प्राकृतिक विज्ञान संग्रहालयले विभिन्न प्रजातिका जीवजन्तुका अवशेष तथा नमुनालाई डिजिटल स्वरूपमा सुरक्षित गर्ने कामलाई तीव्रता दिएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन्।
रोल्पाको थवाङमा पहिरो जाँदा मृत्यु भएका चार जनाको सनाखत भएको छ भने बेपत्ता नौ जनाको खोजी जारी छ।
नेप्से परिसूचक बिहीबार ८.८१ अंकको सामान्य वृद्धि सुधारसहित २६५१.२१ को विन्दुमा पुगेर बन्द भएको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।
कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।
सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गर्ने निर्णय गरेको छ।
नेपाली डिजिटल अर्थतन्त्रको दिगो विकासका लागि कानूनी संरचना, डेटा सुरक्षा र अन्तरनिकाय समन्वय आवश्यक रहेको विज्ञहरूले औँल्याएका छन्।
नेदरल्यान्ड्सको ऐतिहासिक बन्दरगाह गाउँ मोर्डिक प्रस्तावित ठूलो राष्ट्रिय ऊर्जा पूर्वाधार परियोजनाका कारण सम्भावित विस्थापन र पहिचान गुम्ने जोखिममा परेको छ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले १३ आयोगका ६५ पदाधिकारीमध्ये धेरैजसो पेन्सन खाने भएकाले तलब लिँदा पेन्सन लिन नपाउने व्यवस्था गर्न लागिएको जानकारी दिइन्।
प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङ र भारतका राजदूत नवीन श्रीवास्तवले सोमबार छुट्टाछुट्टै शिष्टाचार भेट गरेका छन्।
उत्पादनका बेला प्रतिमन चार हजार ५०० रुपैयाँसम्म पुगेको अदुवाको भाउ अहिले माउ प्रतिमन सात हजार रुपैयाँसम्म पुगेको छ। बच्चा र माउको मनासिब मूल्य पाएपछि किसानहरू अदुवाखेतीतर्फ आकर्षित भएका छन्।
म्यानमारको सैन्य सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान सुकीको पूर्ण तथा निःशर्त रिहाइका लागि दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको संगठनले गरेको आह्वानलाई कानूनी कारण देखाउँदै अस्वीकार गरेको छ।
फापरखेत पहिरोको स्थायी समाधानका लागि म्याग्दी नदीमाथि सात करोड ५० लाख रुपैयाँको लागतमा ‘डिजाइन एण्ड बिल्ड’ मोडलमा पक्की मोटरेबल पुल निर्माण गरिने भएको छ।
जिल्ला अस्पताल तेह्रथुममा सिजेरियन सेवा ठप्प भएपछि जटिल अवस्थाका गर्भवतीहरू ६ घण्टाको कष्टकर यात्रा गरी तराईका अस्पताल पुग्न बाध्य छन्।
आफ्ना नयाँ डेटा सेन्टरका लागि आवश्यक बिजुली जुटाउन प्रविधि कम्पनी अमेजनले अमेरिकाको टेक्सासमा अहिलेसम्मकै ठूलो ग्यास विद्युत् प्लान्ट निर्माण गर्ने भएको छ।
नारायणी नदीमा पानीको बहाव बढेसँगै सुस्तामा निर्मित बाँध कटान तीव्र बनेपछि बस्ती नै डुबानको उच्च जोखिममा परेको छ।
कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा चारवटा विधेयक प्रस्तुत भएका छन्।