यो प्रकरणमा सरकारको कामकारबाहीलाई सबैले हेरिरहेको भन्दै नागरिकलाई अनुसन्धानमा विश्वास हुने गरी काम गर्नुपर्ने महामन्त्री थापाले बताएका छन्।
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूमाथि नातावाद र कृपावादमा नपरी छानबिन गर्नसमेत पौडेलले सरकारसँग माग गरेका छन्।
३८ वर्षीय ऋद्धिमानले भारतका लागि ४० टेस्ट खेलेका छन्। उनले आफ्नो अन्तिम टेस्ट डिसेम्बर २०२१ मा न्यूजिल्यान्डविरुद्ध खेलेका थिए। त्यसपछि भारतीय टिम व्यवस्थापनले बुढ्यौली भएको भन्दै टोलीबाट हटाएको थियो।
अर्थतन्त्रमा रहेका समस्या समाधान भए विदेशी लगानी बिस्तार हुने अर्थमन्त्री महतको भनाइ छ।
'आरोहण रोटेशन'अन्तर्गत उनी मंगलबार क्याम्प दुईभन्दा केही माथिसम्म पुगेको आरोहण दलका विवेक पाण्डेले बताए। गत वर्ष पनि आधार शिविर पुगेका उनलाई शारीरिक अवस्थाका कारण भन्दै आरोहण गर्न दिइएकाे थिएन।
खाँणलाई निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले उकालोलाई बताए।
राजधानी खार्तुममा निरन्तर गोलाबारी र आक्रमण चलिरहेका छन्। अधिकांश मानिस घर छाडेर भागेपछि शहर सुनसान बनेको छ।
भुमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासेको मृत्यु भएको छ।
लेखिका ई जीन क्यारोलले म्यानहट्टन डिपार्टमेन्ट स्टोरमा सन् १९९० मा ट्रम्पले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन्।
खेलको ३६औँ मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई अग्रता दिलाए। ६७औँ मिनेटमा डे ब्रुएनाले गोल गर्दै खेल बराबरीमा ल्याए।
मानव तस्करको अपराधमा संलग्न 'राजनीतिक व्यवसायीहरूलाई उन्मुक्तिका लागि दलीय सहमति गर्ने दुष्प्रयासविरुद्ध' सडकमा उत्रिएर खबरदारी गर्न नागरिक आन्दोलनले अपिल गरेको छ।
'ए' डिभिजन लिगमा थ्रीस्टारले १६ खेल खेल्दा ६ जित, ७ बराबरी र ३ हारको नतिजासहित २५ अंक जोडेको छ। थ्रीस्टार अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ।
एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने निष्कर्ष निकालेको छ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा जोडिएका थप दुई जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।
सरकारले नियमावली संशोधन गरेर वैदेशिक रोजगारीबाट फर्किँदा पहिला पाइरहेको सुविधाबाहेकको थप एउटा मोबाइल फोन ल्याउन पाउने व्यवस्था गर्ने भएको छ।
श्रममन्त्री शरतसिंह भण्डारीले रोजगारीका लागि अवैधानिक बाटो हुँदै विभिन्न मुलुकमा पुगेको नेपाली नागरिकलाई एक पटकका लागि वैधता दिने गरी प्रक्रिया अगाडि बढाइएको बताएका छन्।
जनमत पार्टीका अध्यक्ष सीके राउतले सरकारले आगामी बजेट मानवकेन्द्रित विकासलाई प्राथमिकता दिएर ल्याउनुपर्ने बताएका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एमाले सांसद टोपबहादुर रायमाझीको घरमा खानतलासी गरेको छ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई इस्लामाबाद उच्च अदालत बाहिरबाट सुरक्षा बलले मंगलबार दिउँसो गिरफ्तार गरेको छ।
एमालेका सांसद गोकर्ण विष्टले सरकारले पेश गरेको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताले मुलुकको अर्थतन्त्रको समस्यालाई समाधान गर्न नसक्ने दाबी गरेका छन्।