नेपाल विद्यार्थी संघले त्रिचन्द्र क्याम्पसमा भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ। ‘सभापतिज्यू खाँणलाई किन निलम्बन नगरेको?’ लगायत नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेको हो।
सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थमा कर बढाएर आर्थिक स्थिति कमजोर भएकाको उपचारमा खर्च गर्ने नीति ल्याउन लागिरहेको बताएका छन्।
आइतबार बिहान पाकिस्तानकी नाइला कियानी र अमेरिकाकी जेसिका राय बेडेलले सगरमाथा आरोहण गरेका छन्।
आइतबार बिहान सम्पन्न मतगणना अनुसार विधानसभामा १३६ सिट जित्दै कंग्रेसले स्पष्ट बहुमत हासिल गरेको छ। यहाँ सरकार बनाउन ११३ सिट आवश्यक पर्छ।
अरुण जेट्ली स्टेडियममा पन्जाबले दिएको १६८ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३६ रन मात्र बनायो।
कर्नाटक विधानसभामा भारतीय कांग्रेसले तीन सिटमा विजय भएको छ भने १२९ सिटमा अग्रता लिएको छ।
आर्मीले 'ए' डिभिजन लिगको उपाधि दाबेदार चर्च ब्वाइजलाई पराजित गर्दा अर्को खेलमा मछिन्द्र फुटबल क्लबले थ्रीस्टारलाई १–० ले हराएको छ।
सरकारले फजुल खर्च रोक्न नसक्दा सामाजिक सुरक्षा भत्तासमेत भुक्तानी गर्न नसक्ने परिस्थिति बनेको एमालेको आरोप छ।
कवि देवव्रतको कवितासंग्रह 'अश्वत्थामाको निधारबाट बागमती बग्छ' सार्वजनिक भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठकमा संघीयतामा पुनर्विचार गर्नेबारे सोच्न पनि नसकिने प्रस्ट्याएका छन्।
लेखक विष्णु भण्डारीले नेपाली युद्धसाहित्यमाथि अध्ययन नभएको हुँदा यस विषयमा काम गर्ने हुटहुटी पैदा भएकोले कृति तयार गरेको बताएका छन्।
पूर्वराष्ट्रपति भण्डारीले नेपाल–भारतबीचको सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई सुदृढ र सुमधुर बनाउन भौगोलिक सीमासम्बन्धी समस्याहरू हल गरेर अघि बढ्नुपर्ने बताएकी छन्।
बाटो खुलेसँगै आरोहीहरूले शनिबार रातभरबाट आरोहण शुरू गरी आइतबार बिहानसम्म सगरमाथाको शिखर पुग्ने बताइएको छ।
आर्थिक मन्दी
आर्थिक गतिविधि कम हुँदा त्यसको मारमा साना–ठूला सबै व्यवसायी परेका छन्। काठमाडौँमा सटर भाडामा लिएर र फुटपाथमा व्यापार गर्नेहरू अहिले जीविका चलाउनै मुस्किल परिरहेको बताउँछन्। काठमाडौँ उपत्यकामा पसल बेच्ने र बन्द गरेर हिँड्नेको संख्या दिनानुदिन बढ्दो छ। भव्य देखिने धेरै व्यापारिक मल सुनसान जस्तै छन्। सटरमा फोन नम्बरसहित ‘टु–लेट’, ‘भाडामा’ लेखेका बोर्डहरू प्रशस्तै देखिन्छन्।
सरकारले भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुने आश्वासन दिँदै आएको छ। नागरिकहरू भने छानबिनमा दबाब पर्न सक्ने भन्दै सडक आन्दोलनमा उत्रिएका छन्।
बाइडेन प्रशासनले सीमामा शरण लिन चाहने आप्रवासीहरूको द्रुत परीक्षण गर्ने, अयोग्य ठहर भएकालाई तुरुन्तै देश निकाला गर्ने र अवैध वा अर्को देश हुँदै अमेरिका प्रवेश गर्नेहरूलाई दण्डित गर्ने योजना बनाएको छ।
समीक्षाले खराब कर्जाको जोखिम, मुद्रास्फीति, उच्च ब्याजदर लगायतका समस्यालाई स्वीकार गरे पनि ठोस उपाय अवलम्बन नहुँदा बजार चलायमान हुने अपेक्षा न्यून रहेको महासंघको भनाइ छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च पदस्थ व्यक्तिहरूको समेत संलग्नता देखिएपछि काठमाडौँसहित देशका विभिन्न स्थानमा भ्रष्टाचारविरुद्ध प्रदर्शन शुरू भएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जुनसुकै तह र तप्काको भए पनि कानूनी कठघरामा ल्याएर कडाभन्दा कडा सजाय दिनुपर्ने कोइरालाको भनाइ छ।
दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।