AnonymousUser

Logout

दैलेखमा चट्याङ लागेर एकै परिवारका ४ जना घाइते

घाइतेको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको छ। 

न्यूजिल्यान्डको होस्टलमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु

आगो पूर्ण रूपमा नियन्त्रणमा आइनसकेकाले मृतकको संख्या बढ्नसक्ने न्यूजिल्यान्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले बताएका छन्।

गुजरात आईपीएलको प्लेअफमा, हैदराबाद बाहिरियो 

नरेन्द्र मोदी क्रिकेट स्टेडियममा घरेलु टोली गुजरातले दिएको १८९ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५४ रन मात्र बनाएको थियो। 

जेठ ५ गतेबाट मेलम्चीको पानी वितरण रोकिने

१८ करोड लिटर पानी वितरण हुँदै आएकोमा मेलम्चीको पानी रोकिएसँगै अब ८ करोड लिटर पानी वितरण हुने भएको छ।

सरकारको आय र खर्चबीचको खाडल बढ्दै, राजस्व पनि घट्यो

चालु आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी रहँदा लक्ष्यको ५३ प्रतिशत अर्थात् ७ खर्ब ५६ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको छ।

खाँणले गृहको नेतृत्व सम्हालेपछि नक्कली शरणार्थी प्रकरणको शुरूआत भएको शंकर पोखरेलको दाबी

एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको पालाबाट नक्कली भुटानी शरणार्थी प्रकरणको शुरूआत भएको दाबी गरेका छन्।

खुमलटारका विदेशी खेलाडी चलेनन्, मछिन्द्रको 'लिग डबल'

'ए' डिभिजन लिगमा सोमबार भएको खेलमा खुमलटार मछिन्द्रसँग पराजित भएको छ भने अर्को खेलमा हिमालयन शेर्पाले संकटासँग अंक बाँडेको छ।

नेपालको अर्थतन्त्रबारे विश्व बैंकको प्रतिवेदन: निजी क्षेत्रलाई दिइएको सहुलियत कर्जाका कारण दबाब

कोरोनाकालीन बन्दाबन्दीपछि सरकारले अर्थतन्त्र सुधारका लागि लिएको नीतिले अप्रत्याशित परिणाम दिएको विश्व बैंकको प्रतिवेदनमा औँल्याइएको छ।

काभा भलिबलमा ‘गोल्ड मेडल’ ल्याउने लक्ष्य छ : सहायक प्रशिक्षक भट्ट

नेपाल रहेको समूह ‘ए’मा भारत, बंगलादेश र किर्गिस्तान छन्। यस्तै, समूह ‘बी’मा काजकिस्तानसहित उज्बेकिस्तान, श्रीलंका र मालदिभ्स छन्।

३.३४ अंकले घटेको शेयर बजारमा ७२ करोडको कारोबार

सोमबार २६६ वटा कम्पनीको २३ लाख ४१ हजार २४० कित्ता शेयर २० हजार १५८ पटक खरिद बिक्री हुँदा ७२ करोड ४९ लाख ६९ हजार ९८० बराबरको कारोबार भएको छ।

प्रमुख राजनीतिक दलहरूका सत्ताकेन्द्रित क्रियाकलापले देश गम्भीर संकटोन्मुख : राप्रपा

वैदेशिक सम्बन्धलाई सत्ता आरोहणको रूपमा प्रयोग गर्ने आलोकाँचो व्यवहारका कारण नेपालको वैदेशिक सम्बन्ध पूर्ण रूपमा खलबलिन पुगेको राप्रपाको ठहर छ।

नक्कली शरणार्थी प्रकरण सामान्य भ्रष्टाचार मात्र होइन, देशद्रोह हो : राजकिशोर यादव

सांसद यादवले नक्कली भुटानी शरणार्थी प्रकरणलाई निस्तेज पार्न ठूलो दलका नेताहरू सक्रिय भइरहेको आशंका व्यक्त गरे।

सीमित व्यक्ति र समूहले बैंकिङ क्षेत्रको ठूलो स्रोत उपयोग गर्दा अर्थतन्त्रमा समस्या देखियो : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले उपलब्ध स्रोतसाधन अनुत्पादक र कम उत्पादक क्षेत्रमा केन्द्रित हुँदा अर्थतन्त्रमा समस्या देखिएको बताएका छन्।

राज्य नै बारम्बार पीडकमैत्री कानून बनाउन लाग्नु आपत्तिजनक : निगरानी समिति

निगरानी समितिले सरकारले अदालतमा फौजदारी अपराधको कसुरमा मुद्दा चलेका राजनीतिक दलका नेता तथा कार्यकर्ताको मुद्दा फिर्ता लिई माफी दिने उद्देश्य राखी ऐन संशोधन गर्न लागेको भन्दै आपत्ति जनाएको छ।

सगरमाथा सफाइ गर्न गएको सेनाको टोली शिखरमा

सफाइका लागि गएको नेपाली सेनासहितको टोलीले सगरमाथाको सफल आरोहण गरेको छ। आरोहण टोलीमा रहेका पाँच सैनिक र पाँच शेर्पासहित १० जना सोमबार बिहान १० बजे शिखरमा पुगेका हुन्।

अनन्तमायालाई घरमै थुनेर राखिएको मानव अधिकार आयोगको ठहर

राष्ट्रिय मानव अधिकार आयोगले अनन्तमायालाई परिवारले घरमै थुनेर राखेको ठहर गर्दै उनको मानव अधिकारको संरक्षण गरी त्यसको जानकारी आयोगमा पठाउन वडा कार्यालयलाई निर्देशन दिएको छ।

थाइल्याण्ड निर्वाचनमा सेना समर्थक पार्टी पाँचौँ स्थानमा, स्थापनाको नौ वर्षमा एमएफपी सबैभन्दा ठूलो दल

थाइल्याण्डमा पछिल्लोपटक सन् २०१४ मा सैन्य 'कू' हुँदा स्थापना भएको प्रगतिशील मुफ फरवार्ड पार्टी निर्वाचनमा सबैभन्दा ठूलो दल भएको छ। 'कू'बाट सत्तामा पुगेका चान–ओ–चाको दल भने पाँचौँ स्थानमा खुम्चिएको छ।

पोखरामा लुकेका थिए रायमाझी, काठमाडौँ आएलगत्तै आईजीपीले परिचालन गरेको टोलीबाट पक्राउ

पक्राउ पुर्जी जारी भएपछि अर्घाखाँचीबाट बुटवल आएका रायमाझी त्यहाँबाट फरार भएका थिए। उनी पोखरास्थित आफन्तको घरमा बसेको खुलेको छ। पोखराबाट काठमाडौँ आएलगत्तै उनी पक्राउ परेका हुन्।

मेस्सीले क्लब छाडेपछि बार्सिलोनाले पहिलोपटक जित्यो ला लिगा उपाधि

चार खेल खेल्न बाँकी हुँदै बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि जितेको छ। आइतबार राति भएको खेलमा इस्पानियोललाई पराजित गरेपछि बार्साले रियल मड्रिडसँगको दूरी १४ अंक कायम गर्दै उपाधि निश्चित गरेको हो।

जल तथा मौसम विभागले भन्यो- नेपालमा ‘मोखा’ चक्रवातको असर छैन

हाल पश्चिमी वायु र स्थानीय वायुको असरले मौसम सामान्य प्रभावित भए पनि बंगालको खाडीमा विकसित भएको  मोखा नामको चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहेको जनाइएको छ।