AnonymousUser

Logout

२२ जना डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

शुक्रबार बसेको बढुवा समितिको बैठकले २२ जना डीएसपीलाई बढुवाका लागि सिफारिस गरेको हो। डीएसपी गौतमकुमार केसी पहिलो नम्बरमा सिफारिस भएका छन्। 

लिन्डा याकारिनो बनिन् ट्विटरको सीईओ

फोर्ब्सको प्रभावशाली महिलाको सूचीमा रहेकी लिन्डा एनबीसी युनिभर्सलको विज्ञापन प्रमुख थिइन्। उनी एप्पल, गुगलजस्ता ग्लोबल ब्रान्डसँगको व्यावसायिक साझेदारीका लागि पनि परिचित छिन्।

गुजरातलाई हराउँदै मुम्बई तेस्रो स्थानमा 

मुम्बईले दिएको २१९ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९१ रन मात्र बनायो।

मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरिने

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी योजना तयार गर्ने, २०७८ जेठयताका भूकम्पपीडितलाई अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ।

आगामी निर्वाचनमा पहिलो शक्ति बन्न एमालेले वार्षिक योजना बनाउने

एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा पार्टीको वार्षिक कार्ययोजना तयार पार्नका लागि महासचिव शंकर पोखरेलले मार्गदर्शन प्रस्तुत गरेका छन्।

‘ए’ डिभिजन लिग : पुलिससँग संकटा पराजित, मनाङ र शेर्पाले अंक बाँडे

संकटालाई २–१ गोल अन्तरले पराजित गर्दै पुलिस ‘ए’ डिभिजन लिगमा रेलिगेसन क्षेत्रबाट माथि उक्लिएको छ।

गण्डकीमा सुरेन्द्र पाण्डे नेतृत्वको सरकारले पायो पूर्णता

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्।

नक्कली शरणार्थी प्रकरणमा दोषी नछुटोस्, निर्दोष नपरोस् भन्नेमा स्पष्ट छौँ : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनमा कुनै प्रभाव र दबाब पर्न नदिने प्रतिबद्धता जनाएका छन्।

बीबीएलमा घटाइयो १६ खेल

अब बीबीएलमा ५६ खेलको सट्टा जम्मा ४० खेल हुने छन्। योसँगै अब प्रत्येक टोलीले १० खेल मात्र खेल्ने छन्।

शिक्षासचिवको गुनासो : मन्त्रिपरिषद्ले चासो नदिँदा संघीय शिक्षा ऐन बन्न सकेन

संसदीय समितिको बैठकमा शिक्षासचिव रामकृष्ण सुवेदीले मन्त्रालयबाट प्रक्रिया पूरा गरेर पठाइएको मस्यौदालाई मन्त्रिपरिषद्ले चासो नदिँदा पुनः शून्यमा झरेको बताएका छन्।

बग्गीखानामा थन्किएका सवारीलाई कवाडीमा परिणत हुन नदिने गृहमन्त्रीको प्रतिबद्धता

गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँको रामशाहपथस्थित बग्गीखानामा थन्किएका सवारी सधानलाई कवाडीमा परिणत हुन नदिने आश्वासन दिएका छन्।

सरकारको ध्यान परियोजनालाई नाफामुखी बनाउनेतर्फ केन्द्रित छ : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ केन्द्रित गर्दा निजी र विकास क्षेत्रलाई सामेल गर्ने अवसर मिल्ने बताए।

विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई काठमाडौँ महानगरले तिरायो जरिबाना

काठमाडौँ महानगरपालिकाले विभिन्न क्षेत्रमा क्याम्पसका विज्ञापनजन्य सामग्रीहरू बाँड्दै हिँड्ने ६१ जनालाई कारबाही गरेको छ।

गण्डकीमा कांग्रेस र माओवादीबाट ३ मन्त्री नियुक्त, सपथ ४ बजे

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसबाट महेन्द्रध्वज जिसी र दीपेन्द्रबहादुर थापा तथा माओवादीका रेशमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरेका छन्।  

सुभद्रा–मदन फाउन्डेसनका सञ्चालक मदन राई यौन दुर्व्यवहार आरोपमा पक्राउ

आफूलाई कृषि वैज्ञानिकका रूपमा चिनाउँदै आएका राईलाई सोधपुछका लागि पक्राउ गरिएको खोटाङ प्रहरीले जनाएको छ।  

मौद्रिक नीति समीक्षा: १ प्रतिशतले घट्यो बैंकदर 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंकदर ७.५ प्रतिशत कायम गरेको छ।

स्टक एक्सचेन्ज लाइसेन्स रोक्न प्रधानमन्त्रीको निर्देशन

बोर्डले गत असोज २ गते धितोपत्र बजार सञ्चालन गर्न इच्छुक कम्पनीका लागि ४५ दिनको समय दिएर आवेदन खुलाएको थियो। 

विपश्यना बीचैमा छाडेर स्वदेश फर्किए आमिर खान

विपश्यनाका लागि गत आइतबार नेपाल आएका खान शुक्रबार बिहान भारत फर्किएका छन्।

पाल्पामा जारी राष्ट्रिय ‘बिच भलिबल’मा आर्मी, गण्डकी र लुम्बिनीको विजयी शुरूआत

बिच भलिबलमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको तानसेन नगरपालिकाले जनाएको छ।  

मोरङको राठी म्यानुफ्याक्चरिङ उद्योगमा आगलागी

बिजुलीको बल्ब  र स्विच बनाउँदै आएको उद्योगमा शुक्रबार बिहान २ बजेदेखि आगलागी शुरू भएको हो। आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ।