जुम्लामा सुत्केरीको मृत्यु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरी भएपछि उनलाई थप उपचारका लागि जुम्लाबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो।

काठमाडौँ- जुम्लामा सुत्केरी भएर हेलिकोप्टर मार्फत उद्धार गरिएकी अस्मिता नेपालीको उपचारका क्रममा मृत्यु भएको छ। तिला गाउँपालिका-३ की १८ वर्षीया नेपालीलाई सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरी भएपछि उनलाई थप उपचारका लागि जुम्लाबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो। उपचारको क्रममा राति १ बजे उनको मृत्यु भएको प्रदेश अस्पतालले जनाएको छ।

घरमै सुत्केरी गराउने प्रयास गर्दा लामो समयसम्म व्यथा लागेर अवस्था जटिल भएपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो।  प्रतिष्ठानमा शल्यक्रिया गरिए पनि थप समस्या देखिएपछि उपचारका लागि सुर्खेत पुर्‍याइएको थियो।