निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट बाँडफाँट गर्दै ‘थ्रेसहोल्ड’ पार गरेका ६ दललाई तीन दिनभित्र उम्मेदवारको नाम पेश गर्न निर्देशन दिएको छ।
काठमाडौँ— निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको सिट बाँडफाँटको विवरण सार्वजनिक गरेको छ। आयोगले ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ पार गर्ने ६ राजनीतिक दलका लागि सिट संख्या निर्धारण गरेको हो।
आयोगको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट प्राप्त गरेको छ। त्यसैगरी, नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६, नेपाली कम्युनिस्ट पार्टीले ९, श्रम संस्कृति पार्टीले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट प्राप्त गरेका छन्।
समानुपातिकतर्फ कुल १ करोड १२ लाख ८० हजार ६१७ मत खसेकोमा १ करोड ८ लाख ३५ हजार २५ (९६.०५ प्रतिशत) मत सदर भएको थियो। आयोगले तोकिएको सिट संख्याका आधारमा उम्मेदवार छनोट गरी ३ दिनभित्र सूची पेस गर्न सम्बन्धित राजनीतिक दलहरूलाई निर्देशन दिएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
यसअघि नै प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ। जसअनुसार, रास्वपाले १२५, नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाली कम्युनिष्ट पार्टीले ८, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ र एक स्वतन्त्र उम्मेदवारले १ सिटमा विजय हासिल गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
