नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार साँझ बूढानीलकण्ठबाट पक्राउ परेका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि थुनामा राख्ने अनुमति लिन सोमबार अदालत लगिँदैछ।
इंलिस प्रिमियर लिग अन्तर्गत आइतबारको खेलमा आर्सेनल घरेलु मैदानमा ब्राइटन एन्ड होभ एल्बियनसँग पराजित भएपछि म्यान्चेस्टर सिटी उपाधि नजिक पुगेको छ।
सगरमाथा आरोहणका क्रममा क्याम्प २ बाट माथि उक्लिँदै गर्दा स्वास्थ्यमा समस्या देखिएपछि एक शेर्पालाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन्।
‘अयोग्य लडाकु’लाई जनही दुई लाख रुपैयाँ राहत दिने निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
बराबरीपछि शीर्ष स्थानमा रहेको जावलाखेलले दोस्रो स्थानमा रहेको चर्च ब्वाईजसँग तीन अंकको अग्रता बनाउने अवसर गुमाएको छ।
तीन दिनभित्र न्याय सेवा आयोगबाट भएको सरुवा संशोधन नभए सर्वोच्च प्रशासन महाशाखामा तालाबन्दी गर्ने र संयुक्त आन्दोलन गर्ने चेतावनी कर्मचारी युनियनहरूको छ।
नेपालले मलेसियासँग २९ मेमा पहिलो खेल खेल्ने छ। ३० मेमा दोस्रो र १ जुनमा तेस्रो खेल खेल्ने छ।
रास्वपा सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउन ध्यान दिनुपर्ने बताएका छन्।
सगरमाथा
वसन्त ऋतुको सगरमाथा आरोहण शनिबार शुरू भएको छ। आरोहण शुरू भएसँगै आइतबार बिहान पाकिस्तानी र अमेरिकी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्। आधारशिविर आसपास १०० जनाभन्दा बढी आराेहणका लागि प्रतिक्षारत रहेको पर्यटन विभागले जनाएको छ। विभागका अनुसार यो सिजन सगरमाथा आरोहणका लागि ४६७ जनाले अनुमति लिएका छन्। तस्वीर: विवेक पाण्डे
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रतिनिधिसभाको जेठ ४ गतेको बैठकमा सांसदहरूले प्रत्यक्ष प्रश्नोत्तर गर्ने भएका छन्। प्रधानमन्त्रीलाई १५ जना सांसदले प्रश्न सोध्न पाउने छन्।
सभामुख देवराज घिमिरेसँग सांसदहरूले बजेट निर्माण गर्दा मन्त्रीहरूले आफूहरूसँग छलफल नगरेको गुनासो गरेका छन्।
बालुवाटारमा बसेको सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरूबीचको छलफलमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे छलफल भएको छ।
भन्सार विभागले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको ६ महिना पूरा भएकाले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने जनाएको छ।
आइतबार कूल २७ लाख ८८ हजार ८१५ कित्ता शेयर ९० करोड पाँच लाख ६३ हजार ८५६ रुपैयाँमा किनबेच भयो
ज्ञापनपत्रमा मुक्तकमैया, कमलरी, हलिया, हरवाचरवाको वस्तुस्थिति अध्ययन समितिले गरेका सिफारिसलाई कार्यान्वयनमा ल्याउन माग गरिएको छ।
बंगलादेश र म्यानमारको तटीय क्षेत्रमा १८०–१९० किलोमिटर प्रतिघण्टाको गतिमा आइतबार बिहान मोचा चक्रवात प्रवेश गरेको बताइएको छ।
भक्तजनले चढाएको नगद र विभिन्न दाताले उपलब्ध गराएको सहयोगबाट पाथीभरामा हालसम्म सात करोड १० लाख ३७ हजार रुपैयाँ संकलन भएको छ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल जारी संसद् अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समिति गठन गर्ने विषयमा केन्द्रित रहेको बताइएको छ।
समाजमा मसाज भन्ना साथ गलत हो भन्ने भ्रमलाई चिरेर, ‘स्वास्थ्य विषय’ हो भन्ने कुरा बुझाउन दृष्टिविहिन खेलाडीको प्रयास