पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण काठमाडौँसहित देशभरको मौसम बदली भई सातै प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
काठमाडौँ– देशभर मौसम बदली भई काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा शुरू भएको छ। अहिले सातै प्रदेशका विभिन्न जिल्लामा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका सूचना अधिकारी दिनकर कायस्थले शुक्रबार र शनिबार मौसम बदली रही वर्षा हुने जानकारी दिए। उनका अनुसार पछिल्लो एक घण्टामा विभिन्न केन्द्रहरूमा वर्षा मापन गरिएको छ। सबैभन्दा बढी सङ्खुवासभामा २७ मिमि र नुवाकोटमा २६ मिमि वर्षा भएको सूचना अधिकारी कायस्थले जानकारी दिए। यस्तै, लमजुङमा १७, चितवनमा ६.४, म्याग्दीमा ६.४, कास्कीमा ७.८ र तनहुँमा ७.२ मिमि वर्षा भएको छ।
पछिल्लो तीन घण्टामा भने म्याग्दी र सङ्खुवासभामा भारी वर्षा भएको छ। कायस्थका अनुसार म्याग्दीमा ६० मिमि र सङ्खुवासभामा ५० मिमि वर्षा रेकर्ड गरिएको छ। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेकाले देशभरकै मौसम बदली भएको उनले बताए।
विभागले आज जारी गरेको बुलेटिनअनुसार शुक्रबार राति देशका हिमाली भूभागमा आंशिक बादल तथा कोशी र मधेश प्रदेशसहित देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ। तराईका बाँकी भूभागमा पनि आंशिक बादल लाग्ने सम्भावना छ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हुरीबतास र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको कायस्थले जानकारी दिए। शनिबार पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रहने र बाँकी भूभागमा आंशिक बादल लाग्ने विभागले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
