सांसदहरूले खाना पकाउने ग्यासको अभाव अन्त्य गर्न, विद्युत् आपूर्ति नियमित बनाउन र स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
खुला सीमा र प्रविधियुक्त सुरक्षा निगरानी नहुँदा ५०० भन्दा बढी रोहिङ्ग्या शरणार्थी अवैध रूपमा नेपाल प्रवेश गरेका छन्।
एक थिएटरमा मञ्चन भइरहेको नाटकमा आमाको ममता, जंगलमा मान्छे र जनावरको प्रेमिल सम्बन्ध, च्याब्रुङ उत्पतिको कथा जस्ता विषय सुन्दर ढंगले बुनिएको छ। नाटक याक्थुङ समुदायको मुन्धुममाथि बनाइएको हो।
संसद्को कानून, न्याय तथा मानव अधिकार समितिले अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूसँग स्पष्टीकरण माग्न सरकारलाई दिएको निर्देशनप्रति नागरिक समाज तथा मानवअधिकारकर्मीहरूले गम्भीर आपत्ति जनाएका छन्।
मनसुनको न्यून चापीय रेखा पूर्वी भूभागमा सरदर स्थानको आसपास तथा पश्चिमी भूभागमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार १७३ सवारीसाधनमाथि कारबाही गरेको छ।
नयाँदिल्लीको जन्तरमन्तर प्रदर्शनस्थलमा सहभागी अधिकांश युवाले आफूहरू समाचारका लागि सामाजिक सञ्जाल र स्वतन्त्र डिजिटल प्लेटफर्ममा बढी निर्भर हुने बताएका छन्।
शेयर बजारमा बिहीबार दोहोरो अंकको गिरावट आउँदा नेप्से परिसूचक २६५४.१५ बिन्दुमा झरेको छ भने चार अर्ब ६२ करोडको शेयर कारोबार भएको छ।
कर्णाली प्रदेशका पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा पनि मध्यमसम्मको वर्षा हुन सक्नेछ।
बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार नारायणगढ–मुग्लिन सडकखण्डमा हाइस तथा माइक्रोबसले जथाभावी ओभरटेक गर्दा सडकमा अनावश्यक जाम हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्ने गरेको छ।
बांग्लादेश सरकारले शेख हसिनाको शासनकालमा भएका बलपूर्वक बेपत्ताका घटनापछि दोषीलाई मृत्युदण्डसम्मको सजाय दिने कानून प्रस्ताव गरेको छ।
मंगलबार नेप्से परिसूचक २१.१५ अंकले घटेर २६६३.१८ को विन्दुमा सीमित भएको छ।
विभागले मंगलबार र बुधबार रातिको समयमा वर्षाको गतिविधि बढ्ने तथा बिहीबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जनाएको छ।
कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
भौगोलिक हिसाबले चितवन, धादिङ र मकवानपुर जिल्ला दुर्घटनाका लागि अत्यधिक संवेदनशील मानिएका छन्। प्रदेशभर रहेका ९१ वटा जोखिमयुक्त ‘ब्ल्याक स्पट’ मध्ये चितवनमा १७, धादिङमा १६, सिन्धुलीमा १४ र मकवानपुरमा १२ वटा रहेका छन्।
गोलबजार क्षेत्रमा सुरक्षा अवस्था सामान्य बन्दै गएपछि स्थानीय प्रशासनले आज साझदेखि लागू हुने गरी कर्फ्यु हटाउने निर्णय गरेको छ।
झापामा बर्सेनि मानव-हात्ती द्वन्द्व बढ्दै जाँदा पछिल्लो १६ वर्षमा ८० जनाले ज्यान गुमाएका छन् भने यसै अवधिमा २८ वटा जङ्गली हात्ती पनि मारिएका छन्।
क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी राखिएको श्रीलंकाको एक कारागारमा तोडफोड र दंगा भएसँगै स्थिति नियन्त्रणमा लिन सैनिक तथा विशेष कमान्डो परिचालन गरिएको छ।
अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा काँकडभिट्टा नाकाबाट हुने अलैँची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ।