भारतको दक्षिणी केरल राज्यमा डुंगा पल्टिएर ज्यान गुमाउनेको संख्या २२ पुगेको छ। प्रहरीले डुंगा सञ्चालकविरुद्ध उजुरी गर्दा गरेको छ।
एएफसीका अनुसार सर्वाधिक १० पटक अरेबियन गल्फ कप जितेको कुवेतसँगै लेबनानले आमन्त्रित टोलीका रूपमा प्रतियोगितामा सहभागिता जनाउने छन्।
सोलुखुम्बुको रत्नाङ्गेमा आयोजना भएको इन्दुरो रत्नाङ्गे माउन्टेन रेस प्रतियोगिताको उपाधि राजेश मगर र निष्मा श्रेष्ठले जितेका छन्।
नाकामा आइसोलेसनमा राख्ने व्यवस्था नभएकाले होम आइसोलेसनमा पठाउने गरिएको छ।
राष्ट्रियसभा सदस्य कमला पन्तले अर्थतन्त्र उकास्नका लागि पाँच सय र हजारका नोटहरू प्रतिबन्ध लगाउनुपर्ने बताएकी छन्।
नेकपा एमालेका सांसद विष्णु पौडेलले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा आर्थिक मन्दीलाई छोप्न खोजिएको आरोप लगाएका छन्।
काठमाडौँ उडेको श्री एअरलाइन्सको विमान फेरि भैरहवा नै फर्काउनु परेपछि भैरहवा विमानस्थलका सबै उडानहरू केही बेर प्रभावित भएका छन्। अहिले विमानस्थल सामान्य अवस्थामा आइसकेको छ।
प्रतिनिधिसभाको बैठक शुरू हुनेबित्तिकै आफ्नो स्थानबाट उठेका सांसद अमरेशकुमार सिंहले आफ्नो कमिज र भित्री लुगा खोलेका थिए। तर, सभामुखले कारबाहीको चेतावनी दिएपछि उनले कमिज लगाए।
काठमाडौँ महानगरपालिकाले माइतीघर मण्डल र नयाँ सडक क्षेत्रबाट अव्यवस्थित तार निकालेको छ। यो अभियान काठमाडौँ महानगरपालिकाभरि चलाइने जनाइएको छ।
भारतको केरलामा पर्यटक सवार डुंगा आइतबार साँझ पल्टिँदा २१ जनाको मृत्यु भएको छ। मलप्पुरम जिल्लाको तुवलतिरममा भएको दुर्घटनामा अन्य नौ जना घाइते भएका छन्।
सोमबार बिहान ११ बजे संघीय संसद् भवनमा बस्ने बैठकमा बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल शुरू हुनेछ। यो 'प्रि-बजेट' छलफल वैशाख २७ गतेसम्म चल्नेछ।
भियतनामलगात त्यस क्षेत्रमा पर्ने थाइल्यान्ड, म्यानमारका विभिन्न ठाउँमा पनि उच्च तापक्रम मापन गरिएको छ। बंगलादेश र भारतका केही स्थानको तापक्रम पनि लगातार बढिरहेको बताइएको छ।
अरब लिगका विदेशमन्त्रीहरूको बैठकले सिरियालाई संगठनबाट निलम्बन गरेको १२ वर्षपछि सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ। सिरियालाई संकटबाट निकाल्न यस्तो कदम चालिएको बताइएको छ।
इंग्लिस प्रिमियर लिग (ईपीएल) मा उपाधि होडमा रहेको आर्सनलले आइतबार राति भएको खेलमा न्युकासल युनाइटेडलाई पराजित गरेको छ।
ठूला आँखा र तीखा दाँत भएको माछा समुद्रमा करिब ३२२ किलोमिटरसम्म बगेर आएको बताइएको छ।
जितसँगै मछिन्द्र १५ खेलमा ६ जित, ६ बराबरी र तीन हारको नतिजासहित २४ अंकका साथ चौथो स्थानमा उक्लिएको छ।
गभर्नर अधिकारीले राष्ट्रले आफ्नो सीमाभन्दा बाहिर गएर काम गर्न खोजे समग्र वित्तीय प्रणाली संकटमा पर्न सक्ने बताएका छन्।
एमालेका प्रमुख सचेतक पदम गिरीले बाँसबारी र बालमन्दिरको जग्गा घोटाला लगायतका प्रकरणमा संलग्नलाई कारबाही गर्न माग गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा हस्तक्षेप नगर्न र बयान नफेराउन सरकारलाई सचेत गराएको बताएका छन्।।
मछिन्द्रका फरवार्ड मनिष डाँगी र विंगर आयुष घलानसहित स्टार खेलाडी उतारेको संकटाले यस सिजनका १५ मध्ये ४ खेलमा जित हात पारेको छ भने ५ खेलमा बराबरीमा चित्त बुझाएको छ।