शिक्षकको प्रदर्शन
शिक्षकहरूले पेसागत सुरक्षा र वृत्ति विकास लगायतका विभिन्न माग राखी र्यालीसहित विरोध प्रदर्शन गरेका छन्। माइतीघरमा जम्मा भई शिक्षकहरूले विभिन्न माग राख्दै प्रदर्शन गरेका हुन्। नेपाल शिक्षक संघ, राष्ट्रिय समितिको आयोजनामा बृहत् विरोध प्रदर्शन गरिएको हो। उनीहरूले ‘संघीय शिक्षा ऐन जारी गर्’, ‘विद्यालय कर्मचारीहरूका माग पूरा गर्’, ‘नेपाल शिक्षक महासंघसँग भएका सम्पूर्ण सम्झौता कार्यान्वयन गर्’, ‘६० वर्ष पुगेका विद्यालय कर्मचारीलाई सम्मानजनक बिदाइ गर्’, ‘विद्यालय कर्मचारीहरूको तलबमान कायम गर्’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। उनीहरूले प्रदर्शनका क्रममा १६ मुख्य नाराहरू र बजेटबाट तत्काल सम्बोधन हुनुपर्ने ११ मागहरू प्रस्तुत गरेका छन्।
बाँदरले बालीनाली नष्ट गरिदिएपछि आजित भएका कास्कीको रुपा गाउँपालिका–५ देउरालीका महिलाले व्यावसायिक रूपमा बाख्रापालन थालेका छन्।
अस्ट्रियाको भियानामा भएको भेटमा दुवै पक्षले युक्रेनमा जारी युद्ध र चीन–ताइवान सम्बन्धलगायत महत्त्वपूर्ण विषयमा स्पष्ट, ठोस र रचनात्मक छलफल गरेको ह्वाइट हाउसले जनाएको छ।
राजस्थानका ओपनर यशस्वी जैशवाल ४७ बलमा नटाउट ९८ रन बनाए। उनले १३ बलमा नै अर्धशतक पूरा गरेका थिए।
युक्रेनले सन् २०२३ मा मित्र राष्ट्रहरूबाट १६.७ बिलियन डलर बराबरको आर्थिक सहयोग प्राप्त गरेको युक्रेनी अर्थमन्त्री शेर्ही मर्चेन्कोले बताएका छन्।
पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारीलाई ‘गैरकानूनी’ ठहर गर्दै उनलाई तत्काल रिहा गर्न आदेश दिएको छ।
कांग्रेसको पदाधिकारी बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेता खाँणबारे तत्काल कुनै निर्णय नगर्ने, अदालतको फैसला कुर्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँग ५ खेलको टी-२० आई सिरिज खेल्ने भएको छ।
जावलाखेल युवा क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ।
बैठकमा अध्यक्ष ओलीले अहिलेको संकटग्रस्त अर्थतन्त्र उकास्न वर्तमान गठबन्धनसँग कुनै योजना नरहेको 'ब्रिफिङ' गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए।
सरुवा, पदस्थापन, कामकाज तथा काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारी वर्षौंसम्म पनि आफूखुशी बस्न थालेपछि सामान्य प्रशासन मन्त्रालयले विभागीय कारबाहीको तयारी थालेको छ।
राष्ट्रिय सभा सदस्यहरूले पुराना बीउ बिजनको प्रोत्साहन गर्दै, आत्मनिर्भर बन्न कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यक रहेको बताएका छन्।
यो वर्ष हिउँदमा पानी र हिउँ नपरेका कारण सगरमाथामा ठूलो हावाहुरी चलेको हुनसक्ने मौसमविद्ले अनुमान गरेका छन्।
मन्त्री भुसालले आधुनिक समयमा पाखुराको बलमा खाद्यान्न उत्पादनमा वृद्धि गर्छु भन्नु गलत भएको बताए। जतिसक्दो धेरै यन्त्रीकरणमा गएर कृषि उत्पादन वृद्धि गर्न सकिने उनको भनाइ छ।
मंगलबार, पीटीआई अध्यक्ष खानलाई भ्रष्टाचार मुद्दामा पक्राउ गरिएको छ। उत्तरदायित्व ब्युरोले पूर्वप्रधानमन्त्रीविरुद्ध अनुसन्धान गर्दै छ।
एकीकृत समाजवादीका उपमहासचिव डा. गंगालाल तुलाधरले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरणलाई मन्त्रालय बनाउनुपर्ने बताएका छन्।
निगमको सञ्चालक समितिको बैठकले समिति सदस्य वरिष्ठ क्याप्टेन सुधीर शमशेर राईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको छ।
वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मत्स्येन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाइन्छ।
म्याग्दीको अन्नपूर्ण–३ दाना सबस्टेसनबाट नवलपरासी पश्चिमको सुनवल–१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्म १२७ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ।
'बदलाको राजनीति' चल्ने पाकिस्तानमा शाहबाज शरिफ सत्तामा फर्किएपछि इमरान खानविरुद्ध भ्रष्टाचारका दर्जनभन्दा बढी मुद्दा दर्ता भएका छन्। निर्वाचन आयोगले उनलाई पाँच वर्षसम्म चुनाव लड्न प्रतिबन्ध लगाएको छ।