AnonymousUser

Logout

संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम २ वर्षभित्रै टुंग्याउने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनभित्रै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्बाट पारित हुने बताएका छन्।

एनआरटीसँगको दोस्रो खेलमा मछिन्द्रलाई ३ अंक

‘ए’ डिभिजन लिगमा साबिक विजेता मछिन्द्रले एनआरटीलाई पराजित गरेको छ। ओलाओले अफिज र शौरभ लिम्बूले गोल गर्दै मछिन्द्रलाई जित दिलाए।

लगातार ६ खेलमा जितविहीन मनाङ

लगातार ६ खेलमा पराजय बेहोरेपछि मनाङका प्रशिक्षक किरण श्रेष्ठले राजीनामा दिए। त्यसपछिका चार खेल प्रशिक्षविहीन खेलेको मनाङले पछिल्लो पटक आर्मीविरुद्ध जित हात पारेको थियो।

व्यापार घाटा १२ खर्ब नाघ्यो

भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्म १३ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँ बराबरको वस्तु तथा सामग्री आयात भएको छ।

किमिचलाई भित्र्याउने होडमा बार्सिलोना

बार्सिलोनाले सर्जियो बुस्केट्सको स्थानमा जर्मन मिडफिल्डर जोसुवा किमिच भित्र्याउने इच्छा देखाएको छ। उनको बजार मूल्य करिब ८० मिलियन युरो छ।

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रहरीले अनुसन्धान प्रतिवेदन सोमबार मात्र बुझाउने

आवश्यक तयारी पूरा नभएपछि प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई सोमबार बुझाउने भएको छ।

उच्च अदालतले सुनायो पृथ्वी मल्ललाई ४ वर्ष कैद सजाय

उच्च अदालत पाटनले पृथ्वी मल्लले लापरबाहीपूर्वक सवारी चलाएर दुर्घटना गराउँदा पीडितको ज्यान गरेको ठहर गर्दै उनलाई चार वर्ष कैद सजाय सुनाएको छ।

सन्दीपविरुद्धको मुद्दामा किशोरीको जन्मदर्ताको सक्कल झिकाउन आदेश

सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडित किशोरीको दुई वटा जन्ममिति देखिएपछि काठमाडौँ जिल्ला अदालतले प्रमाण बुझ्न उनको जन्मदर्ताको सक्कल झिकाउन आदेश दिएको छ।

नीति तथा कार्यक्रममाथि राष्ट्रियसभा सदस्यको मिश्रित प्रतिक्रिया

राष्ट्रियसभाको बैठकमा सत्तापक्षका सांसदहरूले नीति तथा कार्यक्रमको समर्थन गरेका छन् भने प्रतिपक्षका सांसदले असहमति प्रकट गरेको छन्।

बेरुजु फर्स्योट प्राथमिकतामा परेन, अडिटरले निकाल्ने काम मात्रै हो भन्नेजस्तो भयो : महालेखापरीक्षक शर्मा

महालेखापरीक्षक टंकमणि शर्मा दंगालले बेरुजु फर्स्योट प्राथमिकतामा नपरेको बताएका छन्। बेरुजु भनेको अडिटरले निकाल्ने काम मात्रै हो भनेजस्तो भएको उनको भनाइ छ।

संघीयताविरुद्ध तयार भइरहेको जनमतले गणतन्त्रलाई सिध्याउने खतरा बढ्यो : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताविरुद्ध तयार भइरहेको जनमतले लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने खतरा बढेको बताएका छन्।

सरकारको नीति तथा कार्यक्रमलाई समर्थन गर्न सकिँदैन : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसद्मा प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रमलाई समर्थन गर्न नसकिने बताएका छन्।

नक्कली शरणार्थी प्रकरण : मिसिल अध्ययन गर्न ८ सदस्यीय टोली, मंगलबारसम्म मुद्दा दर्ता गरिसक्नु पर्ने

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोगपत्र दायर गर्न सरकारी वकिलको कार्यालयले आठ जनाको टोली बनाएको छ।

भुटानी शरणार्थी प्रकरण: ३३ जनाविरुद्ध २६ करोड बिगो दाबीसहित प्रतिवेदन बुझाइँदै

टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, टेकनारायण पाण्डे, इन्द्रजित राई र टेकनाथ रिजाललाई राज्यविरुद्धको अपराधलगायत कसुरमा मुद्दा चलाउनुपर्ने प्रहरीले निष्कर्ष निकालेको छ।

ओलीले भने– प्रधानमन्त्रीज्यू नीति तथा कार्यक्रम नै नीति शून्य छ, फिर्ता लिनुस्  

एमाले नेतृत्वको सरकारलाई विस्थापित गरेर बनेको गठबन्धन सरकारले नै अर्थतन्त्र संकटको डिलमा पुर्‍याएको ओलीको आरोप छ।

नीति तथा कार्यक्रम सरकारको असफलताको दस्ताबेज: ओली

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले सरकारप्रति जनताको विश्वासमा अभूतपूर्व ढंगले ह्रास आएको बताएका छन्। 

प्रतितोला ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बेनी–जोमसोम सडक पहिरोले अवरुद्ध

मेसिनको प्रयोग गरेर सडक खुलाउने प्रयास भइरहेको छ। वर्षा रोकिएकाले साँझसम्ममा सडक सञ्चालन हुनसक्ने बताइएको छ।

प्रतिनिधिसभामा आजदेखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल

सरकारको नीति तथा कार्यक्रममाथि छलफलका लागि जेठ ११ गतेसम्मको समय तोकिएको छ।

आर्सनलको हारसँगै म्यानचेस्टर सिटी ३ खेल अघि नै प्रिमियर लिग च्याम्पियन

लिगमा ३ खेल खेल्न बाँकी रहेको सिटीले १ खेल मात्रै खेल्न बाँकी रहेको आर्सनलसँग ४ अंकको अग्रता बनाएसँगै च्याम्पियन बनेको हो।