शन आयोजना गर्दै नक्कली भुटानी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीमाथि कडाभन्दा कडा सजायको माग गरेको हो।

माइतीघरमा भेला भई युवासंघमा आबद्ध युवाहरूले ‘नक्कली भुटानी शरणार्थी काण्डका अपराधीलाई कडा कारबाही गर’, ‘सबै युवाहरूको एउटै स्वर, भ्रष्टाचारीलाई कालो खोर’, ‘अपराधीलाई कारबाही गरे’ लगायतका नारा लगाएका थिए। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका लगायतका देशमा पठाउने भन्दै ठूलो रकम संकलन गरिएको प्रकरणको अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँबाट भइरहेको अनुसन्धानका क्रममा नेपाल सरकारका पूर्वमन्त्री बहालवाला सचिव लगायतका उच्च पदस्थ अधिकारीहरू पक्राउ परेका छन्। पूर्वउपप्रधानमन्त्री एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहमन्त्री रामबहादुर थापा 'बादल'का सल्लाहकार इन्दजित राई, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलगायत १४ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूमाथि अनुसन्धान सकेर अभियोजन दर्ताका लागि सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको छ।

पूर्वमन्त्री र सचिवलगायतका उच्च पदस्थ व्यक्ति पक्राउ परेको नक्कली भुटानी प्रकरणलाई निष्पक्ष रूपमा छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दै विभिन्न पार्टी, स्वतन्त्र नागरिक, बुद्धिजीवी, विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्तिहरूले सडकमा आएर सरकारलाई खबरदारी गर्दै आएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो प्रकरणमा प्रहरीबाट भइरहेको निष्पक्ष अनुसन्धानमा हस्तक्षेप नगरिएको र आगामी दिनमा पनि हस्तक्षेप नगर्ने बिहीबारको प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रमका क्रममा प्रतिबद्धता जनाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
